तनहुँ । भिक्टोरिया सिंगल डान्स कम्पेटिसनको तेस्रो सिजन गते बैशाख ६ गतेदेखि दमौलीमा सुरु हुँदैछ । भिक्टोरिया डान्स एन्ड एक्टिङ स्कुल दमौलीको आयोजना उक्त प्रतियोगिता हुन लागेको आइतबार दमौलीमा पत्रकार सम्मेलन आयोजना गरि आयोजक जानकारि दिएका थिए ।
पहिलो र दोस्रो सिजन सफलताका साथ सम्पन्न गरेपछि तेस्रो सिजन आयोजना गर्न लागिएको आयोजक सस्थाका प्रोप्राइटर एवं कोरियोग्राफर सर्जन थापाले जानकारी दिए । एसईई परिक्षा सकिना साथ उक्त प्रतियोगिताको अडिसन सुरु गर्ने आयोजकले पत्रकार सम्मेलनमा जानकारि दिए ।
उक्त प्रतियोगितामा १ हजार बढीको सहभागीता हुने आयोजकले बताए । जसमध्य ५०० जना मेगा अडिसनमा छानिनेछ्न । त्यसपछि क्वाटर फाइनल, सेमिफाइनल गर्दै फाइनल हुनेछ ।

भदौ महिनाको अन्तिममा फाइनल हुने प्रोप्राइटर थापाले बताए । प्रतियोगितामा प्रथम हुनेले ४० हजार नगद, दोस्रो हुनेले १० र तेस्रो हुने ५ हजार रुपैया प्राप्त गर्नेछन । पुरस्कार संगै ३ जना बिजेताले भारतमा १ महिनाको डान्स कोर्स अभ्यासको अवसर प्राप्त गर्नेछ्न ।
प्रतियोगिताको फाइनलको जर्जका रुपमा भारतबाट टिएनजु डान्स थिएटरका प्रशिक्षक आशुतोष महान्डे आउने आयोजकले जानकारी दिए । अडिसनका लागि स्कुल स्कुलमा जाने र बैशाख ६ गते दमौलीबाट अडिसन सुरु गर्ने आयोजकले बताए ।
प्रतियोगिता सम्पन्न गर्न ५ लाख खर्च लाग्ने अनुमान गरिएको प्रोपाइटर थापाले बताए । प्रतियोगितामा नो भोटिङ डान्स प्रतियोगितामा क्षमताको आधारमा बिजेता चुन्न लाई प्रतियोगितामा भोटिङ नगरिने आयोजकले बताए । भोट बेच्ने चलनले अस्लि प्रतिभा पछि परेका कारण नो भोटिङ गरिएको कोरियोग्राफर थापा बताउछन ।
क्षमताले पनि नृत्य प्रतियोगिता जित्न सकिन्छ भन्ने उदाहरणका लागि पनि भोटिङ नगराईने थापाले बताए । खुबी र क्षमता हुने जो कोहि पनि प्रतियोगितामा भाग लिन सक्ने आयोजकले बताए । प्रतियोगितामा नेपाली, अङ्ग्रेजी र नेपाली सस्कृतिक गीतमा नृत्य गर्न सकिनेछ । हिन्दी गितमा भने नपाइने आयोजकले बताए ।
सम्बन्धित खबर
तनहुँ गाछेपानीमा ओभर स्पीड भ्यानले डिभाइडर नाघेर स्कूटरलाई ठक्कर दिँदा दुईको मृत्यु
तनहुँमा टिप्परको ठक्करबाट मोटरसाइकल चालक रूपाका धर्मराजको मृत्यु
त्रिशूली नदीमा पौडी खेल्नेक्रममा एक बालक बेपत्ता, एकको सकुशल उद्धार
पोखरा-बन्दीपुरबीच पर्यटकीय साझेदारी
डुम्रेमा भएको दुर्घटनामा २१ जना घाइते, दुईको अवस्था गम्भीर
गगनगौंडाबाट बस चढेका गुञ्जबहादुर दुलेगौंडा नपुग्दै सिटमै ढले
यो पनि पढौँ
फिर्के खोलाका संरचना जेठ ९ गतेभित्र हटाउन महानगरको अन्तिम चेतावनी
सबै यात्रु पिसाब फेर्न ओर्लिनासाथ जिप भिरबाट खस्यो, चालकको मृत्यु
फेवातालमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु
रविसँग रास्वपा सांसदका गुनासो, ‘प्रधानमन्त्री र मन्त्रीको सचिवालयले पनि टेरेन’