कास्की क्षेत्र नम्बर १ (क) का प्र्रदेशसभा उम्मेदवार दीपक कोइरालाले वाम गठबन्धनकै नेतृत्वमा बन्ने सरकारले सुकुम्बासी व्यवस्थापन गर्ने बताएका छन् । उनले कांग्रेसले कुनै पनि हालतमा सुकुम्बासी समस्यालाई सम्बोधन नगर्ने बताए ।
‘कांग्रेसले कहिल्यै गरिब दुःखीको हित सोचेन,’ उनले भने, ‘कम्युनिस्ट घटकले नै हो शोषित वर्गलाई सम्बोधन गर्ने ।’ माओवादी केन्द्रकातर्फबाट उम्मेदवार बनेका उनले सुकुम्बासीले पार्टीलाई दर्शाएको मायाप्रति सधैं आभारी रहेको जनाए । उनले सुकुम्बासी बस्तीको व्यवस्थापनमा आवश्यक बत्ती, पानी, टेलिफोन, विद्यालय लगायत पूर्वाधार विकासमा आफूले जोड दिने प्रतिवद्धता व्यक्त गरे ।

उनले वाम गठबन्धनले मात्रै मुलुकलाई निकास दिने भएकोले यसपटकको चुनावले देशकै भविष्य कता जान्छ भन्ने निर्धारित गर्ने बताए । ‘अग्रगमन रोज्ने कि पश्चगमन यही चुनावले छिनोफानो गर्छ,’ उनले भने, ‘त्यसैले पछि पछुताउनुभन्दा अहिले नै वाम गठबन्धन रोज्नु आवश्यक छ ।’ कार्यक्रममा गठबन्धनका नेताहरु कोमलनाथ बराल, विजयबाबु वनबासी, शालिकराम पौडेल, शिवजी लामिछाने लगायतले बोलेका थिए ।
उनले ९ महिनामा ढल्ने सरकारले विकास नगर्ने भएकाले बाम गठबन्धनलाई दुई तिहाई बहुमत दिएर पाँच वर्षसम्म ढुक्क भएर बस्न आग्रह गरे । उनले कम्युनिष्टबाट नआत्तिन आग्रह पनि गरेका छन् । हेर्नुहोस् भिडियोः
https://youtu.be/szbntdzA0LA?t=88
उक्त कार्यक्रममा गठबन्धनको वडा कार्यदल समेत गठन भएको १(ख) का चुनाव प्रचारप्रसार समिति संयोजक टिकाराम पंगेनीले जानकारी दिए । पदमकुमार श्रेष्ठको संयोजकत्वमा ७ सदस्यीय कार्यदल गठन भएको हो । कार्यदलको सहसंयोजकमा श्रीप्रसाद पन्थी, सचिवमा रुपेश परियार र सदस्यहरु पदमराज तिवारी, भरतराज धमला, मोहनराज बराल र बसन्ती विक छन् । संयोजक श्रेष्ठकै नेतृत्वमा वडा नम्बर ३२ मा १ हजार १ सय १ सदस्यी चुनाव प्रचारप्रसार समिति समेत गठन भएको पंगेनीले जनाए ।
सम्बन्धित खबर
अवैध सालको काठसहित मिनि ट्रक नियन्त्रणमा
पुस ७ देखि अर्जुनचौपारीमा तीनदिने राष्ट्रपति रनिङ शिल्ड तथा शैक्षिक महोत्सव
रानीथुम्का आधारभूत विद्यालयमा महायज्ञ हुँदै
लामो समयदेखि फरार रहेका दुई प्रतिवादी पक्राउ
अर्जुनचौपारीमा एकदिने स्वास्थ्य शिविर
६ विद्यालयका एक सय १२ विद्यार्थीलाई न्यानो कपडा
यो पनि पढौँ
पोखरा रंगशालामा पनि फ्लडलाइट जडान गरिनेछः कुलमान घिसिङ
पोखरेललाई फकाउँदै ओली- घच्चमच्च भएको भए सरी, विरोधीले लखेटेका बेला साथ खोजेको हुँ
एमालेका युवराज र अष्टलक्ष्मीसहित तीन शीर्ष नेताले सक्रिय राजनीति छाडे
नवनियुक्त ४ मन्त्रीले लिए शपथ, को हुन् नयाँ मन्त्री?