किरण श्रेष्ठ, तनहुँ । रोट्रयाक्ट क्लब अफ दमौली र कान्तिपुरले तनहुँको भानु नगरपालिका-१३ मा रहेको नेपाल इस्लामिक हनफिया मदरसा प्राविमा अध्ययनरत विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरेको छ । शनिबार क्लबले एक कार्यक्रम गरी उक्त विद्यालयका विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरेको क्लबका प्रोफेसनल सर्भिस डिरेक्टर विशाल श्रेष्ठले जानकारी दिएका छन् ।
रोट्रयाक्ट क्लब अफ दमौली र रोट्रयाक्ट क्लब अफ कान्तिपुर ट्विन क्लब समेत हुन । दुई वटा क्लब मिलेर हरेक वर्ष संयुक्त कार्यक्रम गर्दै आइरहेका छ्न । श्रेष्ठका अनुसार क्लबले विद्यार्थीहरुलाई झोला, छालाको जुत्ता, मोझा, कापि, कलम, र स्कुल ड्रेस गरी करिब ६५ हजार रुपैयाँ बराबरको सामाग्री वितरण गरिएको छ ।
उक्त शैक्षिक सामाग्री वितरण कार्यक्रमका लागि नेपाल महिला चेम्बर काठमाडौ जमलले विशेष सहयोग गरेको उनले बताए । मुस्लिम समुदायको कमजोर आर्थिक अवस्था भएको परिवारको बालबालिका पढ्ने र शैक्षिक सामाग्रीको आवस्यकता देखिएकोले उक्त मदर्सामा शैक्षिक सामाग्री वितरण गरिएको क्लबले जनाएको छ ।
रोट्रयाक्ट क्लब अफ दमौलीका अध्यक्ष विपिन श्रेष्ठ र रोट्रयाक्ट क्लब अफ कान्तिपुरकी पुर्वअध्यक्ष श्रृष्टि त्रिपाठिको संयुक्त अध्यक्षतामा भएको उक्त कार्यक्रममा प्रमुख अतिथि भानु १३ का वडाअध्यक्ष राम बहादुर बानियाँ लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको संयोजक क्लबका प्रोफेसनल सर्भिस डिरेक्टर विशाल श्रेष्ठ र आगामी वर्षका अध्यक्ष मनोज राउत रहेका थिए भने कार्यक्रमको संचालन क्लबका कोषाध्यक्ष राज कुमार श्रेष्ठले गरेका थिए ।
सम्बन्धित खबर
तनहुँ गाछेपानीमा ओभर स्पीड भ्यानले डिभाइडर नाघेर स्कूटरलाई ठक्कर दिँदा दुईको मृत्यु
तनहुँमा टिप्परको ठक्करबाट मोटरसाइकल चालक रूपाका धर्मराजको मृत्यु
त्रिशूली नदीमा पौडी खेल्नेक्रममा एक बालक बेपत्ता, एकको सकुशल उद्धार
पोखरा-बन्दीपुरबीच पर्यटकीय साझेदारी
डुम्रेमा भएको दुर्घटनामा २१ जना घाइते, दुईको अवस्था गम्भीर
गगनगौंडाबाट बस चढेका गुञ्जबहादुर दुलेगौंडा नपुग्दै सिटमै ढले
यो पनि पढौँ
फिर्के खोलाका संरचना जेठ ९ गतेभित्र हटाउन महानगरको अन्तिम चेतावनी
सबै यात्रु पिसाब फेर्न ओर्लिनासाथ जिप भिरबाट खस्यो, चालकको मृत्यु
फेवातालमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु
रविसँग रास्वपा सांसदका गुनासो, ‘प्रधानमन्त्री र मन्त्रीको सचिवालयले पनि टेरेन’