कास्की क्षेत्र नम्बर ३ प्रदेश क बाट उम्मेदवारी दिएकी कांग्रेस नेतृ शारदा पौडेलले भ्रष्टाचारलाई फालेर सुशासन ल्याउनका लागि काँग्रेसलाई जिताउनुको विकल्प नरहेको बताएकी छिन् ।
उनले वाम गठनबन्धनका उम्मेदवारहरुलाई ईंगित गर्दै उनीहरुको जीत संभव नभएको र यदि भैहालेमा पनि भ्रष्टाचारले प्रश्रय पाउने सुझाईन् । त्यस्तै समानुपातिकतर्फका उम्मेदवार आनन्दराज मुल्मीले आर्थिक संबृद्धि सहितको विकासको स्पष्ट आधार तय गर्न नेपाली कांग्रेसलाई जनताले रोज्नेमा आफु विश्वस्त रहेको बताए ।

कार्यक्रममा कांगे्रस नेतृ मीना पाण्डे, क्षेत्रीय सह सचिव गोविन्दबहादुर गुरुङ, शिव श्रेष्ठ लगायतले नेपाली कांग्रेसको पक्षको मतदान गर्न आग्रह गरेका थिए । काँग्रेस वडा नम्बर १ ईकाई समितिका सभापति टंकप्रसाद पौडेलको सभापतित्वमा कार्यकर्ता भेला आयोजना भएको थियो ।
क्षेत्र नं ३ (क) मा बाम गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रका रामजी वराल ‘जीवन’, नेपाली कांग्रेसकी शारदा पौडेल, नयाँ शक्तिका देवीप्रसाद सुवेदी, राष्ट्रिय जनमोर्चाका तमबहादुर रोका, विवेकशील साझा पार्टीका चिरञ्जीवी अधिकारी, जन समाजवादी पार्टीका गोरे दमै, नेपाल दलित पार्टीका कृष्णबहादुर दमाई, राप्रपाका केदारनाथ पौडेल, संघीय समाजवादी फोरम नेपालका चिनबहादुर नेपाली, मंगोल नेसनल अर्गनाइजेसनका सुरेन्द्र विश्वकर्माले उम्मेद्वारी दर्ता गरेका छन् ।
सम्बन्धित खबर
चार वर्षमै अर्जुनचौपारीको शिक्षा क्षेत्रमा ठूलो फड्को
स्याङ्जामा बालबालिकालाई सारङ्गी सिकाइँदै, जोगाइँदै मौलिक संस्कृति
भरुवा बन्दुकसहित एक वृद्ध पक्राउ
गण्डकी प्रदेश प्रमुख भट्टसमक्ष मुस्लिम आयोगको वार्षिक प्रतिवेदन पेस
छैटौं टाइगर कपमा २२ लाख ६५ हजार रुपैयाँ बचत
आलु महोत्सव सकियाे, ५ करोडको कारोबार
यो पनि पढौँ
गण्डकी मन्त्रिपरिषद् हेरफेरः मुख्यमन्त्रीबाहेक सबै मन्त्री फेरिए
ओली र लेखकलाई पक्राउ गर्न ‘हतार’ भएको गृहमन्त्री सुधन गुरुङद्वारा स्वीकार
गण्डकीमा मन्त्रिमण्डल पुनर्गठनः एमाले र कांग्रेसबाट यी हुन् नयाँ मन्त्री
सरकारले फेरि बढायो डिजेल र इन्धनको मूल्य, कति पुग्यो ?