तनहुँ । प्राज्ञिक विद्यार्थी परिषद नेपालको प्रथम गण्डकी प्रदेश अधिवेशन विहिबार देखि दमौलीमा सुरु भएको छ ।
समाज र राष्ट्रहितका लागि युवा भन्ने मुल नाराका साथ प्रथम गण्डकी प्रदेश अधिवेशन सुरु भएको छ । अधिवेशन शनिबार सम्म हुने आयोजकले जनाएको छ ।
प्राज्ञिक विद्यार्थी परिषद नेपालका राष्ट्रिय अध्यक्ष रामजी गौतमको अध्यक्षता उक्त कार्यक्रम भएको थियो ।
उद्घाटन कार्यक्रमको प्रमुख अतिथि व्यासका अध्ययता काशिनाथ न्यौपाने रहेका थिए । त्यस्तै विशिष्ठ अतिथि भने व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपाने रहेका थिए ।
प्रथम गण्डकी प्रदेश अधिवेशनबाट आगामी दुई वर्षका लागी नयाँ कार्यसमिति आउने गण्डकी प्रदेश अध्यक्ष पुष्पराज खतिवडाले बताए ।
प्राज्ञिक विद्यार्थी परिषद नेपाल दलगत राजनीति देखि माथि रहि ज्ञान शिल र एकताको आदर्शका साथ व्यक्ति निर्माणका माध्यमद्वारा राष्ट्र पुनःनिर्माण लक्ष्य सहित अघि बढेको सस्था रहेको अध्यक्ष खतिवडाले बताए ।
गण्डकी प्रदेशभरिका १५० भन्दा बढी युवाहरुको कार्यक्रममा सहभागीता रहेको अध्यक्ष खतिवडाले बताए । अधिवेशनले तनहुँको सास्कृतिक तथा पर्यटनको क्षेत्रमा सहयोग पुर्याउने खतिवडा बताउछ्न ।
कक्षा ११ देखी मास्टर तह सम्मका विद्यार्थी परिषदका सदस्य रहेको परिषदका गण्डकी प्रदेश सचिव मिलन अधिकारीले बताए । देशको हरेक तहमा जाने युवा लाई सहि मार्गनिर्देश गर्ने र इमानदार बनाउने लक्ष्य परिषदको रहेको अधिकारीले बताए । देशभर परिषदको ५ हजार सदस्य रहेको अधिकारिले जानकारी दिए ।
देशमा प्रादेशिक संरचना अगाडि बढेसंगै विद्यार्थी परिषदले पनि आफ्नो प्रदेश संरचना निर्माण गर्न र प्रदेश सक्रिय र उत्कृष्ट बनाउने लक्ष्यले प्रदेश स्तरीय अधिवेशन गर्न लागेको परिषदले जनाएको छ ।
कार्यक्रममा प्रदेशको शिक्षा, समसामयिक अवस्था, महिला सुरक्षा चर्चा सहित प्रस्ताव पारीत हुने जनाइएको छ ।
सम्बन्धित खबर
तनहुँको छिर्कनेमा हाईस दुर्घटना, ८ जना घाइते
तनहुँ गाछेपानीमा ओभर स्पीड भ्यानले डिभाइडर नाघेर स्कूटरलाई ठक्कर दिँदा दुईको मृत्यु
तनहुँमा टिप्परको ठक्करबाट मोटरसाइकल चालक रूपाका धर्मराजको मृत्यु
त्रिशूली नदीमा पौडी खेल्नेक्रममा एक बालक बेपत्ता, एकको सकुशल उद्धार
पोखरा-बन्दीपुरबीच पर्यटकीय साझेदारी
डुम्रेमा भएको दुर्घटनामा २१ जना घाइते, दुईको अवस्था गम्भीर
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा ठप्प, बिरामी मर्कामा
रविले बोलाएको सर्वदलीय बैठकमा प्रधानमन्त्री र गृहमन्त्री नै गएनन्