पोखरा, २३ कार्तिक । काँग्रेसको अनुशासनमा नबसी निर्वाचनमा असहयोग गर्ने गरि बागी उम्मेदवारी दर्ता गराएको भन्दै नेपाली काँग्रेस कास्कीले नरेशशंकर पालिखेलाई पार्टीको सामान्य सदस्य समेत नरहने गरि निष्काशन गरेको छ । पार्टी गम्भिर संकटमा रहेको बेलामा अनुशासनभन्दा बाहिर रहेर पार्टी विरुद्ध नै बागी उम्मेदवारी दिने पालिखेलाई सहयोग नगर्न उसले आफ्ना सम्पूर्ण भातृ संघसंस्थाहरुलाई निर्देशन समेत दिएको छ ।
नेपाली काँग्रेस कास्कीका कार्यवाहक अध्यक्ष सुदीपमोहन भट्टराईले जारी गरेको प्रेस विज्ञप्तीमा काँग्रेसको केन्द्रीय कार्यसमितिको परिपत्रअनुसार उनलाई पार्टीबाट निष्काशन गरिएको बताईएको छ । प्रेस विज्ञप्तीमा भनिएको छ, ‘पालिखेले आफ्नो उम्मेदवारी दर्ता गराएको बखत देखि नै काँग्रेसको महाधिवेशन प्रतिनीधि, क्षेत्रीय प्रतिनीधि, क्रियाशिल सदस्य र साधारण सदस्य समेत नरहेको जानकारी गराईन्छ ।’
पालिखेले कास्की क्षेत्र नम्बर २ ख बाट बागी उम्मेदवारी दिएका छन् । त्यस क्षेत्रमा काँग्रेसबाट आधिकारिक उम्मेदवारको रुपमा बिन्दुकुमार थापाले उम्मेदवारी दिएका छन् । पार्टीले आधिकारिक उम्मेदवारकै पक्षमा माहौल सृजना गर्न कार्यकर्तालाई आग्रह गरेको छ ।
कास्की काँग्रेसले वामगठबन्धन गरि कम्युनिष्टहरु एकतन्त्रीय शासन प्रणालीमा जान खोजिरहेको र देशमा फेरि अर्को द्वन्द निम्त्याउन खोजिरहेको स्थितीमा अनुशासनभन्दा बाहिर गएर यसो गर्ने व्यक्तिलाई काँग्रेसले स्किार्न नसक्ने समेत बताएको छ ।
नेपाली काँग्रेस कास्कीले प्रेस विज्ञप्ती जारी गर्दै यस्ता क्रियाकलापबाट हतोत्साहि नभई पार्टीको तर्फबाट आधिकारिक उम्मेदवारी दिएका उम्मेदवारहरुलाई विजयी गराउन संगठित भएर लाग्न कार्यकर्ताहरुलाई आग्रह गरेको छ ।

सम्बन्धित खबर
रास्वपा गण्डकीको सभापतिमा त्रिपाठी निर्वाचित
सडकबाट ट्रिपर खस्दा एक जनाको मृत्यु, चालक फरार
श्याम स्मृति फुटबल प्रतियोगिता २६ वर्षपछि पुनः सञ्चालनमा
सरकारी विज्ञापन नीतिविरुद्ध स्याङ्जाका पत्रकारको दबाब, प्रधानमन्त्रीलाई हस्ताक्षरसहित मागपत्र
पूर्वविद्यार्थीको पहलमा भीरकोटका दुई विद्यालयमा कम्प्युटर सहयोग
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु