कास्की क्षेत्र नम्बर १ (ख) का उम्मेदवार कृष्ण केसीले काँग्रेसको विकल्प नभएको भन्दै एकीकृत भएर उम्मेदवारलाई बिजयी गराउन आग्रह गरेका छन् ।कांग्रेसका कास्की जिल्ला सभापति समेत रहेका उनले यज्ञबहादुर थापासँगै चुनावी अभियानलाई तिब्रता दिएका छन् ।
कृषि, पर्यटन, जलश्रोत र पूर्वाधार सहितको समृद्ध जिल्ला बनाउने दायित्व आफ्नै काँधमा रहेको भन्दै उनले समृद्धीका एजेण्डा अघि सारेका हुन् । प्राकृतिक श्रोतलाई अधिकतम उपयोग गरेर बढीभन्दा बढी पर्यटक पोखरा भित्र्याउने योजना छन् ।

कास्कीलाई अपराधमुक्त जिल्ला बनाउने, पोखरालाई उत्कृष्ट पर्यटकीय शहरको रुपमा स्थापित गर्ने, उर्जाको विकासमा बढी ध्यान केन्द्रित भएको छ ।
क्षेत्र नम्बर १ प्रदेश (ख) मा ११ जनाले उम्मेद्वारी दिएका छन् । बाम गठबन्धनको तर्फबाट नेकपा एमालेका मनबहादुर गुरुङ, नेपाली कांग्रेसबाट कृष्ण केसी, मंगोल नेसनल अर्गनाइजेसनका मानबहादुर थापा, आमुल परिवर्तन मसिहा पार्टीका चन्द्रबहादुर कार्की, संघीय समाजवादी फोरम नेपालका काशीमाया गुरुङ, राष्ट्रिय जनमोर्चाका गिरबहादुर कुवर, नयाशक्तिका कमल थाप, विवेकशील साझा पार्टीका फडिन्द्रमोहन कडेल, राप्रपाका नारायण गुरुङ, नेपाल दलित पार्टीका भीमबहादुर दर्जी र देशभक्त जन गणतान्त्रिक नेपाल पार्टीका प्रेमराज मस्र्याङगीले उम्मेद्वारी दर्ता गरेका छन् ।
सम्बन्धित खबर
एन प्याब्सनको बृहत् बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद, १५ सय विद्यार्थी प्रतिस्पर्धा गर्दै
‘प्रथम वालिङ सडक खाना महोत्सव’ भोलि एक दिन थपिने
बिरुवा राष्ट्रपति रनिङ शिल्डको उपाधि भुरुङचौकी माविलाई
फेदीखोलामा नदीजन्य पदार्थ उत्खनन र ओसारपसार गर्ने दुई ट्याक्टर नियन्त्रण
सडक खाना महोत्सवका अवसरमा वालिङमा सार्वजनिक बिदा
प्रदेश प्रमुखबाट उधौली पर्व, यःमरि पुन्ही, धान्यपूर्णिमा तथा ज्यापु दिवसका अवसरमा शुभकामना सन्देश
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’