मनाङ । मनाङमा विदेशीसँगै आन्तरिक पर्यटकको आगमन बढेको छ । पछिल्ला समयमा क्याम्पसका विद्यार्थी ‘टुर प्याकेज’ बनाएर मनाङ जाने गरेका छन्। पोखरा, काठमाडौँ, हेटौँडा, चितवनलगायतका क्याम्पसमा पढ्दै गरेका विद्यार्थी मनाङ घुम्ने कार्यक्रम बनाएर जान थालेका हुन्।
मनाङ जाने विद्यार्थी मनाङका गाउँका मौलिक पराम्परा, रीतिरीवाजलगायत हिमाली भेगको वस्तुस्थिति अनुसन्धान गर्ने गरेको बताउँछन्। सरकारले मौलिक पुरातात्विक वस्तुको जगेर्ना गरेमा आन्तरिक पर्यटकको वृद्धि हुने एड्भान्स कलेजका विद्यार्थी विप्लव पौडेलले बताए।
मनाङको माथिल्लो भेगमा रहेका भ्राका, ङाओल, मनाङ र खाङ्सार महत्वपूर्ण गाउँ हुन्। यिनै गाउँको राम्रो संरक्षण गर्नसक्ने हो भने मनाङ विद्यार्थीका लागि अध्ययन केन्द्र बन्ने अर्की विद्यार्थी मेलिना गौतमले बताइन्।
विद्यार्थीहरु ऐतिहासिक, पुरातात्विक महत्वको अध्ययन गर्दै तिलिचो ताल पुगेर फर्कने गरेका शिक्षक यमप्रसाद तिमल्सेनाले बताए। मनाङ घुम्नेमात्र होइन पछिल्लो समयमा अध्ययन गर्ने आन्तरिक पर्यटक बढ्न थालेका छन्। मनाङ जाने पर्यटकको आकर्षणमा हिमाल र हिमतालबाहेक त्यहाँका पुराना बस्ती पर्यटकको रोजाइमा पर्न थालेका छन्।
सम्बन्धित खबर
१५ वर्षपछि दामाचौर–रामपुर जोड्ने ट्रस पुल निर्माण सम्पन्न
गण्डकीका प्रदेश प्रमुख भट्टले गरे गाँजा विधेयक प्रमाणीकरण
जनशक्ति अभावले प्रदेश अस्पताल स्याङ्जाको सेवा प्रभावित
स्याङ्जामा सामाजिक सद्भाव र राष्ट्रिय एकताका लागि र्याली
फेदीखोलामा वृक्षारोपणसँगै बालबालिकाको स्वास्थ्य परीक्षण
स्याङ्जामा बेवारिसे एकनाले भरुवा बन्दुक फेला
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो