पोखरा । पद्म नर्सिङ होम प्रा. लि. ले पोखराको नदिपुरमा रहेको आफ्नै भवनबाट सेवा सुरु गरेको छ । पद्म नर्सिङ होम प्रा. लि. का संस्थापक अध्यक्ष एवं बरिष्ठ चिकित्सक डाक्टर कुमार शम्सेर राणाले बिरामीको जाँच गरेर नदिपुरबाट नियमित सेवाको सुरुवात गरेका छन् ।
पोखराको न्युरोडमा रहेको पद्म नर्सिङ होम विगत एक दशक भन्दा लामो समयदेखि बन्द रहको बुद्ध अस्पतालसंग दुई बर्ष पहिले मर्ज भएपछि नर्सिङ होमले आफ्नो स्वामित्वमा आएको साबिकको बुद्ध अस्पताल कै भवनबाट सेवाहरु सुरु गरेको हो । आफ्नै भवनबाट नियमित सेवाहरु सुरु गरेको पद्म नर्सिङ होमले नेपाल सरकारबाट ५० बेडको स्वकृती लिएर सेवा संचालन गरिरहेको छ ।
न्युरोडमा सानो ठाउँ हुदा विरामीलाई सेवा दिन कठिनाइ हुने गरेको बताउदै नदिपुरको भवनबाट सेवा सुरु भएपछि अब उक्त समस्या समाधान हुने नर्सिङ्ग होमका प्रबन्ध निर्देशक डाक्टर यज्ञमान शाक्यले बताए ।अहिले तत्काललाई बिशेषज्ञ सहितको नियमित ओपिडि सेवा, प्याथोलोजी (ल्याब), एक्सरे, भिडियो एक्सरे, इसिजी, इन्डोस्कोपी, इको, फार्मेसी लगायतका सेवाहरु सुरु गरिएको बताउदैै नर्सिङ्ग होमका सहायक ब्यवस्थापक नरेश पौडेलले छिट्टै नै अरु सेवाहरु पनि थप गर्दै लगिने जानकारी दिए ।
हस्पिटलमा बालरोग, हाडजोर्नी तथा नसा, मुटुरोग, फिजिसियन, स्त्री तथा प्रसुती रोग, जनरल सर्जन, रेडियोलोजिस्ट, नाक कान घांटी रोग , नेत्ररोग , नशा तथा मनरोग , छाला तथा यौनरोग, न्युरो , क्यान्सर लगायतका बिशेषज्ञ सेवाका नियमित ओपिडि सेवाहरु सुरु भएका छन् ।
पोखरामा बालरोगका लागि उपयुक्त अस्पताल नभइरहेको अवस्थालाई मध्येनजर राखेर नदिपुरमा पद्य नसिङ्ग होमले बालरोग उपचारलाई मुख्य प्राथमिकता दिएर सेवा सुरु गर्ने लक्ष्य राखेको छ । अस्पतालले सुबिधा सम्पन्न आइसियु, एनआइसियु, पिआइसियु, अप्रेसन कक्ष, एमआरआइ, सिटिस्क्यान लगाएतका सेवा क्रमश सन्चालन गर्दै जाने लक्ष्य पनि राखेको छ ।
काठमाडौ बाहिरको पहिलो निजी अस्पताल पद्य नसिङ होम प्रालिले नदिपुरमा रहेको आफ्नै भवनबाट सेवाहरु सुरु गरेको अबसर पारेर यहि बैशाख १८ गते बुधबार मजदुर दिवसको दिन एक दिन निशुल्क सेवा सचालन गर्ने पनि जनाएको छ । नर्सिङ होममा हाल ३० जना चिकित्सक सहित करिब १ सय जना कर्मचारीहरु कार्यरत रहेका छन् ।
सम्बन्धित खबर
सडकको नालीमा बेवारिसे भरुवा बन्दुक फेला
दोहोरो नागरिकता प्रकरणमा पक्राउ परेका दिदी–भाइ धरौटीमा रिहा
स्याङ्जाका ९७ वडामध्ये ९६ मा कांग्रेस नेतृत्व निर्विरोध
विदेशसम्म पुग्न थाले चापाकोटका काठे ठेकी
स्याङ्जाका ८३ वडामा कांग्रेसको वडा अधिवेशन सम्पन्न, १४ वडामा आज
अर्जुनचौपारी स्वास्थ्य चौकी लगातार दोस्रोपटक जिल्लामै उत्कृष्ट
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने