पोखरा । जब ‘म विना कसैकसैलाई मुश्किल छ पोखरामा, म छु आज धेरै टाढा मेरो दिल छ पोखरामा’ भन्दै पोखराको सभागृहकै स्टेजमा चर्चित गायक प्रमोद खरेल आईपुगे तब खरेलकै प्रतिक्षामा बसिरहेका हजारौँ दर्शकहरुले हुटिङ र तालिले स्वागत गरिहाले । स्टेजमा आउनु बित्तिकै आम दर्शकलाई आफ्नो स्वरको जादुले लठ्ठ पारिरहेका खरेलले २/४ ओटा गित गाउने बित्तिकै आफु सँगै आफ्नो प्रतिभामा झुमिरहेका हजारौँ पोखरेलीहरुको अनुहार एकै चोटि निभ्न लागेको बत्ति जस्तै मलिनो बनाई दिए ।
कारण थियो, ‘सभागृहको स्टेज पछाडी रहेकोे इलेक्ट्रिक स्क्रिनमा देखिएको स्व. रवीन्द्र अधिकारी मुस्कुराई रहेको तस्बीर !’ भित्तामा मुस्कुराई रहेका स्व. अधिकारीको फोटो देखिने बित्तिकै प्रमोद खरेल मलिन स्वरमा एकनारायण भण्डारीको ‘याद गर्न पनि कोही कोही त चाहिने रहेछ, कुनै मोडमा साथि पाईदो रहेछ, कुनै मोडमा साथि गुमाईदो रहेछ’ गीत गाउन सुरु गरे ।
स्टेजमा आउने बित्तिकै दर्शकहरुलाई मनोरञ्जन दिन सुरु गरेका खरेलले उक्त गित गाउने बित्तिकै सम्पूर्ण दर्शकहरुको आँखा रसाउन थाल्यो । हुटिङले र तालिले साथ दिई रहेका सम्पूर्ण दर्शकले प्रमोदले गाएका ‘याद गर्न पनि कोही कोही त चाहिने रहेछ’ गित पछि सभागृह हल नै एकाएक सुनसान भएको थियो ।
अघिल्लो महिना ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा परेर पर्यटन तथा नागरिक उड्ययन मन्त्री स्व. रवीन्द्र अधिकारीको दुखद निधन भएको थियो । दुर्घटनामा निधन भएपछि मन्त्री अधिकारी अहिले सम्पूर्ण नेपाली र पोखरेलीहरुका लागि याद र कल्पनामा मात्रै सिमित बनेका छन । ‘पोखरामा प्रमोद खरेल’ कार्यक्रम बार्दली मिडिया प्रालिले आयोजना गरेको थियो । कार्यक्रममा प्रमोदसँगै मिना निरौलाले तथा हाँस्य कलाकार मनोज गजुरेलको समेत प्रश्तुती राखेका थिए ।
भिडियो :-
https://www.facebook.com/gandaknews/videos/1971839696259647/
सम्बन्धित खबर
सडकको नालीमा बेवारिसे भरुवा बन्दुक फेला
दोहोरो नागरिकता प्रकरणमा पक्राउ परेका दिदी–भाइ धरौटीमा रिहा
स्याङ्जाका ९७ वडामध्ये ९६ मा कांग्रेस नेतृत्व निर्विरोध
विदेशसम्म पुग्न थाले चापाकोटका काठे ठेकी
स्याङ्जाका ८३ वडामा कांग्रेसको वडा अधिवेशन सम्पन्न, १४ वडामा आज
अर्जुनचौपारी स्वास्थ्य चौकी लगातार दोस्रोपटक जिल्लामै उत्कृष्ट
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने