तनहुँ । तनहुँको डुम्रे बजारमा सीसीटीभी क्यामेराबाट निगरानी थालिएको छ । पृथ्वी राजमार्गमा पर्ने लमजुङ, मनाङ र गोरखाका अधिकांश भागको प्रवेशबिन्दु बजारको सुरक्षा बढाउनका लागि भन्दै तनहुँ उद्योग वाणिज्य संघ डुम्रे बजार एकाईले सीसीटीभी जडान गरेको हो ।
क्यामेराको उद्घाटन गर्दै बन्दीपुर गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले डुम्रे बजार मात्र नभएर समग्र राजमार्ग र आसपासका क्षेत्रको सुरक्षाका लागि सीसीटीभीले भूमिका खेल्ने विश्वास व्यक्त गरे ।

गाउँपालिकाको प्रवेशबिन्दूका अलावा मनाङ, लमजुङ, गोरखा र पृथ्वी राजमार्ग हुँदै आवतजावत गर्ने केन्द्र भएका कारण डुम्रेमा रहेका क्यामेराले समग्र सुरक्षा निगरानीका लागि सघाउने उनले बताए ।
प्रहरी उपरीक्षक विनोद शिलवालले क्यामेरा जडानपछि प्रहरीलाई सुुरक्षा व्यवस्थापनमा सहयोग पुग्ने विश्वास व्यक्त गरे । उनले सीसीटीभीको स्थापनाका लागि बजार एकाईप्रति आभार प्रकट गर्दै सुरक्षा व्यवस्थापनमा यसको उपयोग गरिने बताए ।
तनहुँ उद्योग वाणिज्य संघका अध्यक्ष मानकाजी श्रेष्ठले व्यवसायिक सुरक्षाको कर्तव्य सम्झेर बजारका व्यवसायीले सीसीटीभी स्थापना गरेको भन्दै प्रशंसा गरे । उनले क्यामेराको निगरानी नहुँदा विगतमा ठूला घटना हुँदा समस्या परेकामा अब हट्ने अपेक्षा गरे ।

तनहुँ उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष बैकुण्ठनाथ मिश्रले दमौलीमा आफ्नो नेतृत्वमा बजार एकाईले सीसीटीभी स्थापना गरिएको स्मरण गर्दै त्यसयता ठूला घटना दुर्घटनामा प्रहरीलाई अनुसन्धानमा मद्दत पुगेको बताए । उनले सीसीटीभीको सुरक्षा र सञ्चालनमा व्यवसायीको साथ निरन्तर आवश्यक पर्ने बताए ।
बजार एकाईका सभापति नेकमहमद मियाँले सवारी साधन र यात्रुको धेरै चहलपहल हुने भएकाले डुम्रे बजारमा सुरक्षा र निगरानीका लागि क्यामेरा जडान गरिएको बताए ।
बजारमा १५ वटा क्यामेरा जडान गरिएको छ । क्यामेराको नियन्त्रण कक्ष प्रहरी चौकी डुम्रेमा राखिएको छ । क्यामेरा जडान भए पनि ब्याकअप भने नभएका कारण विद्युत जाँदा रेकर्ड गर्न नसकिने देखिएको छ ।
एकाईका सचिव राम जोशीले थप श्रोत खोजेर विद्युत जाँदा पनि रेकर्ड हुने व्यवस्था मिलाउने बताए । एकाईले बन्दीपुर गाउँपालिकासहित व्यवसायीबाट संकलित चन्दा गरी ७ लाख २३ हजार रुपैयाँमा क्यामेरा स्थापना गरिएको बताएको छ ।
सम्बन्धित खबर
प्रतिभा सुपर लिग क्रिकेट सुरू, प्रतिभा र बाल मन्दिरको विजयी सुरूवात
स्याङ्जाका ५६ मतदान स्थल अति संवेदनशील
सिद्धार्थ राजमार्गमा दुर्घटनापछि कुटपिट, भीरकोटका युवक प्रहरी नियन्त्रणमा
स्याङ्जाका पत्रकार न्यौपाने एनटिभीबाट सम्मानित
फेदीखोलामा चिया खाजा घरमा चोरी, एक जना पक्राउ
ट्याङ्की मर्मत गरेर फर्किने क्रममा भीरबाट खस्दा गल्याङमा एक जनाको ज्यान गयो
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ