पोखरा । नवलपरासीमा ७२ बर्षीय बृद्ध मृत अबस्थामा फेला परेका छन् । शुक्रबार नवलपरासीको बिनयी त्रिबेणी गाँउपालिका वडा नम्बर २ का ७२ बर्षीय दिल बहादुर बि.क मृत अबस्थामा फेला परेका हुन् । बि.कलाई सोहि ठाउँका हेमलाल गुरुङको गोठमा मृत अवस्थामा फेला पारेको प्रहरीले जनाएको छ । हाल घटनाको विषयमा थप अनुसन्धान भईरहेको छ ।
उपचारकै क्रममा भारतिय नागरिकको मृत्यु
पोखरा । मुस्ताङमा मुक्तिनाथ मन्दिर दर्शन गरेर फर्कँदै गरेका एक भारतीय नागरिकको मृत्यु भएको छ । मन्दिर दर्शन गरेर फर्केका अन्दाजी ६५ बर्षीय भारतिय नागरिक KANAPPAN VAITHILINGAM को बिहिबार मृत्यु भएको हो ।
मन्दीर दर्शन गरेर बुधबार घरपझोङ गाँउपालिका वडा नम्बर ३ जोमसोममा रहेको हिमालय ईन होटलमा आएर बसेका VAITHILINGAM को बिहिबार अचानक बिरामी भएपछि उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । उनलाई उपचारका लागि जिल्ला अस्पताल जोमसोम लगिएको थियो । घटना भएको खबर पाए लगत्तै घटना स्थलमा पुगेको प्रहरीले हाल थप अनुसन्धान गरिरहेको जनाएको छ ।
बागलुङमा पहिरोमा पुरिएर तीन जना घाईते
पोखरा । बागलुङमा पहिरोमा पुरिएर तीन जना घाईते भएका छन् । बिहिबार सडक खण्ड फराकिलो बनाउनका लागि श्रमदान गर्न गएका बागलुङको काठेखोला गाँउपालिका वडा ८ लेखानि कर्लिमारेमा पहिरो जाँदा स्थानीय तीन जना पुरिएर घाईते भएका हुन् ।
भित्री सडक खण्ड फराकिलो बनाउनको लागि गाउँपालिकाको वडा नम्बर ५ स्थित आर्मीको अर्जुन बाँण गण घोडाबाँधेमा बाटो खन्न सहयोग गर्न गएका थिए । बाटो खन्न सहयोग गर्न गएका स्थानीय बाटो खन्दा खन्दै अचानक गएको पहिरो पुरिएपछि घाईते भएका प्रहरीले जनाएको छ ।
घाईते भएका तीनै जनालाई तत्काल उद्दार गरि उपचारको लागी अञ्चल अस्पताल धवलागिरी बागलुङ तर्फ पठाएकोमा घाइते मध्येका २ जनालाई थप उपचारका लागी काठमान्डौ पठाईएको छ । घटनाका विषयमा थप अनुसन्धान भईरहेको छ ।
सम्बन्धित खबर
प्रहरी कार्यालयलाई मुक्तिनाथ बैंकको टेलिभिजन सहयोग
अपिहिमाल र अर्जुनचौपारीबीच विकास साझेदारी : पाँच वर्षीय भगिनी सम्बन्ध सम्झौता
एन प्याब्सनको बृहत् बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद, १५ सय विद्यार्थी प्रतिस्पर्धा गर्दै
‘प्रथम वालिङ सडक खाना महोत्सव’ भोलि एक दिन थपिने
बिरुवा राष्ट्रपति रनिङ शिल्डको उपाधि भुरुङचौकी माविलाई
फेदीखोलामा नदीजन्य पदार्थ उत्खनन र ओसारपसार गर्ने दुई ट्याक्टर नियन्त्रण
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’