दमौली । फाल्गुनन्द लिङ्देन फिल्मस्द्वारा निर्माण गरिएको फिल्म ‘अदालत’ तनहुँको दमौलीमा मंगलबार देखि प्रदर्शन हुने भएको छ ।
सोमबार दमौलीमा पत्रकार सम्मेलन गरि चलचित्र बारे जानकारी गराइएको थियो । फागुन २४ गतेबाट राजधानी संगै अन्य सहरमा प्रदर्शन भैरहेको फिल्मका लेखक तथा निर्देशक दिनेश लिङ्देनले जानकारी दिए ।
फिल्मका लेखक तथा निर्देशक दिनेश लिङ्देनले समाजमा घटिरहेका हत्या, हिंसा, बलात्कार, अवैध धन्दाजस्ता आपराधिक एवं संवेदनशील घटनाका विरुद्धको न्यायको कथालाई फिल्ममा देखाइएको बताए।
फिल्ममा एलिना बास्कोटा, राजकुमार अधिकारी, मदन भुजेल, रुद्र पाहिम लिम्बु, शान्ति लामा, मेखबहादुर मगर, उदय सुब्बा, प्रेम आले, दिपक क्षेत्री, राजु घिमिरे, दिलिप ठकुरी, पुन्य ओझा, अजय खड्का आदिको मुख्य भुमिका रहेको छ। मदन, राजकुमार, रुद्र र शान्तिले यसै फिल्मबाट डेब्यु गरेका हुन्।
फिल्ममा डा. डिजन भट्टराईको गीत, रोशन बान्तवा राईको संगीत, दिनेश माङमुको नृत्य, राजु किराँतीको द्वन्द्व, विक्रम डिसिको छायांकन छ। फिल्ममा बसन्त थेवे कार्यकारी निर्माता, मेखबहादुर मगर सह–निर्माता र आरपी दाहाल प्रस्तुतकर्ता छन्। फिल्ममा कविता राई लिङ्देन निर्मात्री छिन् ।
चलचित्रका नायक राजकुमार अधिकारी तनहुँकै स्थानिय हुन् । उनको जन्म स्थान भानु-१३ मिर्लुङ्ग हो । करिब १ दर्जन म्युजिक भिडियोमा अभिनय गरेपछि अहिले अदालत फिल्मबाट ठुलो पर्दामा आएको अधिकारिले बताए ।
चलचित्रको आइटम गीतमा सुष्मा कार्की
चलचित्र ‘अदालत’को ‘तीन पाने’ बोलको आइटम गीतमा नायिका सुष्मा कार्की फिचर्ड छिन् । फिल्मको यो गीत अन्य आइटम गीत भन्दा फरक रहेको निर्माण पक्षले दाबी गरेको छ ।
गीतमा दिनेश लिङ्देनको लेखन, यदु राई लकान्द्री र दिनेश लिङ्देनको स्वर तथा रोशन वान्तवा राईको संगीत छ । ज्ञानु राईको छायांकन रहेको गीतमा दिनेश पाख्रिनको कोरियोग्राफी र रन्जीत मानन्धरको सम्पादन छ ।
सम्बन्धित खबर
तनहुँ गाछेपानीमा ओभर स्पीड भ्यानले डिभाइडर नाघेर स्कूटरलाई ठक्कर दिँदा दुईको मृत्यु
तनहुँमा टिप्परको ठक्करबाट मोटरसाइकल चालक रूपाका धर्मराजको मृत्यु
त्रिशूली नदीमा पौडी खेल्नेक्रममा एक बालक बेपत्ता, एकको सकुशल उद्धार
पोखरा-बन्दीपुरबीच पर्यटकीय साझेदारी
डुम्रेमा भएको दुर्घटनामा २१ जना घाइते, दुईको अवस्था गम्भीर
गगनगौंडाबाट बस चढेका गुञ्जबहादुर दुलेगौंडा नपुग्दै सिटमै ढले
यो पनि पढौँ
कास्कीको रुपामा बुबाको हत्या गरेको आरोपमा छोरा पक्राउ
पाेखरामा सुकुम्बासीको आन्दोलन घोषणा
थापाथलीका अर्का सुकुम्बासीले पनि गरे आत्महत्या, एक महिला बेहोस
सुदनको आरोप- ‘बालेनमा हिटलर र मुसोलिनी बन्ने सपना जागेको देखिन्छ’