तनहुँ : घर नजिकै बाख्रा चराउन गएका प्रेम बानियाँ भालुको आक्रमणबाट घाइते भएका छन् ।
बुधबार तनहुँको भानु नगरपालिका वडा नम्बर १३ का ६० बर्षीय बानियाँ भालुको आक्रमणबाट घाइते भएका हुन् ।
घर नजिकैको बनमा बाख्रा चराउन जाँदा भालुको आक्रमणबाट घाइते भएका बानियाँको उपचारका लागि पोखरा पठाइएको प्रहरीले जनाएको छ ।
घाईते बानियाको साप्रामा गहिरो चोट, टाउको, गाला र हातमा सामान्य चोट लागेको प्रहरीले जनाएको छ ।
थप उपचारको लागी बानियाँलाई गण्डकी मेडिकल कलेज पोखरा पठाइएको प्रहरीले जानकारि दिएको छ ।
भानु नगरपालिकाको ग्रामीण क्षेत्रमा पछिल्लो समय मानिस र जंगली जनावार बीच द्वन्द्व बढ्दै गएको छ । तीन जना बालबलिकाको ज्यान लिएको नरभंक्षि चितुवा मृत अवस्थामा भेटिएपनि गाउँ-गाउँमा अहिले भालुले आतंक मचाउन थालेको छ ।
भालु गाउँका घर घरमै गएर घरपालुवा जनावारलाई खुवाउन पकाएर राखिएको अन्नपात तथा कुखुरा समेत खाईदिने गरेको छ । यस्तै, भालुले मानिसलाई समेत आक्रमण गर्न थालेपछि भानु क्षेत्रका बासिन्दा आतंकित बन्न थालेका छन् ।
गत कार्तिक ७ गते घर नजिकैको सिखा जंगलमा घाँस काट्न गएका बेला भालुको आक्रमणमा परी भानु नगरपालिका–११ रुपाकोट खाल्टेका ४८ वर्षीय भीमबहादुर तामाङ घाइते भएका थिए । भालुको आक्रमणबाट हात भाँचिनुका साथै घाँटीमा ठूलो चोट लागेको थियो ।
त्यसपछि, माघ १९ गते घर बाहिर निस्केका बेला भानु नगरपालिका १३ मिर्लुङ स्थित खड्कागाउँमा भालुले आक्रमण गर्दा ६५ वर्षीय चिजबहादुर कुँवर घाईते बन्न पुगेका थिए । उनको पनि पोखरामै उपचार गरिएको थियो ।
प्रतिकात्मक तस्विर
http://gandaknews.com/bhalu-bhanu/
http://gandaknews.com/bhalu/
सम्बन्धित खबर
तनहुँ गाछेपानीमा ओभर स्पीड भ्यानले डिभाइडर नाघेर स्कूटरलाई ठक्कर दिँदा दुईको मृत्यु
तनहुँमा टिप्परको ठक्करबाट मोटरसाइकल चालक रूपाका धर्मराजको मृत्यु
त्रिशूली नदीमा पौडी खेल्नेक्रममा एक बालक बेपत्ता, एकको सकुशल उद्धार
पोखरा-बन्दीपुरबीच पर्यटकीय साझेदारी
डुम्रेमा भएको दुर्घटनामा २१ जना घाइते, दुईको अवस्था गम्भीर
गगनगौंडाबाट बस चढेका गुञ्जबहादुर दुलेगौंडा नपुग्दै सिटमै ढले
यो पनि पढौँ
फिर्के खोलाका संरचना जेठ ९ गतेभित्र हटाउन महानगरको अन्तिम चेतावनी
सबै यात्रु पिसाब फेर्न ओर्लिनासाथ जिप भिरबाट खस्यो, चालकको मृत्यु
फेवातालमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु
रविसँग रास्वपा सांसदका गुनासो, ‘प्रधानमन्त्री र मन्त्रीको सचिवालयले पनि टेरेन’