अश्विन दानी, पोखरा । २०७२ वैशाख १२ गतेको विनाशकारी भुकम्प भन्नेबित्तिकै गोरखा जोडिन्छ । कारण, त्यसदिन बिहान ११ बजेर ५६ मिनेटमा यसै जिल्लाको बारपाक केन्द्र बिन्दु बनाएर ७.८ रेक्टर स्केलको भुकम्प गयो । गोरखामा मात्रै ४ सय ७२ जनाको ज्यान गयो भने हजारौँ घाइते भए । भुकम्पकै कारण यस जिल्लामा ७१ हजार निजी घर भत्कियो ।
आजबाट बिनाशकारी गोरखा भुकम्पको चार बर्ष पूरा भएको छ । सरकारले राष्ट्रिय पुनर्निर्माण प्राधिकरण मार्फत पाँच बर्षभित्रै निजी आवास पुनर्निर्माण सक्ने योजना बनायो । घर पूर्ण रुपमा क्षति भएका प्रत्येक भुकम्प पीडितलाई तीन किस्ता गरी तीन लाख ५० हजार रुपैँया राहत रकम उपलब्ध गराउने निर्णय ग¥यो । त्यसयता भुकम्प पीडितहरुले धमाधम घर बनाउन सुरु गरे ।
भुकम्पको केन्द्र बिन्दु गोरखाको पुनर्निर्माणलाई चार बर्ष फर्केर हेर्दा अन्य जिल्लाको तुलनामा पुनिर्निर्माणको काम तीब्र भएपनि कतिपय पीडितहरु अझै टहरोमुनी बस्न बाध्य छन् । गोरखाको लाप्राक र बगुवामा एकिकृत बस्ती समयमै निर्माण सम्पन्न नहुँदा करिब ७ सय ११ परिवार टहरामै जीवन गुजारा गरिरहेका छन् भने सयौं बस्ती पहिरोको उच्च जोखिममा छन् ।
७१ हजार ५ लाभग्राही रहेको गोरखामा हालसम्म ८२ प्रतिशतले घर बनाईसकेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाई गोरखाका प्रमुख रामशरण आचार्यले जानकारी दिए । उनका अनुसार गोरखामा हालसम्म पहिलो किस्ता ९२ प्रतिशत, दोस्रो किस्ता ८२ प्रतिशत र तेस्रो किस्ता ७२ प्रतिशत भुकम्प पीडितले बुझिसकेका छन् ।
अन्य जिल्लाको तुलनामा गोरखाको पुनर्निर्माणको काम छिटो भएको उनले बताए । त्यस्तै ५ हजार ३ सय १९ प्रवलीकरण लाभग्राहीको सूचीमा हालसम्म १ हजार ३ सय ७९ ले मात्र अनुदान सम्झौता गरेका छन् ।
२३ जना लाभग्राहीले सरकारलाई पैसा फिर्ता गरे
गोरखामा पहिलो किस्ता बनाएर पनि घर नबनाउने २३ जना भुकम्प पीडितले सरकारबाट पाएको राहत रकम फिर्ता गरेका छन् । भुकम्पको लाभग्राही सूचिमा परेपनि घर बनाउन आबश्यक नभएका वा अन्य ठाउँमा घर भएका २३ जना लाभग्राहीले राहत रकम फिर्ता गरेका हुन् ।
‘अहिलेसम्म गोरखामा २३ जनाले राहत रकम फिर्ता गरिसकेका छन्’ आचार्यले भने, ‘अन्यत्र घर भएका, घर पुननिर्माण गर्न नपर्ने ब्यक्तिहरुले राहत रकम फिर्ता गरिसके । अरुपनि रकम फिर्ता गर्नका लागि सम्पर्कमा आईराख्या छन् ।’
हतारमा एक-दुई कोठे घर : पीडितलाई ‘निल्नु न ओकल्नु’
सरकारले दिएकोे नक्सा अनुसार लाभग्राहीहरुले एक-दुई कोठे घर बनाउने पीडितहरुलाई पनि ३ लाख ५० हजार रुपैँया नै राहत रकम दिने घोषणा गर्याे । त्रिपाल र अस्थाई टहरो मुनि घाम पानी खपेर बसेका पीडितहरु टहरोको बसाईबाट उन्मुक्ति पाउनकै लागि हतारमा एक-दुई कोठे घर बनाए । धमाधम राहत रकम बुझे ।
‘गोरखामा मात्रै नभएर प्राय जिल्लाका अधिकांस भुकम्प पीडितहरुले राहत रकम लिँदै एक-दुई कोठे घर बनाएका छन्’ आचार्यले भने, ‘पहिला हतारमा त्यसरी घर बनाएर बसे । त्यो घरमा पाँच जनाको परिवारलाई पनि राम्ररी बस्न, खान, सामान राख्न साँघुरो भएर समस्या छ । मलाई लाग्छ अब उनीहरुले बस्नका लागि अन्य बिकल्प खोज्नुपर्ने अवस्था आएको छ ।’ पीडितहरुले बनाएका त्यही घर नै उनीहरुलाई ‘निल्नु न ओकल्नु’ जस्तै भएको छ ।
सम्बन्धित खबर
जनशक्ति अभावले प्रदेश अस्पताल स्याङ्जाको सेवा प्रभावित
स्याङ्जामा सामाजिक सद्भाव र राष्ट्रिय एकताका लागि र्याली
फेदीखोलामा वृक्षारोपणसँगै बालबालिकाको स्वास्थ्य परीक्षण
स्याङ्जामा बेवारिसे एकनाले भरुवा बन्दुक फेला
फेदीखोलामा राष्ट्रिय कोदो दिवस, स्थानीय परिकार र खेती प्रवर्द्धनमा जोड
शिक्षकको जागिर छाडेर २२० रोपनीमा कागती खेती
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
ब्रड पिकको ५,७०० मिटर उचाइमा निम्सदाइको शव भेटियो