तनहुँ । नेपाली कला क्षेत्रमा क्रियाशिल कलाकार सुमन चित्रकार श्रेष्ठले सर्ट मुभि ‘आमा’ लिएर आउने भएका छन ।
‘आमा’ नामक यस प्रस्तुतिबाट उनि फेरी कमब्याक गर्न लागेको उनले जानकारी दिए ।
सुमन चित्रकार श्रेष्ठले पहिले पनि विभिन्न क्षेत्रमा काम गरिसकेका छन् ।
तिम्रो ल्याङ्ग ल्याङ्ग नामक वेब सिरिजबाट चर्चामा आएका सुमन केहि समय देखि मिडिया क्षेत्रबाट टाढा रहेका थिए ।
समाजमा भइरहेको सामाजिक घटनाहरु लाई समेटेर यो सर्ट मुभि तयार पारिएको छ ।
यस सर्ट मुभिमा सुमन चित्रकार श्रेष्ठ, कृष्ण भक्त महर्जन, अमृता पाण्डे, शोभा थापा लगाएतका कलाकारले अभिनय गरेका छन् भने बाल कलाकारको रुपमा सर्गभ ज्ञवाली रहेका छन् ।
निर्देशन नेपाल आइडल/बुगिउगि तथा एपिवान टिभीका चिफ असिस्टेन्ट डिरेक्टर बाबु सुरेश डिसीले गरेका छन् ।
आमा अनलाइन टेलिभिजनको प्रस्तुतिमा निर्माण भएको सर्ट मुभि आमाको मुख हेर्ने दिन अर्थात मातातिर्थ औशीको दिनमा दर्शकहरु माझ रिलिज गरिने भएको छ ।
सर्ट मुभि आमा अनलाइन टेलिभिजनको युटुब च्यानलमा मातातिर्थ औशीको दिन सार्बजनिक गरिनेछ ।
यस सर्ट मुभिबाट आफु निकै आशावादी रहेको कलाकार श्रेष्ठले बताए ।
त्यस्तैगरि श्रेष्ठले छिट्टै नयाँ टक सो समेत लिएर आउने बताएका छ्न ।
सम्बन्धित खबर
तनहुँ गाछेपानीमा ओभर स्पीड भ्यानले डिभाइडर नाघेर स्कूटरलाई ठक्कर दिँदा दुईको मृत्यु
तनहुँमा टिप्परको ठक्करबाट मोटरसाइकल चालक रूपाका धर्मराजको मृत्यु
त्रिशूली नदीमा पौडी खेल्नेक्रममा एक बालक बेपत्ता, एकको सकुशल उद्धार
पोखरा-बन्दीपुरबीच पर्यटकीय साझेदारी
डुम्रेमा भएको दुर्घटनामा २१ जना घाइते, दुईको अवस्था गम्भीर
गगनगौंडाबाट बस चढेका गुञ्जबहादुर दुलेगौंडा नपुग्दै सिटमै ढले
यो पनि पढौँ
कास्कीको रुपामा बुबाको हत्या गरेको आरोपमा छोरा पक्राउ
पाेखरामा सुकुम्बासीको आन्दोलन घोषणा
थापाथलीका अर्का सुकुम्बासीले पनि गरे आत्महत्या, एक महिला बेहोस
सुदनको आरोप- ‘बालेनमा हिटलर र मुसोलिनी बन्ने सपना जागेको देखिन्छ’