पोखरा, ९ जेठ । युवाहरु आवद्ध सामाजिक संस्था पोखरा जेसीजले हरेक वर्ष आयोजना गर्ने ‘जेसीज वीकइण्ड’ शुक्रबारदेखि सुरु हुँदैछ । पोखरा जेसीजले जेठ १० गतेदेखि १२ गतेसम्म विभिन्न त्रिदिवसीय कार्यक्रको आयोजना गरेर ‘जेसीज वीकइण्ड’ मनाउने बुधबार पोखरामा पत्रकार सम्मेलनको आयोजना गरेर जानकारी दिएको हो ।
बर्ष २०१९ को ‘सकरात्मक प्रभावका लागि एकता’ भन्ने उद्देश्यका साथ त्रिदिवसीय कार्यक्रम अन्तरगत कार्यशाला गोष्ठी, निःशुल्क स्वास्थ्य शिविर, असल अभिभावकत्व बिषयक परामर्श कार्यक्रम लगायत आयोजना गरेर ‘जेसीज वीकइण्ड’ मनाउने जेसीज वीकइण्ड २०१९ मुल संयोजक जेसी मोहनप्रसाद अधिकारीले जानकारी दिएका छन् । कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको पोखरा जेसीजका अध्यक्ष जेसी सन्तोष शाहीले जानकारी दिए ।
जेठ १० गते पूर्वान्ह १० बजे पोखरा उद्योग वाणिज्य संघको अमृतकक्षमा औपचारिक उद्घाटन गरिने जेसीज वीकइण्डको पहिलो दिनको कार्यक्रम स्थानिय क्षेत्रमा रहेका बिभिन्न क्षेत्रका उद्यमी व्यवसायीहरुहरुलाई लक्षित गरेर कार्यशाला गोष्ठीको आयोजना गरिने छ । उक्त कार्यशाला गोष्ठिमा जल महल रिसोर्ट पोखराका डा. दिनेश प्रसाई र कपिल तमोटले सहजिकरण गर्नेछन् । जसको संयोजन जेसी बिनु श्रेष्ठले गर्नेछिन् ।
त्यस्तै दोस्रो दिन जेठ ११ गते अन्नपुर्ण गाउँपालिकाका स्थानियलाई लक्षित गरेर माछापुच्छ्रे मा.वि प्राङ्गण, ढिकुरपोखरी, कास्कीमा निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरिने छ । अन्नपुर्ण गाउँपालिका सँयको समन्वय तथा कास्की सेवा हस्पिटल, हिमालयन आँखा अस्पताल र डक्टर्स डेन्टल क्लिनिकको प्राबिधिक सहयोगमा हुने शिवीरकोे संयोजन जेसी गणेश गिरीले गर्नेछन् ।
वीकइण्डको अन्तिम दिन जेठ १२ गते रन्जित इभेन्ट सेन्टर रानिपौवा ११, पोखरामा पोखरा महानगरपालिका, वडा, महिला तथा आमा समुह, स्कुल, शिक्षक/ शिक्षिका, बालबालिकालाई लक्षित गरेर असल अभिभावकत्व बिषयक परामर्श कार्यक्रमको आयोजना गरिने छ । अन्तिम दिनको उक्त परामर्श कार्यक्रमकोे सहजीकरण मदरल्याण्ड मा वीका प्रमोटर प्रेम नारायण पोख्रेलले गर्नेछन भने कार्यक्रम संयोजन जेसी कमलराज पराजुलीले गर्नेछन् ।
सोही दिन वीकइण्डको औपचारिक समापन गरिने पोखरा जेसीजका अध्यक्ष जेसी सन्तोष शाहीले जानकारी दिएका छन् । कार्यक्रम सम्पन्न गर्न ५ लाख खर्च र ५ लाख नै आम्दानी हुने आयोजकको अनुमान रहेको छ ।
सम्बन्धित खबर
सिद्धार्थ राजमार्गमा दुर्घटनापछि कुटपिट, भीरकोटका युवक प्रहरी नियन्त्रणमा
स्याङ्जाका पत्रकार न्यौपाने एनटिभीबाट सम्मानित
फेदीखोलामा चिया खाजा घरमा चोरी, एक जना पक्राउ
ट्याङ्की मर्मत गरेर फर्किने क्रममा भीरबाट खस्दा गल्याङमा एक जनाको ज्यान गयो
पुलिसलाई हराउँदै न्यू डायमण्डले जित्यो टाइगर कपको महिलातर्फको उपाधि
होराइजन क्लब वालिङ्ले जित्यो २६ औं आदर्श कप
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
जनार्दनले ओलीको साथ लिएपछि गोरखामा मिलन चक्रेलाई समर्थन गर्नुपर्ने नैतिक दबाबमा बाबुराम
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो