रुखले बचायो दर्जनौं तिर्थालुको ज्यान, भिरमा यसरी अड्कियो बस

रुखले बचायो दर्जनौं तिर्थालुको ज्यान, भिरमा यसरी अड्कियो बस

Panchase

गण्डक न्युज पोखरा, २ मंसिर ।  शुक्रबार बालाचतुर्दशी । कास्की, पर्वत र स्याङ्जाको संगमस्थल पर्यटकीय तथा धार्मिक महत्व बोकेको स्थल पञ्चासेमा ठूलो मेला भरेर ध १ ख ८७ नम्बरको बसमा ४० बढी यात्रु फर्के ।

पञ्चासेबाट पर्वततर्फ जाँदै गरेको सो बस आर्थर नजिकैको कुस्मा नगरपालिका –१४ रेसको पाखाबाट झण्डै एक सय मिटर तल खस्यो ।

शुक्रबार दिउँसोको सो घटनामा पोखरा मालेपाटनका अन्दाजी ३२ वर्षीय दीपक गुरुङले ज्यान गुमाए । यति ठूलो भिरबाट खसेको बसमा सवार अन्य तीन दर्जन घाईते छन् ।

बस धेरै तलपुगेपछि एउटा रुखले गर्दा मात्र अडिएको छ । त्यसभन्दा तल झनै ठूलो भिर रहेको छ ।

पर्वत प्रहरीका अनुसार दुई दर्जन बढि हस्पिटलमा भर्ना भएका छन् । दुर्घटना लगत्तै सबैले आफ्नै तबरले घाईतेको उद्धार गरेकाले को कुन हस्पिटलमा लगिएकोबारे अझै किटान हुन सकेको छैन ।

धेरैको पोखरा ल्याईएको छ । दुई जनाको अवस्था अत्यन्त चिन्ताजनक र अन्य ६ जनाको गम्भिर रहेको बताईन्छ ।

तस्विरः आर पी निर्मल र मनोज गुरुङ

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds