पोखरामा विहीबारदेखि जारी सकारात्मक तथा प्रगतिशील परिवर्तनको लागि टुरिज्म डिजिटलाइजेसन च्यालेन्ज (टिडिसी) कार्यक्रम शनिबार सकिदैंछ । उर्जा ल्याबको आयोजनामा भिजिट नेपाल २०२० लाई सफल पार्ने उद्धेश्य सहित पोखराको होटल स्नोल्याण्डमा ३ दिनसम्म कार्यक्रम आयोजना गरिएको हो ।
कार्यक्रमको अन्तिम दिन शनिबार पोखराको अहिलेसम्मैकै ठूलो उद्यम बजार लगायत देशभरका आधुनिक तथा नयाँ उद्यमहरुको स्टल समेत राखिँदैछ । यस्तै, वृहत उद्यमी भेलाको आयोजना समेत हुँदैछ ।
तीन दिवसीय कार्यक्रममा पर्यटन व्यवसायमा उर्जाशील युवा जनशक्तिको ध्यानाकर्षण, चुनौति, पहिचान र समाधानबारे अन्तरक्रिया समेत भएको छ । कार्यक्रममा पर्यटन व्यवसायमा उर्जाशील युवा जनशक्तिको ध्यानाकर्षण, चुनौती, पहिचान र समाधान बारे अन्तरक्रिया गरिएको छ । पोखरा पर्यटन बोर्डका सूर्य थपलिया, नेपाल राष्ट्रबैंकका रामकुमार कार्की, फुडमुडका ई. शुशिल पौडेल लगायतले सहजिकरण गरे ।

कार्यक्रमको मिडिया पार्टनरमा गण्डकन्यूज, परिचय नेट्वर्क रहेको छ । कार्यक्रमका लागि नेपाल पर्यटन बोर्ड, घुमन्ते, ड्रिमर्स नेपाल, अफिसियल फ्यूचर टेक, हम्सा वेयर्स, डब्लुपी ट्राभल, लक्ष्मी बैंक, सिएफ मोटो, एनवाइइएफ पोखरा, नेपाल ट्रिबुन, सिओटिएस पश्मिाञ्चल क्याम्पस, डाटसन, कट्स–डब्लूआरसी, होटल बाराही, होटल हिमालयन भ्याकेसन, व्यञ्जन पोखरा र हिमालयन जाभा पोखरा लगायत संस्थाहरुले सहकार्य गरेका छन् ।

सम्बन्धित खबर
सडकको नालीमा बेवारिसे भरुवा बन्दुक फेला
दोहोरो नागरिकता प्रकरणमा पक्राउ परेका दिदी–भाइ धरौटीमा रिहा
स्याङ्जाका ९७ वडामध्ये ९६ मा कांग्रेस नेतृत्व निर्विरोध
विदेशसम्म पुग्न थाले चापाकोटका काठे ठेकी
स्याङ्जाका ८३ वडामा कांग्रेसको वडा अधिवेशन सम्पन्न, १४ वडामा आज
अर्जुनचौपारी स्वास्थ्य चौकी लगातार दोस्रोपटक जिल्लामै उत्कृष्ट
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने