तनहुँ । तनहुँको व्यास नगरपालिका वडा नं ५ का वडा अध्यक्ष मोहन कुमार श्रेष्ठले आफ्नो तलबबापत आउने रकम व्यास-५ आफ्नै वडाको विद्यालय र बाराका हुरी प्रभावितलाई सहयोग गरेका छन् ।
व्यास-५ को शुक्र आधारभुत विद्यालयमा शनिबार भएको अभिभावक भेलाका क्रममा वडाअध्यक्ष श्रेष्ठले १ वर्ष सम्मको तलब मध्ये मासिक १० हजारको दरले १ लाख २० हजार सोहि विद्यालयमा आगामी शैक्षिक सत्रबाट अंग्रेजी शिक्षक राख्न सहयोग गर्ने घोषणा गरेका छन् ।
“अब २०७६ साल वैशाख देखि हरेक महिनाको मेरो तलबबाट १० हजार शुक्र आधारभूत बिद्यालयको अंग्रेजी शिक्षक लाई तलब दिनेछु”, वडाअध्यक्ष श्रेष्ठले भने ।
त्यस्तै सोहि अवसरमा श्रेष्ठले बारा र पर्सामा आएको हावाहुरीबाट भएको जनधनको क्षतिबाट पीडित व्यक्ति तथा प्रभावित परिवारलाई सहयोग गर्ने हेतुले आफ्नो एक महिनाको तलब १९ हजार ८ सय समेत सहयोग गर्ने घोषणा गरेका छन ।
श्रेष्ठले प्रदेश नम्बर २ को मुख्यमन्त्रि राहात कोषमा उक्त रकम जम्मा गर्ने बताए । “सामुदायिक विद्यालय प्रति विश्वास घटेको छ, अब सो विश्वास सर्वसाधारण माझ फर्काउनु छ ।”, वडाअध्यक्ष श्रेष्ठले भने । सामुदायिक विद्यालयमा सुधारको लागि अंग्रेजी शिक्षक आवश्यक रहेको श्रेष्ठले बताए ।
“बोर्डिङ्ग स्कुलमा चाहिने भन्दा बढि बालबालिका भर्ना हुने तर सामुदायिक विद्यालयमा भने शिक्षाको गुणस्तर कमजोर हुदा बिद्यालय शुन्यको अवस्थामा पुगेको छ ।”, वडाअध्यक्ष श्रेष्ठले भने ।
सम्बन्धित खबर
फेदीखोलामा राष्ट्रिय कोदो दिवस, स्थानीय परिकार र खेती प्रवर्द्धनमा जोड
शिक्षकको जागिर छाडेर २२० रोपनीमा कागती खेती
अवैध रुपमा नदीजन्य पदार्थ ओसारपसार गरिरहेको ट्याक्टर कारबाहीमा, ३० हजार रुपैयाँ जरिवाना
स्याङ्जामा पुँजीगत बजेट खर्च ६८ प्रतिशतमा सीमित
पुतलीबजारका केही वडामा धानमा खपटे किराको प्रकोप
गोपालमान श्रेष्ठको निधनमा पुतलीबजारमा बुधबार सार्वजनिक बिदा
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा ठप्प, बिरामी मर्कामा
रविले बोलाएको सर्वदलीय बैठकमा प्रधानमन्त्री र गृहमन्त्री नै गएनन्