तनहुँ । छोरीले दलित समुदायको युवकसँग बिहे गरेपछि यहाँको एक परिवार जातीय विभेदको शिकार भएको छ । तनहुँको शुक्लागण्डकी नगरपालिका–८ ढोरफिर्दी संगमटोलमा हुमाकुमारी भुजेल परिवार बर्षौ देखी विभेद भोग्न बाध्य छन् ।
छोरी सुस्मिताले ३ वर्ष अघि नेपाली थरको दलित युवकसँग भागी विवाह गरेकी थिइन् । अन्तरजातीय विवाह पछि माइतमा सुस्मिता आएर बस्न थालेपछि भुजेल परिवार माथि विभेद हुन थालेको हो ।
दलित समुदायका युवकसँग बिहे गरेकी छोरीलाई माइत ल्याएको भन्दै भुजेल र उनको परिवारलाई सिँगो समाजले नै विभेद गरेको पाइएको छ । अन्तरजातिय बिहे गरेका कारण समाजमा हुने सामूहिक कार्यक्रमहरुमा उनलाई बहिस्कार गर्ने गरेको खुलेको हो ।
स्थानीयहरुले बन्देज गरेको भन्दै उनले गुनासो गरेकी छन् । आफूमाथि टोलछिमेकबाट नै विभेद भएको जानकारी दिँदै भुजेलले जातीय रुपमा विभेद गर्नेहरुलाई कारबाही हुनुपर्ने बताएकी छन् ।
मेरो छिमेकमा बिहेको तयारी हुँदै थियो, सहयोगका लागि बिहेघरका परिवारले मलाई बोलाउनुभयो, त्यसकारण गएकी थिएँ । तर अन्य छिमेकीहरुले भने साइलीलाई बोलाए हामी सहभागी हुदैनौँ भनेर मलाई सहयोग गर्नबाट समेत बञ्चित गराइयो । उनले भनिन् सिँगो समाजले नै विभेद गरेपछि बसेको ठाँउबाट नै अन्यत्र जानुपर्ने अवस्था आयो ।
आफ्नो छोरी अन्तरजातीय बिहे गर्ने निर्णय लिनुलाई नै नकारात्मक रुपमा बुझेर सामाजिक विभेदको सिकार गरेको भन्दै उनले न्यायको माग गरेकी छन् । आफुमाथि अन्याय भएको भन्दै शुक्लागण्डकी नगरपालिका स्थित न्यायिक समितिमा समेत भुजेलले उजुरी दिएकी छन् ।
उजुरी दिएको लामो समयसम्म पनि कुनै छलफल नभएको भन्दै भुजेलले न्यायिक समितिले समेत विभिन्न बहानामा छलफललाई पछि सार्ने गरेको र न्याय पाउने आशा मर्न थालेको बताइन् । स्थानियहरु घरमै आएर उजुरी फिर्ता लिन दबाब दिने गरेको बताईन् । “तैले उजुरी दिएर राम्रो गरिनस्, गाउँमै मिलाउने पर्ने कुरा, यही समाजमा बस्नुपर्दैन ? भनेर दबाब दिने गरेका छन्”, उनले भनिन् ।
यता, शुक्लागण्डकी नगरपालिकाकी उपप्रमुख समेत रहेकी न्यायिक समितिकी संयोजक सविता रसाइलीले जातीय रुपमा विभेद गर्नेलाई कारबाहीको दायरामा ल्याउने जानकारी दिँदै उजुरीलाई तत्काल छलफलको विषय बनाउने बताइन् । उनले जातीय रुपमा विभेद गर्ने पीडकलाई कुनै पनि रुपमा माफी नदिइने समेत स्पष्ट पारिन् ।
शुक्लागण्डकी नगरपालिका वडा न ८ का वडाध्यक्ष कृष्णप्रसाद रेग्मीले पीडक माथि कारवाही हुनुपर्ने भन्दै पीडितले न्यायको महसुस गर्ने गरी उजुरी माथि छानबिन हुनपर्ने बताए ।
जिल्ला अदातल तनहुँका एक कर्मचारीले छुवाछुत जस्ता जघन्य घटनाहरु विभिन्न बहानामा गाउँ घरमै मिलाउने गरेकाले अदालतसम्म नआउने गरेको जानकारी दिए । उनले चालु आर्थिक बर्षमा एउटा मात्र छुवाछुत सम्वन्धी मुद्धा अदालतमा रहेको जानकारी दिदै आवश्यक छानविन भैरहेको बताए ।
सम्बन्धित खबर
स्याङ्जाका अस्थायी मतदातालाई केन्द्र तोकियो, कहाँ गएर हाल्ने मत ?
स्याङ्जाका दुवै निर्वाचन क्षेत्रमा तारजाली र सीसीटिभीसहित मतगणना स्थल तयार
मुस्ताङमा ५ लाख नगदसहित कांग्रेस नेताको गाडी नियन्त्रणमा
स्याङ्जाका सबै मतदान केन्द्रमा पुर्याइयो निर्वाचन सामग्री
मौन अवधि आज रातिदेखि, प्रचारमा कडाइ
स्याङ्जामा चुनावी सरगर्मी: मतदान अधिकृतलाई चुनाव सामग्री र मतपत्र बुझाइयो
यो पनि पढौँ
यूएईमा इरानको आक्रमणमा परेर एक नेपालीसहित ३ जनाको मृत्यु
मुस्ताङमा मोटरसाइकल दुर्घटना हुँदा सुनिलको मृत्यु
प्रतिभा माविमा साहित्य, कला र संगीतको मेला
अहिले खण्डग्रास चन्द्रग्रहण लाग्दै, हेर्न हुन्छ कि हुँदैन ?