तनहुँ । नेपाली भाषाका धरोहर आदिकवि भानुभक्त आचार्यको जन्मगाउँमा हुने अन्तर्राष्ट्रिय कवि सम्मेलनका सहभागीलाई भानु भूमिको माटो उपहार दिइने भएको छ ।
गीतल प्रतिष्ठान नेपाल तथा नाटक मञ्च तनहुँको आयोजनामा यही चैत ३० गते शनिबार भानु नगरपालिका–५, चुँदीरम्घामा हुनलागेको सम्मेलनमा आउने साहित्यकारलाई माटो उपहार दिन लागिएको हो ।
मञ्चका अध्यक्ष आकाश अधिकारीले भानुभक्त आचार्यको योगदान स्मरण गराउने उद्देश्यले भानुभक्तकालीन बिर्खे टोपी र भानुभक्तको जन्मघरको माटो उपहारका रुपमा प्रदान गर्न लागिएको जानकारी दिए ।
उनले भने, ‘माटो र टोपी सम्झनाको रुपमा चिनो दिँदा भानुको योगदान स्मरण गर्न टेवा पुग्ने विश्वास लिएका छौं ।’ साहित्यकार क्षेत्रप्रताप अधिकारीको स्मृति दिवसको अवसर पारेर भानुभक्तको जन्मगाउँमै अन्तर्राष्ट्रिय कवि सम्मेलन हुँदैछ ।
सम्मेलनमा भारत, भूटान, बङ्गलादेश, म्यान्मा, चीन, जापान र नेपाललगायतका साहित्यकारको सहभागिता रहने मञ्चले जनाएको छ ।
आयोजकका अनुसार साहित्यिक सम्मेलनमा देशभरबाट पाँच दर्जन बढी कवि र साहित्यकार सहभागी हुनेछन् । साहित्यिक कार्यक्रम दुई चरणमा हुनेछ । टाढाबाट आउने साहित्यकारलाई आज शुक्रबार भानुको जन्मस्थल नजिकै रहेको रानागाउँ भालडाँडा घरबासमा बास बस्ने व्यवस्था मिलाइएको छ ।
आजै साँझ घरबासमा सांस्कृतिक कार्यक्रम गरिने आयोजक मूल समारोह समितिका सदस्य शिव आर्य खड्काले जानकारी दिए । साहित्यकार भोलि आइतबार बिहान रानागाउँदेखि नौमती बाजासहित पदयात्रा गरी भानुको जन्मघर शिखर कटेरीमा पुग्नेछन् ।
भोलि नै चुँदीरम्घाबेँसीस्थित भानु जन्मस्थल विकास समितिमा आयोजित कार्यक्रममा क्षेत्रप्रताप स्मृति साहित्यिक पुरस्कार मोहन दुवाल, गीतल प्रभात पुरस्कार वीरु लम्साल र दुर्गा किरण तिवारीलाई प्रदान गर्ने कार्यक्रम रहेको छ ।
अन्तर्राष्ट्रिय कवि सम्मेलनले आदिकवि भानुभक्तको योगदानलाई संसारभरि फैलाउन तथा भानुको जन्मस्थललाई साहित्यिक तीर्थस्थलको रुपमा विकास गर्न टेवा पुग्ने नगरपालिका प्रमुख उदयराज गौलीले बताए ।
सम्बन्धित खबर
विद्यमान परिस्थितिमा नेपालले सन्तुलित कूटनीति अपनाउनुपर्छ: गण्डकी मुख्यमन्त्री पाण्डे
सार्वजनिक स्थलमा धूम्रपान र सूर्ति सेवन नगर्न प्रशासनको आग्रह, उल्लंघन गरे कारबाही हुने
बिलभन्दा बढी सामान बोकेको बोलेरो नियन्त्रणमा
पोखराबाट भरतपुर र नेपालगञ्जसम्मको हवाई उडान स्थगित
बोक्रो फेरिँदैमा भित्री गुदी फेरिँदैन : सांसद रेग्मीलाई अर्जुनचौपारीको व्यंग्यात्मक जवाफ
महालेखा परीक्षक कार्यालयको प्रतिवेदन गण्डकी प्रदेश प्रमुख समक्ष पेस
यो पनि पढौँ
फिर्के खोलाका संरचना जेठ ९ गतेभित्र हटाउन महानगरको अन्तिम चेतावनी
सबै यात्रु पिसाब फेर्न ओर्लिनासाथ जिप भिरबाट खस्यो, चालकको मृत्यु
फेवातालमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु
रविसँग रास्वपा सांसदका गुनासो, ‘प्रधानमन्त्री र मन्त्रीको सचिवालयले पनि टेरेन’