तनहुँ । शुक्लागण्डकी नगरपालिका वडा नं. ३ का अध्यक्ष रामकुमार श्रेष्ठकै अग्रसरतामा वन फडानी भएको छ । वडा अध्यक्ष श्रेष्ठले पदको दुरुपयोग गर्दै सामुदायिक जंगल फडानी गरेर आफ्नो प्लटिङ्ग गरेको बारी सम्म बाटो लगेको श्रोतले बतायो ।
शुक्लागण्डकी नगरपालिकाको वाड नं. ३ सन्तेडाँडामा प्लटिङ्ग गरिएको आफ्नो जग्गामा बाटो लैजाने नाममा श्रेष्ठले वन फडानी गरेको खुलेको हो । शुक्लागण्डकी नगरपालिकाबाट करिब २ लाख रुपयाँ बजेट विनियोजन गरेर आफ्नो पाखोबारीसम्म जाने बाटो खन्ने क्रममा जंगल फडानी भएको हो ।

सो ठाउँमा स्थलगत अनुगमनमा गएका जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्लेले वडा अध्यक्ष श्रेष्ठले जंगल फडानी गरेको अनुगमनका क्रममा आफुले पाएको बताए । समन्वय प्रमुख वाग्लेले वडा अध्यक्ष श्रेष्ठले गलत काम गरेको बताए ।
शुक्लागण्डकी नगरपालिका वडा नं.–३ को सन्तेडाँडा सार्वजनिक स्थानमा काटिएका करिब ८० क्यूफिट गोलीया काठ र करिब दुई ट्रयाक्टर दाउरा आइतबार नियन्त्रणमा लिएको डिभिजन वन कार्यालय तनहुँका सहायक वन अधिकृत बावुराम उप्रेतीले बताए ।

उप्रेतीले भने,‘काठ र दाउरा नियन्त्रणमा लिएका छौ,कस्ले फडानी गरेको भन्ने बारेमा अनुसन्धान भइरहेको छ । आरोपित वडा अध्यक्ष श्रेष्ठसँग वन फडानीको बिषयमा सम्र्पक गर्दा उपभोक्ता समितिले हुलाकी मार्ग निर्माणका क्रममा केही रुख काटिएको बताए ।
श्रेष्ठले भने,‘जंगल फडानी गरेको सम्बन्धमा शुक्लागण्डकीकै केही ब्यक्तिले आफुलाई फसाउनका लागि नियोजित रुपमा लागि परेको बताए । वडा अध्यक्ष श्रेष्ठ बिभिन्न बिषयमा पटक–पटक विवादमा पर्दै आएका छन् ।
सम्बन्धित खबर
तनहुँको छिर्कनेमा हाईस दुर्घटना, ८ जना घाइते
तनहुँ गाछेपानीमा ओभर स्पीड भ्यानले डिभाइडर नाघेर स्कूटरलाई ठक्कर दिँदा दुईको मृत्यु
तनहुँमा टिप्परको ठक्करबाट मोटरसाइकल चालक रूपाका धर्मराजको मृत्यु
त्रिशूली नदीमा पौडी खेल्नेक्रममा एक बालक बेपत्ता, एकको सकुशल उद्धार
पोखरा-बन्दीपुरबीच पर्यटकीय साझेदारी
डुम्रेमा भएको दुर्घटनामा २१ जना घाइते, दुईको अवस्था गम्भीर
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा ठप्प, बिरामी मर्कामा
सपनामा पनि मलाई संघीयता विरोधी नसोच्नुस्, हिन्दूराष्ट्र र राजतन्त्रको पक्षमा म छैन: बालेन