कास्की क्षेत्र नं. १ अन्तर्गत प्रदेश सभा ख का उम्मेदवार मनबहादुर गुरुङले आफू जनताको सुखदुःखको साथी भएको बताएका छन् ।
घरदैलो अभियानका क्रममा सोमबार पोखरा १० जनप्रिय टोलमा आयोजित कोणसभालाई सम्बोधन गर्दै गुरुङले चुनाव जितेपछि पनि आफू सधैं जनताको साथमा रहने प्रतिबद्धता व्यक्त गरे ।
‘स्थानीय आवश्यकता अनुरुपको विकास निर्माणका लागि मैले नेतृत्व गर्नेछु,’ उनले भने, ‘जनताका समस्याहरुकोे समाधान गर्दै अगाडि बढ्नेछु ।’ आर्थिक समृद्धि र रोजगारीको सिर्जना आफ्नो प्राथमिकता रहेको बताउँदै उनले आधुनिक कृषि सहकारी प्रणालीको विकास गरिने प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।

जनप्रिय तमु समाजका अध्यक्ष डम्बर गुरुङको अध्यक्षतामा कार्यक्रम भएको हो । गुरुङले सोमबार पनि पोखरा १० का विभिन्न स्थानमा घरदैलो अभियान सञ्चालन गरेका छन् । अभियानका क्रममा स्थानीयबासीबाट निकै हौसला पाएको उनले बताए ।
स्थानीयबासीका समस्याहरु सुनेर टिपोट
कास्की क्षेत्र नं. १ अन्तर्गत प्रदेश सभा ख का उम्मेदवार मनबहादुर गुरुङ घरदैलोमा व्यस्त छन् । उनले शनिबार पोखरा लेखनाथ महानगरपालिका वडा नंं १२ का विभिन्न स्थानमा घरदैलो गरेका छन् । बाम गठबन्धनका साझा उम्मेदवार गुरुङले नेकपा एमाले तथा माओवादी केन्द्रका नेता, कार्यकर्ता तथा शुभेच्छुकहरुको साथमा घरदैलो अभियान गरेका हुन् ।
घरदैलोको क्रममा स्थानीयबासीका समस्याहरु आफूले सुनेर टिपोट गरेको गुरुङले बताए । ‘मैले घरदैलो गर्ने क्रममा स्थानीयबासीका समस्या तथा अपेक्षाहरु संकलन गरेको छु,’ उनले भने, ‘मतदातासँग अहिले गरेका सम्पूर्ण प्रतिबद्धताहरु निर्वाचत जितेपछि पुरा गर्नेछु ।’ घरदैलोको क्रममा स्थानीयबासीबाट पाएको मायाले उत्साह थपेको गुरुङले बताए ।
सम्बन्धित खबर
स्याङ्जामा बाघको आक्रमणबाट १० वटा बाख्रा मरे
१५ वर्षपछि दामाचौर–रामपुर जोड्ने ट्रस पुल निर्माण सम्पन्न
गण्डकीका प्रदेश प्रमुख भट्टले गरे गाँजा विधेयक प्रमाणीकरण
जनशक्ति अभावले प्रदेश अस्पताल स्याङ्जाको सेवा प्रभावित
स्याङ्जामा सामाजिक सद्भाव र राष्ट्रिय एकताका लागि र्याली
फेदीखोलामा वृक्षारोपणसँगै बालबालिकाको स्वास्थ्य परीक्षण
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो