पोखरा । लामो समयदेखि शोषित र पीडित जनताको न्याय र समानताको निम्ति लड्दै आएका दलित अगुवा पोखरा घार्मीका जितबहादुर सुनारको निधन भएको छ । उनी वर्तमान युवा तथा खेलकुद मन्त्री जगत बिश्वकर्मा सुनारका दाजु हुन् ।
पोखरा लामाचौर घार्मी निवासी सुनारको बुधबार दिउँसो ५७ बर्षको उमेरमा निधन भएको हो । त्यो समयमा कक्षा १० मा पढ्दा पढ्दै राजनीतिमा होमिएका सुनारको राजनैतिक चेतना स्तर उच्च थियो । ०३६ सालको जनमत संग्रहमा बहुदलको पक्षमा उभिएर राजनीति गतिविधिमा क्रियाशिल उनले २०४० र ०४१ सालमा पार्टीको भूमिगत राजनैतिक गतिविधिमा महत्वपूर्ण भुमिका निर्वाह गरे ।
२०४५ सालको राजनैतिक गतिविधि, मानवअधिकार र श्रमजीवी मजदुरहरुले उचित पारिश्रमिक पाउनु पर्छ भनी ‘हलि हड्ताल’ आन्दोलनमा महत्वपूर्ण भूमिका खेलेका थिए । सुनारले झण्डैै आधा दर्जन संघ संस्थाको नेतृत्व समेत सम्हालेका थिए । उनी मूक्ति समाजका क्षेत्रीय सदस्य, विद्यालय ब्यवस्थापन समितिका सदस्य, बन उपभोक्ता समितिका पूर्व अध्यक्ष, गुराँस पानी टोल विकास संस्थाका अध्यक्ष, स्वास्थ चौकी, ग्रामीण सडक निर्माण समितिमा जिवनको अन्तिम समयसम्म पनि क्रियाशील रहे ।
लामो समयदेखि वामपन्थी राजनीतिक आन्दोलन तथा अन्य सामाजिक आन्दोलनमा समेत क्रियाशील सुनारको निधनले एक समाज सुधारक तथा असल अभिभावक गुमाएको भन्दै उनलाई चिन्नेजान्नेहरुले श्रद्धाञ्जली अर्पण गरिरहेका छन् । स्वर्गीय सुनारको आजै पोखरा १९ अकलादेवी मन्दिर मुनीको घाटमा दाहसंस्कार गरिने अनेरास्ववियु कास्की अध्यक्ष शेखर गौतमले जानकारी दिए ।
सम्बन्धित खबर
प्रहरी कार्यालयलाई मुक्तिनाथ बैंकको टेलिभिजन सहयोग
अपिहिमाल र अर्जुनचौपारीबीच विकास साझेदारी : पाँच वर्षीय भगिनी सम्बन्ध सम्झौता
एन प्याब्सनको बृहत् बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद, १५ सय विद्यार्थी प्रतिस्पर्धा गर्दै
‘प्रथम वालिङ सडक खाना महोत्सव’ भोलि एक दिन थपिने
बिरुवा राष्ट्रपति रनिङ शिल्डको उपाधि भुरुङचौकी माविलाई
फेदीखोलामा नदीजन्य पदार्थ उत्खनन र ओसारपसार गर्ने दुई ट्याक्टर नियन्त्रण
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’