तनहुँ । सरकारले प्रतिबन्ध लगाएको विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीसँग तनहुँका जनप्रतिनिधिहरु त्रासमा रहेका छन् । १० वटै स्थानीय तहका जनप्रतिनिधिहरुसँग विप्लव समूहले चन्दा सहयोग मागेपछि लुरुलुरु जति मागे त्यति दिन बाध्य भएको विश्वस्त श्रोतले जनायो ।
तनहुँको एक गाँउपालिका र एक नगरपालिकाले सो समूहलाई मागे जति चन्दा दिन बाध्य बनेका हुन् । बिल भरपाई नै मिलाएर विप्लवलाई चन्दा दिनुपरेको गुनासो आएको छ । सुरुमा चन्दा माग्न आउँदा दिन नसक्ने बताए पनि केही दिन पछि बिल मिलाएर चन्दा दिएको स्रोतको दाबी छ ।
बाटोघाटो, पुल पुलेसो मर्मत गर्नका लागि बजेट माग गर्न आउने जनतालाई रुखो बचन लगाउने जनप्रतिधिहरुलेले ज्वाईरभानिजलाई’ भेटी दिएझैँ चन्दा रकम दिएका छन् । जनप्रतिधिहरुले चन्दा दिनका लागि बिल मिलाउनलाई कर्मचारीहरुलाई लगाउने गरेका छन् ।
जनप्रतिनिधिहरुले आर्थिक शाखाका कर्मचारीलाई ‘मिलाएर दिउँ, नभए कालोमोसो लगाइहाल्छन् नि भनेर भन्ने गरेको कर्मचारीले नाम नबताउने शर्तमा गण्डक न्युजलाई बताए । विप्लव समुहले तनहुँका स्थानीय तहबाट मनग्य चन्दा जम्मा गरेको स्रोतले बतायो ।
वडा अध्यक्षहरु पनि त्रासमा
विप्लव समूहलाई सरकारले पक्राउ गरेसँगै वडा अध्यक्षहरु त्रासमा परेका छन् । आफ्ना सहकर्मीहरुसँग ती वडा अध्यक्षहरुले विप्लपका कार्यकर्ताले केही गरिहाल्छन् कि ? भन्ने आशंका ब्यक्त गर्ने गरेका छन् ।
सत्ता र शक्तिको आडमा विकास बजेट, प्राकृतिक श्रोत साधनको दुरुपयोग गरेको आरोप खेपेका वडा अध्यक्षहरु अहिले विप्लवसँग त्राहीमाम् छन् ।
सम्बन्धित खबर
प्रतिभा सुपर लिग क्रिकेट सुरू, प्रतिभा र बाल मन्दिरको विजयी सुरूवात
स्याङ्जाका ५६ मतदान स्थल अति संवेदनशील
सिद्धार्थ राजमार्गमा दुर्घटनापछि कुटपिट, भीरकोटका युवक प्रहरी नियन्त्रणमा
स्याङ्जाका पत्रकार न्यौपाने एनटिभीबाट सम्मानित
फेदीखोलामा चिया खाजा घरमा चोरी, एक जना पक्राउ
ट्याङ्की मर्मत गरेर फर्किने क्रममा भीरबाट खस्दा गल्याङमा एक जनाको ज्यान गयो
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ