तनहुँ । छोरीले दलित समुदायको युवकसँग बिहे गरेपछि यहाँको एक परिवार जातीय विभेदको शिकार भएको छ । तनहुँको शुक्लागण्डकी नगरपालिका–८ ढोरफिर्दी संगमटोलमा हुमाकुमारी भुजेल परिवार बर्षौ देखी विभेद भोग्न बाध्य छन् ।
छोरी सुस्मिताले ३ वर्ष अघि नेपाली थरको दलित युवकसँग भागी विवाह गरेकी थिइन् । अन्तरजातीय विवाह पछि माइतमा सुस्मिता आएर बस्न थालेपछि भुजेल परिवार माथि विभेद हुन थालेको हो ।
दलित समुदायका युवकसँग बिहे गरेकी छोरीलाई माइत ल्याएको भन्दै भुजेल र उनको परिवारलाई सिँगो समाजले नै विभेद गरेको पाइएको छ । अन्तरजातिय बिहे गरेका कारण समाजमा हुने सामूहिक कार्यक्रमहरुमा उनलाई बहिस्कार गर्ने गरेको खुलेको हो ।
स्थानीयहरुले बन्देज गरेको भन्दै उनले गुनासो गरेकी छन् । आफूमाथि टोलछिमेकबाट नै विभेद भएको जानकारी दिँदै भुजेलले जातीय रुपमा विभेद गर्नेहरुलाई कारबाही हुनुपर्ने बताएकी छन् ।
मेरो छिमेकमा बिहेको तयारी हुँदै थियो, सहयोगका लागि बिहेघरका परिवारले मलाई बोलाउनुभयो, त्यसकारण गएकी थिएँ । तर अन्य छिमेकीहरुले भने साइलीलाई बोलाए हामी सहभागी हुदैनौँ भनेर मलाई सहयोग गर्नबाट समेत बञ्चित गराइयो । उनले भनिन् सिँगो समाजले नै विभेद गरेपछि बसेको ठाँउबाट नै अन्यत्र जानुपर्ने अवस्था आयो ।
आफ्नो छोरी अन्तरजातीय बिहे गर्ने निर्णय लिनुलाई नै नकारात्मक रुपमा बुझेर सामाजिक विभेदको सिकार गरेको भन्दै उनले न्यायको माग गरेकी छन् । आफुमाथि अन्याय भएको भन्दै शुक्लागण्डकी नगरपालिका स्थित न्यायिक समितिमा समेत भुजेलले उजुरी दिएकी छन् ।
उजुरी दिएको लामो समयसम्म पनि कुनै छलफल नभएको भन्दै भुजेलले न्यायिक समितिले समेत विभिन्न बहानामा छलफललाई पछि सार्ने गरेको र न्याय पाउने आशा मर्न थालेको बताइन् । स्थानियहरु घरमै आएर उजुरी फिर्ता लिन दबाब दिने गरेको बताईन् । “तैले उजुरी दिएर राम्रो गरिनस्, गाउँमै मिलाउने पर्ने कुरा, यही समाजमा बस्नुपर्दैन ? भनेर दबाब दिने गरेका छन्”, उनले भनिन् ।
यता, शुक्लागण्डकी नगरपालिकाकी उपप्रमुख समेत रहेकी न्यायिक समितिकी संयोजक सविता रसाइलीले जातीय रुपमा विभेद गर्नेलाई कारबाहीको दायरामा ल्याउने जानकारी दिँदै उजुरीलाई तत्काल छलफलको विषय बनाउने बताइन् । उनले जातीय रुपमा विभेद गर्ने पीडकलाई कुनै पनि रुपमा माफी नदिइने समेत स्पष्ट पारिन् ।
शुक्लागण्डकी नगरपालिका वडा न ८ का वडाध्यक्ष कृष्णप्रसाद रेग्मीले पीडक माथि कारवाही हुनुपर्ने भन्दै पीडितले न्यायको महसुस गर्ने गरी उजुरी माथि छानबिन हुनपर्ने बताए ।
जिल्ला अदातल तनहुँका एक कर्मचारीले छुवाछुत जस्ता जघन्य घटनाहरु विभिन्न बहानामा गाउँ घरमै मिलाउने गरेकाले अदालतसम्म नआउने गरेको जानकारी दिए । उनले चालु आर्थिक बर्षमा एउटा मात्र छुवाछुत सम्वन्धी मुद्धा अदालतमा रहेको जानकारी दिदै आवश्यक छानविन भैरहेको बताए ।
सम्बन्धित खबर
प्रतिभा सुपर लिग क्रिकेट सुरू, प्रतिभा र बाल मन्दिरको विजयी सुरूवात
स्याङ्जाका ५६ मतदान स्थल अति संवेदनशील
सिद्धार्थ राजमार्गमा दुर्घटनापछि कुटपिट, भीरकोटका युवक प्रहरी नियन्त्रणमा
स्याङ्जाका पत्रकार न्यौपाने एनटिभीबाट सम्मानित
फेदीखोलामा चिया खाजा घरमा चोरी, एक जना पक्राउ
ट्याङ्की मर्मत गरेर फर्किने क्रममा भीरबाट खस्दा गल्याङमा एक जनाको ज्यान गयो
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ