पोखरा । लामो समयदेखि शोषित र पीडित जनताको न्याय र समानताको निम्ति लड्दै आएका दलित अगुवा पोखरा घार्मीका जितबहादुर सुनारको निधन भएको छ । उनी वर्तमान युवा तथा खेलकुद मन्त्री जगत बिश्वकर्मा सुनारका दाजु हुन् ।
पोखरा लामाचौर घार्मी निवासी सुनारको बुधबार दिउँसो ५७ बर्षको उमेरमा निधन भएको हो । त्यो समयमा कक्षा १० मा पढ्दा पढ्दै राजनीतिमा होमिएका सुनारको राजनैतिक चेतना स्तर उच्च थियो । ०३६ सालको जनमत संग्रहमा बहुदलको पक्षमा उभिएर राजनीति गतिविधिमा क्रियाशिल उनले २०४० र ०४१ सालमा पार्टीको भूमिगत राजनैतिक गतिविधिमा महत्वपूर्ण भुमिका निर्वाह गरे ।
२०४५ सालको राजनैतिक गतिविधि, मानवअधिकार र श्रमजीवी मजदुरहरुले उचित पारिश्रमिक पाउनु पर्छ भनी ‘हलि हड्ताल’ आन्दोलनमा महत्वपूर्ण भूमिका खेलेका थिए । सुनारले झण्डैै आधा दर्जन संघ संस्थाको नेतृत्व समेत सम्हालेका थिए । उनी मूक्ति समाजका क्षेत्रीय सदस्य, विद्यालय ब्यवस्थापन समितिका सदस्य, बन उपभोक्ता समितिका पूर्व अध्यक्ष, गुराँस पानी टोल विकास संस्थाका अध्यक्ष, स्वास्थ चौकी, ग्रामीण सडक निर्माण समितिमा जिवनको अन्तिम समयसम्म पनि क्रियाशील रहे ।
लामो समयदेखि वामपन्थी राजनीतिक आन्दोलन तथा अन्य सामाजिक आन्दोलनमा समेत क्रियाशील सुनारको निधनले एक समाज सुधारक तथा असल अभिभावक गुमाएको भन्दै उनलाई चिन्नेजान्नेहरुले श्रद्धाञ्जली अर्पण गरिरहेका छन् । स्वर्गीय सुनारको आजै पोखरा १९ अकलादेवी मन्दिर मुनीको घाटमा दाहसंस्कार गरिने अनेरास्ववियु कास्की अध्यक्ष शेखर गौतमले जानकारी दिए ।
सम्बन्धित खबर
सडकको नालीमा बेवारिसे भरुवा बन्दुक फेला
दोहोरो नागरिकता प्रकरणमा पक्राउ परेका दिदी–भाइ धरौटीमा रिहा
स्याङ्जाका ९७ वडामध्ये ९६ मा कांग्रेस नेतृत्व निर्विरोध
विदेशसम्म पुग्न थाले चापाकोटका काठे ठेकी
स्याङ्जाका ८३ वडामा कांग्रेसको वडा अधिवेशन सम्पन्न, १४ वडामा आज
अर्जुनचौपारी स्वास्थ्य चौकी लगातार दोस्रोपटक जिल्लामै उत्कृष्ट
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने