तनहुँ । तनहुँको दमौलीमा ब्यास डाईग्नोस्टिक ल्याबोरेटोरी (बि.डि.एल) प्रा.लि को उद्घाटन भएको छ । बुधबार एक कार्यक्रमका बिच जिल्ला समन्वय समिती तनहुँका प्रमुख शान्तिरमण वाग्लेले ल्याबोरेटोरीको उद्घाटन गरे ।
सो अवसरमा वाग्लेले टेक्नोलोजीको प्रयोग गरि गुणस्तरिय र भरपर्दो सेवा दिनुपर्ने बताए । गुणस्तरिय सेवा दिए सर्वसाधारणको बिस्वास जित्न सक्ने उनको भनाई थियो ।
विश्वकै उत्कृष्ट प्रविधिद्वारा रक्त परीक्षण सेवा प्रदान गर्ने उद्देश्य राखिएको उक्त ल्याबोरेटरीका प्रबन्ध निर्देशक पेशल अभिनय पन्थले बताए । व्यास-३, निम चोक दमौलीमा रहेको उक्त ल्याबोरेटोरी तनहुँ जिल्लाकै अत्याधुनिक ल्याब रहेको पन्थले बताए ।

थाइराइड सम्बन्धि रक्त परिक्षण, क्यान्सर मार्कर, भिटान डि, मृगौला, फोक्सो सम्बन्धि रक्त परिक्षण गरिने पन्थले बताए । “समय र गुणस्तर लाई हाम्ले मुख्य प्राथमिकता दिएका छौ ।” प्रबन्ध निर्देशक पन्थले भने । यो भन्दा अघि पोखरा कि काठमाडौ जानुपर्थ्यो अब त्यो समस्या समाधान भएको छ ।
“चिकित्सकको लागि पनि ल्याब आवश्यक हुन्छ त्यसैले ल्याब गुणस्तरीय र विश्वासिलो हुनुपर्छ”, प्रमुख जिल्ला अधिकारि भरत शर्माले भने । छिटो र गुणस्तरीय सेवाले नै जनतामा बिश्वास दिलाउन सकिछ शर्माले बताए ।

त्यस्तै लायन्स ३२५ बि १ का डिस्ट्रिक गभर्नर अशोक कुमार श्रेष्ठले दमौली अहिले सहरको रुपमा विकास भईरहेको बताए । तनहुँका सर्वसाधारण लाई नजिकै गुणस्तरीय सेवा उद्धेश्यले दमौलीमा ब्यास डाईग्नोस्टिक ल्याबोरेटोरी (बि.डि.एल) प्रा.लि को स्थापना गरिएको बिडिएलका अध्यक्ष सुरेश तिमल्सेनाले बताए ।

ब्यास डाईग्नोस्टिक ल्याबोरेटोरी (बि.डि.एल) प्रा.लिले गुणस्तरीय सेवा दिनेमा कुनै संका नगर्न समेत आग्रह गरे । उक्त उद्घाटन समारोहमा राजनैतिक दलका नेताहरु, संघ सस्थाका प्रतिनिधिहरु, समाजसेवीहरुको बाक्लो उपस्थित रहेको थियो ।
सम्बन्धित खबर
तनहुँको छिर्कनेमा हाईस दुर्घटना, ८ जना घाइते
तनहुँ गाछेपानीमा ओभर स्पीड भ्यानले डिभाइडर नाघेर स्कूटरलाई ठक्कर दिँदा दुईको मृत्यु
तनहुँमा टिप्परको ठक्करबाट मोटरसाइकल चालक रूपाका धर्मराजको मृत्यु
त्रिशूली नदीमा पौडी खेल्नेक्रममा एक बालक बेपत्ता, एकको सकुशल उद्धार
पोखरा-बन्दीपुरबीच पर्यटकीय साझेदारी
डुम्रेमा भएको दुर्घटनामा २१ जना घाइते, दुईको अवस्था गम्भीर
यो पनि पढौँ
पोखरामा पर्यटकबसको ठक्करबाट पैदलयात्रीको मृत्यु
गाडीभित्रै सिट बेल्ट बाँधेर सुरेशचन्द्र श्रेष्ठले आत्मदाह गरेको अनुसन्धान निष्कर्ष
पोखरामा शृंखलाबद्ध चोरी: भारतीय प्रत्यक्ष चोरीमा संलग्न, चिनियाँले ‘रेकी’ गर्ने र नेपालीले घर देखाउने
पोखराबाट ढोरपाटन गएको जीपमाथि पहिरो खस्यो, ५ यात्रु सकुशल