तनहुँ । तनहुँको व्यास नगरपालिका वडा नं ३ स्थित वि.पि. खेलमैदानमा निर्माणका लागि प्रस्ताव गरिएको वि.पि. बहुउदेश्यीय रङ्गशालाको डिपिआर तयार भएको छ । आइतवार व्यास नगरपालिकामा आयोजित एक कार्यक्रममा डिजाइनको सार्वजनिक गर्दै अन्तरकृया गरिएको छ ।
नगर प्रमुख बैकुण्ठ न्यौपानेको अध्यक्षतामा आयोजित अन्तरकृयामा जिल्ला समन्वय प्रमुख शान्तिरमण वाग्ले, प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्मा, व्यानपाका प्रवक्ता मोहनकुमार श्रेष्ठ, वडा सदस्य रबिन पौडेल, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष रिसिराम भुुषाल, व्यास नगर व्याडमिन्टन संघका अध्यक्ष जीवन गुरुङ्ग लगायतले राय राख्दै सवै पक्षले रङ्गशाला निर्माण गर्नु सकारात्मक भएको बताएका थिए ।
भ्यान्कटेस इन्जिनियरिङ्ग एशोशियटले तयार पारेको डिपिआरवारे जानकारी दिंदै डाइरेक्टर तथा इन्जिनियर भुपेन्द्र श्रेष्ठले मुख्य प्याराफिटमा ३ हजार र मिनि प्याराफिटमा २ हजार गरी ५ हजार दर्शक क्षमताको मैदान डिजाइन गरिएको जानकारी दिए ।
रङ्गशालामा इलाभेन साइडको फुटवल मैदान सहित २ व्याडमिन्टर कोर्ट र भलिवल कोर्ट समेत निर्माण गरिने भएको छ । योजनाको प्रारम्भिक चरणमा नपाले ४० लाख र एन्फा तनहुँले १० लाख गरी ५० लाग बजेट छुट्याइएको नगर प्रमुख न्यौपानेले जानकारी दिए । भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् : https://www.facebook.com/damaulinews/videos/2219253161486311/
सम्बन्धित खबर
‘प्रथम वालिङ सडक खाना महोत्सव’ भोलि एक दिन थपिने
बिरुवा राष्ट्रपति रनिङ शिल्डको उपाधि भुरुङचौकी माविलाई
फेदीखोलामा नदीजन्य पदार्थ उत्खनन र ओसारपसार गर्ने दुई ट्याक्टर नियन्त्रण
सडक खाना महोत्सवका अवसरमा वालिङमा सार्वजनिक बिदा
प्रदेश प्रमुखबाट उधौली पर्व, यःमरि पुन्ही, धान्यपूर्णिमा तथा ज्यापु दिवसका अवसरमा शुभकामना सन्देश
११ वर्षीया बालिकालाई करणी गरेका फरार अभियुक्त पक्राउ
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’