पोखरा । पोखरा महानगरपालिकाले गत मंगलबार विकल्प बिना होर्डिङ्ग बोर्ड हटाएको प्रति विज्ञापन व्यवसायीले आपत्ति जनाएका छन् । बिहीबार एक प्रेस विज्ञप्ति जारी गर्दै विज्ञापन व्यवसायीले उक्त निर्णयप्रति आफुहरुको गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।
‘कार्यपालिकाको बैठकले निर्णय गरी जारी गरेको सूचना अनुसार विज्ञापन व्यवसायीहरूले होर्डिङ बोर्ड व्यवस्थित र परिष्कार गर्न समयावधि थप गर्न पटकपटक ज्ञापनपत्र बुझाएका थियौं, महानगर क्षेत्रभित्र रहेका होर्डिङ्ग बोर्डलाई डिजिटल प्रविधिमा रुपान्तरण गर्ने नाममा व्यवसायीहरूलाई जानकारी नै नदिइ प्रचार समाग्री हटाउँदा हामी व्यवसायीहरूको व्यवसाय गर्ने कानुनी हक कुण्ठित भएको छ ।’ विज्ञापन व्यवसायीका संयोजक सोभित बस्यालद्धारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ – ‘’उद्योगी व्यवसायीहरुको प्रचार सामाग्री निश्चित समय अवधिसम्मको सम्झौता गरी राखिएको हुँदा समय सीमा नदिई होर्डिङ्ग बोर्ड हटाउँदा व्यवसायी मात्र नभएर उद्योगीहरुलाई समेत असर परेको हाम्रो बुझाई छ ।’
https://www.facebook.com/photo.php?fbid=2721275044579239
विज्ञप्तिमा महानगरपालिकाभित्र डिजिटल होर्डिङ्ग बोर्ड व्यवस्थापन कार्यका लागि सार्वजनिक साझेदारी कार्यक्रम अन्तरगत प्रस्ताव आह्वानको अन्तिम दिन ट्रकका ट्रक नगर प्रहरीलाई नागरिकका घरमा पठाएर अमर्यादित शैलीमा प्रचारप्रसार सामाग्री जबरजस्ती हटाइएकोमा समेत आपत्ति जनाइएको छ । साथै डिजिटल प्रविधिमा लैजाने भनिएको होर्डिङ्ग बोर्डलाई परिष्कार तथा परिमार्जन गर्दै भयरहित तरिकाले व्यवसाय गर्ने वातावरण बनाउन समेत विज्ञप्ति मार्फत सरोकारवालाहरुसंग माग गरिएको छ ।
‘स्थानीय सरकारको आन्तरिक आम्दानीको स्रोत विज्ञापन करलाई महानगरपालिकाले खुल्ला टेण्डर गरेर विज्ञापन व्यवसायीलाई प्रतिस्पर्धामा गराएर दिदा आम्दानी समेत वृद्धि हुन्थ्यो ।’ विज्ञप्तिमा भनिएको छ – ‘डिजिटलको नाममा मौजुदा होर्डिङ्ग बोर्डलाई हटाउँदा महानगरपालिकाले आफ्नो आयस्रोत गुमाएको हामी व्यवसायीहरुको ठहर रहेको छ ।’
व्यवसायीहरुले महानगरपालिकाले समय सीमा समेत प्रदान नगरेर होर्डिङ्ग बोर्ड हटाइदिँदा आफुहरुले गर्दै आएको व्यवसाय धरापमा परेको आरोप लगाएका छन् । महानगरपालिकाको होर्डिङ्ग बोर्ड हटाउने निर्णयले उद्योगी व्यवसायी तथा विज्ञापन व्यवसायीहरुको विश्वास समेत गुमाएको ठहर गरेको छ । साथै, विज्ञप्ति माफर्त व्यवसायीहरुले अर्को विकल्प नभएसम्मका लागि महानगरपालिकाले कर लिएर, समय सीमा प्रदान गर्दै व्यवसायीहरुसंग समन्वय गर्दै अगाडि बढ्न समेत आग्रह गरेको छ ।

सम्बन्धित खबर
कृषि एम्बुलेन्स पाएपछि वालिङका किसानलाई राहत
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
बिक्रेतालाई ग्यास सञ्चित गरेर नराख्न आग्रह
स्याङ्जाका कृषकलाई साढे दुई करोडभन्दा बढी अनुदान
ग्यास कृत्रिम अभाव सिर्जना नगर्न प्रशासनको आग्रह
स्याङ्जामा वर्षभर १७६ व्यवसायको अनुगमन, ९० हजार रुपैयाँ जरिवाना
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो