पोखरा । रोजगारीका लागि मलेसिया पुगेका एक नेपाली युवा केही दिनदेखि बेपत्ता भएका छन् । बैदेशिक रोजगारीका लागि मलेसिया पुगेका गोरखाको पालुङटार नगरपालिका, ठाटीँपोखरीका जगत गन्धर्वलाई आफैँले काम गर्ने कम्पनीको मालिकले कुटपिट गरी बेपत्ता पारिएको स्रोतले जनाएको छ ।
मलेसियाको जोहेर बारुमा अबस्थीत ग्लोबल गार्ड सिक्युरिटी कम्पनीमा कार्यरत गन्धर्वलाई आफैँले काम गर्ने कम्पनीको मालिकले मुखबाट रगत आउने गरि सम्वेदनशिल अंगमा कुटपिट समेत गरेको सोही कम्पनीमा उनीसँगै कार्यरत नेपालीहरुको भनाई उदृत गर्दै गैर आवसिय नेपाली संघ (एनआरएन) मलेसियाले जनाएको छ ।
संघका अनुसार मदिरा सेवन गरेका गन्धर्वलाई उनी सुतैको होटमा गएर कम्पनी मालिकले कुटेका हुन् । मार्च ४ गते लामो समयमसम्म काम गरेको उनी मार्च ५ बाट परिवार तथा साथीहरूको सम्पर्कमा नआएपछि कम्पनीले नै वेपत्ता पारिएको संघले जनाएको हो ।
बेपत्ता गन्धर्वको बारेमा आवश्यक छानबिन गरि उद्धारका लागि गैर आवासीय नेपाली संघ (एनआरएनए) ले नेपाली राजदुतावास क्वालालम्पुर मलेसियालाई पत्राचार गरेको एनआरएनए जोहोरका सचीव अर्जुन सिहं ठकुरीद्वारा हस्ताक्षर गरिएको पत्रमा उल्लेख गरिएको छ ।
यस्तो छ पत्र

सम्बन्धित खबर
१८ वर्षअघि गर्भवती महिलाको मृत्यु प्रकरणमा एक महिला थुनामा, अर्की धरौटीमा छुटिन्
बालिका बेचबिखनको आरोपमा एक जना कारागार चलान
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
स्याङ्जाको नवग्रह मन्दिरको संरक्षणका लागि बजेट छुट्याइयोस् : सचेतक राई
नवग्रह मन्दिरमा ५ लाख ४४ हजारभन्दा बढी मन्त्रजप
नुहाउने क्रममा आँधीखोलामा बेपत्ता भएकी महिला मृत फेला
यो पनि पढौँ
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा