तनहुँ । तनहुँको भानु नगरपालिका १ भन्सारमा लागुऔषध तथा दुर्ब्यसनिको अवस्था बारे शनिबार छलफल सम्पन्न भएको छ ।
लर्निङ्ग होम फाउन्डेसन नेपालको सक्रियतामा उक्त कार्यक्रम भएको फाउन्डेसनका परामर्शक इश्वर बास्तोलाले बताए । समुदाय प्रहरी साझेदारी शान्तिपूर्ण एबम सुरक्षित समाजका लागि उक्त कार्यक्रम गरिएको उनले जानकारी दिए ।
कार्यक्रममा लर्निङ्ग होम फाउन्डेसनका परामर्शक ईश्वर बास्तोलाले गाउँ एबम शहर नै दुर्ब्यसनको प्रकोपमा परेको बताए । युबाहरु निसंकोच लागुपदार्थको दलदलमा फस्दै गइरहेका उनले बताए ।
आर्थिक भार, बेरोजगार, अस्तब्यस्त जिन्दगि बढदो शहरीकरणको प्रभाबले साथिसङ्गत बेवास्ता, लापरबाही, तडकभडक जस्ता समस्याको कारणले गर्दा युबाहरु दिनानुदिन लागुऔसधमा फस्दै गइरहेका उनको भनाई थियो ।
यस्तो परिस्थितिमा समाजमा क्रियाशिल आमासमुह, युवा क्लब सक्रिय भएर लाग्नुपर्ने उनले बताए । प्रहरी प्रतिनिधि निरज डाङ्गीले आजकलका युबाले सिनेमा जगतका हिरो हिरोईनको सिको गर्दै भड्किलो पहिरन, देखावटी चालचलन, आधुनिकताको आडमा मदिराजन्य पदार्थ संग आकर्षित हुन थालेको बताए ।
कार्यक्रममा फाउन्डेसनमा कार्यरत प्रितम श्रेष्ठले वास्तविक जिबन कथा , दुर्ब्यसनिको परिणाम, असर र जोखिम जस्ता समस्याले जेल, अस्पताल र मृत्युसम्म चरम यातना भोगेको अबस्था बारेमा बताएका थिए । सुधार केन्द्रको सकारात्मक मार्गदर्शनकै परिणामस्वरूप युथ भिजन भैरहवामा १७ महिनाको उपचार नयाँ जिवन सुरु गरिरहेका छन ।
त्यस्तै भानु १ का वडाअध्यक्ष प्रेम लामाले समाजलाइ दुर्व्यसन रहित बनाउन युवाहरुमा सक्रियता ल्याउन युवामुखी स्वरोजगारमुखी कार्यक्रम आफ्नै कार्यकालमा ल्याउने प्रतिबद्धता ब्यक्त गरेका थिए । कार्यक्रमको सन्चालन प्रहरी मान बहादुर भट्टले गरेका थिए ।
सम्बन्धित खबर
तनहुँको छिर्कनेमा हाईस दुर्घटना, ८ जना घाइते
तनहुँ गाछेपानीमा ओभर स्पीड भ्यानले डिभाइडर नाघेर स्कूटरलाई ठक्कर दिँदा दुईको मृत्यु
तनहुँमा टिप्परको ठक्करबाट मोटरसाइकल चालक रूपाका धर्मराजको मृत्यु
त्रिशूली नदीमा पौडी खेल्नेक्रममा एक बालक बेपत्ता, एकको सकुशल उद्धार
पोखरा-बन्दीपुरबीच पर्यटकीय साझेदारी
डुम्रेमा भएको दुर्घटनामा २१ जना घाइते, दुईको अवस्था गम्भीर
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा ठप्प, बिरामी मर्कामा
रविले बोलाएको सर्वदलीय बैठकमा प्रधानमन्त्री र गृहमन्त्री नै गएनन्