नेपाली काङ्ग्रेसका नेता एवं गण्डकी प्रदेशसभा सदस्य बिन्दुकुमार थापाले आफूले प्रदेशसभा सदस्यवापत प्राप्त गरेको सबै सुविधा जनताकै लागि खर्चिएका छन् । उनले एक वर्षको मासिक पारिश्रमिक एवं बैठक भत्ता र अन्य सुविधा सामाजिक काममा खर्चिएका हुन् ।
नेपाल प्रेस युनियन कास्कीद्वारा सोमबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा थापाले विसं २०७४ माघ महिनादेखि २०७५ माघसम्म आफ्नो खातामा प्रदेशसभाबाट आएको सात लाख नौ हजार १३५ सहित सामाजिक काममा१० लाख ५४ हजार ६५५ खर्चेको जानकारी दिए।
‘तलव र अन्य सुविधामा मैले अहिलेसम्म ७ लाख ९ हजार १ सय ३५ रुपैयाँ पाएको छु । १० लाख ५४ हजार रुपैयाँ सामाजिक क्षेत्रमा सहयोग गरेको रहेछु, उनले भने ।’ उनले आफ्नो निर्वाचन क्षेत्रका विभिन्न विकास निर्माण र सामाजिक संस्थागरी २२ वटा योजनामा यो रकम सहयोग गरेका हुन् । आफ्नो निर्वाचन क्षेत्रअन्तर्गतका विभिन्न विद्यालय, क्लब, मठमन्दिर, बाजा समूह, टोल विकास संस्था आदिमा आफूले सहयोग गरेको उनले जानकारी दिए । यसका साथै आफ्नो पहलमा सङ्घ एवं प्रदेश सरकारबाट नमूना सडक, कृषि, बाटोघाटो, शिक्षण संस्थामा प्रयोगशाला लगायतमा विभिन्न योजना समावेश गरिएको उनले बताए ।
कास्की क्षेत्र नम्बर २ (ख) का बाट निर्वाचित सांसद थापाले प्रदेश नामांकन तथा स्थायी राजधानी सिफारिस समितिको संयोजक, सार्वजनिक लेखा समिति अन्तर्गत गठित मस्यौदा निर्माण उपसमितिको संयोजक, फेवाताल संरक्षण गर्न गठित एक्सन कमिटिको सदस्य रहेर जिम्मेवारी निभाएका छन् ।
ब्यापारिक पृष्ठभूमीबाट राजनीतिमा छिरेका थापाले चुनावताका नै भनेका थिए–‘राज्यबाट आउने सबै सेवा सुविधा म सामाजिक कार्यमा खर्च गर्नेछु ।’ विकास निर्माणमा यो वा त्यो पार्टी नभनी सबैको साथ र सहयोग आवश्यक हुने बताउँदै उनले प्रदेशसभाको निर्वाचन पछिको १६ महिनामा जनताका अपेक्षा पूरा हुन नसक्दा उनीहरूमा निराशा बढ्दै गएको उल्लेख गरे ।
पोखरा महानगरको ६ वटा सम्मिलित निर्वाचन क्षेत्रको समानुपातिक विकासको लागि विशेष जोड रहेको र विकास वडाहरुलाई विकासको मुलधारमा ल्याउन पहल गरिरहेको उनी बताउँछन् । ‘पोखराका ११, १६ र २० नम्बर वडाका अधिकांश ठाउँ विकट छन् ।
मुख्यमन्त्री वातावरणमैत्री नमुना कृषि गाउँ कार्यक्रम पनि पोखरा १६ को जुम्लेटी क्षेत्रमा सञ्चालन गरिएको उनले सुनाए । संघीय संरचनाको निर्वाचन पछि कास्की २ (ख) मा २२ वटा ठूला तथा मझौला विकास आयोजना छनौट र कार्यान्वयनको चरणमा रहेको सांसद थापाले बताए । सडक, कृषि, आकासे पुल, स्कुल तथा क्याम्पसको पूर्वाधार तथा शैक्षिक गुणस्तर बृद्धी र पर्यटन विकासका योजनाहरुमा काम भैरहेको उनले सुनाए ।
थापाका अनुसार यो अवधीमा प्रदेशबाट ५ करोड ७६ लाख र संघबाट २ करोड १५ लाख गरी करिब ८ करोड रुपैयाँका विकासे काम भएका छन् । अधिकांश आयोजना निर्माणको चरणमा रहेको र सकेसम्म चालू आर्थिक बर्ष्भित्रै सक्ने गरी उपभोक्ता समिति र ठेकेदारहरुसँग समन्वय भैरहेको उनी बताउँछन् । सरकारले राजनीतिक प्रभावमा परेर काम गरेको आरोप लगाउँदै थापाले आँफुले चाहीँ कुनै पूर्वाग्रह नराखी सर्वदलीय बैठकबाट योजना छनौट गरेको दावी गरे ।
नेपाल प्रेस यूनियन कास्कीका सभापति नविन सिग्देलको अध्यक्षतामा कार्यक्रम भएको थियो ।
सम्बन्धित खबर
कृषि एम्बुलेन्स पाएपछि वालिङका किसानलाई राहत
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
बिक्रेतालाई ग्यास सञ्चित गरेर नराख्न आग्रह
स्याङ्जाका कृषकलाई साढे दुई करोडभन्दा बढी अनुदान
ग्यास कृत्रिम अभाव सिर्जना नगर्न प्रशासनको आग्रह
स्याङ्जामा वर्षभर १७६ व्यवसायको अनुगमन, ९० हजार रुपैयाँ जरिवाना
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो