पोखरा महानगरपालिका २२ पुम्दीभुम्दी निवासी ३१ वर्षका सन्दीप कुँवर र पोखरा ७ मासबारकी सिर्जना राउतको पाँच दिन अघि मात्रै बिहे भएको थियो । हाँसो र खुशीको जिन्दगीको सपना देख्दादेख्दै यो जोडीमाथि बज्रपात आइलाग्यो । दुःखद दुर्घटनाले सिर्जनालाई सन्दीपसँग कहिल्यै नभेट्ने गरी छुटाइदिएको छ ।
सिर्जनाको अवस्था पनि गम्भिर छ । तनहुँमा उपचार हुन नसकी अहिले मनिपाल अस्पतालमा उपचाररत छिन् । घुँडा भाँचिएको छ, छातीमा चोट छ । पढ्दै यहीं एक प्रेसमा काम गर्दै आएकी सिर्जनाको सन्दीपसँग विवाह भयो । तनहुँमा सानिमासँगको भेटघाटपछि काठमाण्डौ जाने तयारी गर्दा गर्दै यी जोडी तनहुँमा दुर्घटनामा परेका हुन् ।

पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको बाटोमा धेरै नै खाल्डाखुल्डी छन् । यसैकारण मोटरसाइकल नियन्त्रण गर्न नसक्दा बससँग ठोकिन पुगेको ट्राफिक प्रहरी प्रमुख प्रहरी नायव निरीक्षक पूर्णबहादुर अधिकारी बताउँछन् ।
ना ६ ख ८४१० नम्बरको बसले प्रदेश ३–०२–००१ प ६०३५ नं को मोटरसाइकललाई ठक्कर दिँदा गम्भीर घाइते भएका कुवँरको दमौली अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते राउतलाई दमौलीस्थित रत्नहरि मेमोरियल अस्पतालमा सामान्य उपचारपश्चात थप उपचारको लागि मणिपाल शिक्षण अस्पताल पोखरामा ल्याइएको थियो ।
पोखराबाट दमौली तर्फ जाँदै गरेको मोटरसाइकललाई विपरीत दिशाबाट आइरहेको बसले तनहुँ म्याग्दे गाउँपालिकाको गुणादीमा ठक्कर दिँदा दुर्घटना भएको हो । ठक्कर दिने बस र चालकलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
सम्बन्धित खबर
अपिहिमाल र अर्जुनचौपारीबीच विकास साझेदारी : पाँच वर्षीय भगिनी सम्बन्ध सम्झौता
एन प्याब्सनको बृहत् बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद, १५ सय विद्यार्थी प्रतिस्पर्धा गर्दै
‘प्रथम वालिङ सडक खाना महोत्सव’ भोलि एक दिन थपिने
बिरुवा राष्ट्रपति रनिङ शिल्डको उपाधि भुरुङचौकी माविलाई
फेदीखोलामा नदीजन्य पदार्थ उत्खनन र ओसारपसार गर्ने दुई ट्याक्टर नियन्त्रण
सडक खाना महोत्सवका अवसरमा वालिङमा सार्वजनिक बिदा
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’