पोखरा, ९ चैत । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको घाँसीकुवामा भर्खरै (बिहान १०) बजे ट्रक दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । गुडिरहेको ट्रकको एक्कासी ब्रेक फेल हुँदा डरलाग्दो दुर्घटना भएको हो । रोकिराखेको ट्रक उत्तानो परेको छ भने ठक्कर दिने ट्रकको अगाडि भाग क्षतिग्रस्त छ ।
डुम्रे तर्फबाट दमौलीतर्फ आइरहेको ना ८ ख ३५२७ नम्बरको ट्रकले बिग्रेर सडकमै रोकिराखिएको ना १ क ६१४२ नम्बरको ट्रकलाई ठक्कर दिँदा एक जनाको ज्यान गएको हो । मृतकको पहिचान खुलेको छैन । घाइतेहरुलाई उपचारका लागि दमौलीतर्फ लगिएको छ । अहिले सो सडकखण्ड बन्द रहेको अनेरास्ववियू विद्यार्थी नेता बिनोद भण्डारीले जानकारी दिए । ट्रकले रोकिराखेको ट्रकलाई ठक्कर दिएपछि पनि बा १८ च ७७८४ नम्बरको हाइलक्सलाई ठक्कर दिएको छ ।
तनहुँ ट्राफिक प्रहरी प्रमुख पूर्णबहादुर अधिकारीले प्रहरी घटनास्थल पुगेको जनाए । उनले अहिले मृतक र घाईतेहरुको सनाखत भईनसकेको बताउँदै प्रारम्भिक अनुसन्धानमा ट्रकको ब्रेक फेल भएको देखिएको बताए । उनले भने – ‘ब्रेक फेल ट्रकले रोकिराखेको ट्रकलाई ठक्कर दिँदा मर्मत भईरहेको ट्रक उत्तानो परेको छ । एकदमै ठूलो दुर्घटना भयो । मृतक ट्रक चालक हो कि मर्मत भईरहेको ट्रकमा रहेका मिस्त्री हुन्, अनुसन्धानमै छौं ।’




तस्विरः विनोद भण्डारी
थप विवरण आउन बाँकी ।
सम्बन्धित खबर
गण्डकी प्रदेशका प्रमुख सचिव घिमिरेविरुद्ध पोखरा विमानस्थल भ्रष्टाचार मुद्दा
कृषि लगानीमा लघुवित्त प्रभावकारी, जीवनस्तरमा सकारात्मक परिवर्तन
हरिनासमा आजदेखि आठौं अध्यक्ष कप खेलकुद प्रतियोगिता
पूर्वाधार नपुग्दा पञ्चासे भञ्ज्याङ सुनसान
लिफ्ट दिने बहानामा महिलामाथि दुर्व्यवहार गर्ने एक युवक पक्राउ
मुलुक परिवर्तनमा सञ्चार जगतको भूमिका स्मरणीयः प्रदेश प्रमुख भट्ट
यो पनि पढौँ
कास्कीको रुपामा बुबाको हत्या गरेको आरोपमा छोरा पक्राउ
पाेखरामा सुकुम्बासीको आन्दोलन घोषणा
थापाथलीका अर्का सुकुम्बासीले पनि गरे आत्महत्या, एक महिला बेहोस
पोखरा विमानस्थल भ्रष्टाचार प्रकरणमा पूर्वमन्त्री कार्कीसहित १४ जनाविरुद्ध मुद्दा दायर