पोखरा, २६ कार्तिक / वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले आफ्नो आत्मकथा ‘महभित्रको म’ मा लेख्न धेरै कुरा छुटेको बताएका छन् । लेख्दा लेख्दै धेरै लेखेछु, उनले भने, किताब निकाल्दा धेरै छुट्छ,’ उनले अर्को पुस्तकमा बाँकी कुरा समेट्ने समेत बताए ।
¥याण्डम रिडर्स सोसाइटी अफ नेपालले शनिबार पोखरामा आयोजना गरेको अन्तक्र्रियामा उनले भने ‘धेरै भन्न र लेख्न बाँकी छ ।’ पुस्तक अरुलाई लेख्न नदिएर किन आफै लेखेको ? सहभागीको प्रश्नमा उनले थपे, ‘अरुलाई लेख्न दिएको भए अझै मिठो हुन्थ्यो होला, तर मेरो आत्मसन्तुष्टि हुने थिएन ।’
‘पुस्तकको अन्तिम अध्याय छोराले लेखिदिएका थिए, मैले त्यो राखिन, आाफै लेखें, उनले पुस्तक लेखनका सन्दर्भ निकाल्दै भने, छोराले म कसैलाई नि भन्दिन भनेको थियो, तर मेरो मन मानेन,’ उनले भने । अन्तक्र्रियामा कलाकार मदनकृष्णको कलायात्रा, व्यक्तिगत तथा सार्वजनिक जीवनका बारेमा पत्रकार दीपेन्द्र श्रेष्ठले भलाकुसारी गरेका थिए ।
दीपेन्द्रले सोधेको ‘मह भित्रको मह’ सँगसँगै किन आएन ? प्रश्नको जवाफ दिँदै कलाकार मदनकृष्णले भने, ‘जिन्दगी त इन्डिभिजुअल छ नि ।’ तर सँगसँगै पनि पुस्तक आउने उनले सुनाए ।
पुस्तक लेख्दा आफूलाई पोखेको उनले बताए । मेरा जीवनको उतार चढाव लेखेको छु, उनले भने कहीं आँसु पुछ्दै लेखेको छु । जीवन संघर्षको बारे एक सहभागीले सोधेको प्रश्नमा उनले आफू लागेको क्षेत्रमा सक्षम हुन धेरै उपाय हुने र विचार गरेर अघि बढ्न सुझाए ।
कलाकार मदनकृष्णले उक्त आत्मकथा ६ वर्षभन्दा अघिदेखि लेख्न थालेको खुलाए । ‘काठमाडौंकै दीलकृष्ण श्रेष्ठले दिनको १ पाना वा १ लाइन भनेपनि लेख्नुपर्छ भन्थे,’ उनले भने, लेख्दैथिएँ, श्रीमतीलाई क्यान्सर भएपछि छाडिदिए ।
दीपेन्द्रले सोधेको विकसित देशमा जन्मन पाएको भए के बन्नुहुन्थ्यो ? प्रश्नमा उनले भने, ‘म शून्य हुन्थें ।’ त्यसो त उनले किताबको नाम पनि ‘शून्यता भित्रको म’ राख्न खोजेका रहेछन् । अहिलेको नाम राख्न परिवारले नदिएको उनले बताए ।
पोखराको लेकसाइडस्थित होटल स्नोल्यान्डमा भएको कार्यक्रममा उनले पुस्तकको नाम जुराउने किस्सा पनि सुनाए । ‘त्यतिबेला मेरो खुट्टा सुनिएको थियो,’ उनले भने, ‘जोडी हरिवंश आचार्यले पुस्तकको नाम ‘चिना हराएको मान्छे’ राखेको भन्दै परिवारले मेरो पुस्तकको नाम पनि ‘खुट्टा सुनिएको मान्छे’ राख्ने भनेर जिस्काए ।’ छोरीको छोराले ‘एडभेन्चर लाइफ’ सुझाए पनि अन्तिममा ‘मह भित्रको म’ जुराएको उनले बताए ।
यशोदा सुवेदीसँग अन्तरजातीय विवाह गर्दा धेरै दुख झेल्नुपरेको कलाकार श्रेष्ठले बताए । पुस्तकमा आफ्नो जीवनको सुख दुख महसुस गरेर लेखेको भन्दै उनले कतिपय लाइन लेख्दा आँसु पुछ्न परेको सम्झिए ।
‘मह भित्रको म’ पुस्तक एउटा जीवन्त कलाकारको जीवन संघर्ष र सफलताको कथा भएकाले पोखरामा अन्तक्र्रिया गरेको ¥याण्डम रिडर्स सोसाइटीका अध्यक्ष केशवशरण लामिछानेले बताए ।
जीवनका विभिन्न उतार चढावबारे ७६ वटा शीर्षकमा २९६ पृष्ठको उक्त पुस्तकले एउटा कलाकारको जीवन पढ्न चाहनेलाई गहकिलो पुस्तक रहेको फाइन प्रिन्टका प्रकाशक अजीत बरालले बताए ।
सम्बन्धित खबर
स्याङ्जामा बाघको आक्रमणबाट १० वटा बाख्रा मरे
१५ वर्षपछि दामाचौर–रामपुर जोड्ने ट्रस पुल निर्माण सम्पन्न
गण्डकीका प्रदेश प्रमुख भट्टले गरे गाँजा विधेयक प्रमाणीकरण
जनशक्ति अभावले प्रदेश अस्पताल स्याङ्जाको सेवा प्रभावित
स्याङ्जामा सामाजिक सद्भाव र राष्ट्रिय एकताका लागि र्याली
फेदीखोलामा वृक्षारोपणसँगै बालबालिकाको स्वास्थ्य परीक्षण
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो