मनाङ । मनाङमा विदेशीसँगै आन्तरिक पर्यटकको आगमन बढेको छ । पछिल्ला समयमा क्याम्पसका विद्यार्थी ‘टुर प्याकेज’ बनाएर मनाङ जाने गरेका छन्। पोखरा, काठमाडौँ, हेटौँडा, चितवनलगायतका क्याम्पसमा पढ्दै गरेका विद्यार्थी मनाङ घुम्ने कार्यक्रम बनाएर जान थालेका हुन्।
मनाङ जाने विद्यार्थी मनाङका गाउँका मौलिक पराम्परा, रीतिरीवाजलगायत हिमाली भेगको वस्तुस्थिति अनुसन्धान गर्ने गरेको बताउँछन्। सरकारले मौलिक पुरातात्विक वस्तुको जगेर्ना गरेमा आन्तरिक पर्यटकको वृद्धि हुने एड्भान्स कलेजका विद्यार्थी विप्लव पौडेलले बताए।
मनाङको माथिल्लो भेगमा रहेका भ्राका, ङाओल, मनाङ र खाङ्सार महत्वपूर्ण गाउँ हुन्। यिनै गाउँको राम्रो संरक्षण गर्नसक्ने हो भने मनाङ विद्यार्थीका लागि अध्ययन केन्द्र बन्ने अर्की विद्यार्थी मेलिना गौतमले बताइन्।
विद्यार्थीहरु ऐतिहासिक, पुरातात्विक महत्वको अध्ययन गर्दै तिलिचो ताल पुगेर फर्कने गरेका शिक्षक यमप्रसाद तिमल्सेनाले बताए। मनाङ घुम्नेमात्र होइन पछिल्लो समयमा अध्ययन गर्ने आन्तरिक पर्यटक बढ्न थालेका छन्। मनाङ जाने पर्यटकको आकर्षणमा हिमाल र हिमतालबाहेक त्यहाँका पुराना बस्ती पर्यटकको रोजाइमा पर्न थालेका छन्।
सम्बन्धित खबर
रानीथुम्का आधारभूत विद्यालयमा महायज्ञ हुँदै
लामो समयदेखि फरार रहेका दुई प्रतिवादी पक्राउ
अर्जुनचौपारीमा एकदिने स्वास्थ्य शिविर
६ विद्यालयका एक सय १२ विद्यार्थीलाई न्यानो कपडा
प्रतिभा माविद्वारा खेलकुदका उत्कृष्टलाई पुरस्कार प्रदान
अयरपानी होमस्टेमा पर्यटकको चहलपहल बढ्दै
यो पनि पढौँ
पोखरा रंगशालामा पनि फ्लडलाइट जडान गरिनेछः कुलमान घिसिङ
पोखरेललाई फकाउँदै ओली- घच्चमच्च भएको भए सरी, विरोधीले लखेटेका बेला साथ खोजेको हुँ
एमालेका युवराज र अष्टलक्ष्मीसहित तीन शीर्ष नेताले सक्रिय राजनीति छाडे
नवनियुक्त ४ मन्त्रीले लिए शपथ, को हुन् नयाँ मन्त्री?