नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता एवं पूर्व मन्त्री गंगालाल तुलाधरले पार्टी भित्र केही समस्या र विवाद भए पार्टी भित्रै बसेर समस्याको समाधान खोज्न आग्रह गरेका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) धादिङ–पोखरा जनसम्पर्क मञ्चको २०७६ सालको क्यालेण्डर विमोचन, शुभकामना आदान–प्रदान तथा प्रशिक्षण कार्यक्रममा नेता तुलाधरले पार्टीका सबै निकाय बीच एकीकरणको प्रक्रियामा रहेकाले केही समस्या अवश्य हुने तर समस्या भए पार्टी भित्रै राख्न सुझाव दिए ।
केही अघि जनसम्पर्क मञ्च छोडेर कास्की जनसम्पर्क मञ्च गठन गरेकाहरुप्रति लक्षित गर्दै नेता तुलाधरले मूल बाटो छोडेर कहीं नपुगिने भएकाले पार्टीमै फर्कन र पार्टीभित्रै आफ्ना समस्या राख्न आग्रह गरे । बाहिर गएका साथीहरुको चित्त बुझाएर संगठन अघि बढाउन जनसम्पर्क मञ्चका नेतृत्वलाई उनले निर्देशन दिए ।
पार्टीको मूल बाटो छोडेर हिंड्दा रवीन्द्र मिश्र र बाबुराम भट्टराईको जस्तो अवस्था हुने भन्दै नेता तुलाधरले छुट्टै संगठन गठन गरेका गोकर्ण अधिकारी र युगमराज अगस्ती लगायतलाई यथाशीघ्र मूल पार्टीमा फर्कन आग्रह गरे । उनले पार्टीमा जुन गतिविधि भइरहेको छ त्यसले कार्यकर्तामा निराशा छाएको भन्दै पार्टीको मूल नेतृत्वले यसप्रति ध्यान पुर्याउनुपर्नेमा जोड दिए । उनले पार्टीभित्र अनुशासन, त्याग र तपस्या भन्ने कुरा हराउँदै गएको भन्दै त्याग र तपस्या के हो नेता रामबहादुर भण्डारीसंग बुझ्न सुझाव दिए ।
धादिङका नेकपा नेता गुरुप्रसाद बुर्लाकोटीले उक्त अवसरमा नेकपा नेता रामबहादुर भण्डारीले देशकै प्रमुख शक्तिभित्र केही तितामीठा कुराकानी हुनु स्वभाविक भएको भन्दै तितालाई बिर्सिएर मीठालाई अंगालेर अघि बढ्नुपर्नेमा जोड दिए ।
नेकपा कास्कीका नेता दामोदर वैरागीले धादिङवासीले पोखरामा एक्लो महसूस गर्न नपर्ने भन्दै कास्की पार्टीको पूर्ण सहयोग र समर्थन रहने स्पष्ट पारे । उनले सबै एकतावद्ध भएर पार्टीको काममा लाग्न निर्देशन समेत दिए । सो अवसरमा अतिथिहरुले क्यालेण्डर विमोचन गरेका थिए ।
मञ्चका अध्यक्ष वीरबहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव कृष्ण धरेलले गरेका थिए ।

सम्बन्धित खबर
अयरपानी होमस्टेमा पर्यटकको चहलपहल बढ्दै
नेपाल टेलिकमद्वारा बाग्लुङमा विद्यार्थीलाई स्कुल ब्याग वितरण तथा FTTH सेवा शुभारम्भ
स्याङ्जामा करेन्ट सर्टबाट दुई ठाउँमा आगलागी
पुस्तकालय व्यवस्थापन सम्बन्धी तालिम सम्पन्न
पुतलीबजार राष्ट्रपति रनिङ शिल्डको उपाधि रोशनी माविलाई
पुतलीबजारका करिब एक हजारलाई कुखुराका चल्ला वितरण
यो पनि पढौँ
चरक मेमोरियल हस्पिटलको १३ औं वार्षिकोत्सवमा विविध कार्यक्रम
‘पोखरा विन्टर फेष्ट’ आगामी शनिबार, चर्चित भारतीय कलाकार सञ्जु राठोडको प्रस्तुती रहने
इन्धनबाट चल्ने गाडीहरु विस्थापन हुँदा सयौँ मजदुरहरु पलायन हुने स्थिति आयोः श्रेष्ठ
पोखरेललाई फकाउँदै ओली- घच्चमच्च भएको भए सरी, विरोधीले लखेटेका बेला साथ खोजेको हुँ