तनहुँ । तनहुँको व्यास नगरपालिका र अष्ट्रेलियन भोलेन्टियर प्रोग्राम बीच सोमबार व्यास नगरपालिकामा एक अन्तक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
नेपालका विभिन्न स्थानमा स्वंयमसेवा प्रदान गर्दै आईरहेको उक्त संस्थाले व्यास नगरपालिकामा पनि सेवा प्रदान गर्ने निर्णय गरेपछि सोहि सन्दर्भमा अन्तरक्रिया गरिएको हो ।जस अन्तरगत अष्ट्रेलियन भोलेन्टियर प्रोग्रामका तर्फबाट अष्ट्रेलियन नागरिक स्टेफेनि हार्डरले यहि मे महिनाबाट सेवा सुरु गर्नेछिन् ।
हार्डरले शहरी विकासका योजनाको बारेमा काम गर्ने व्यास नगरपालिकाले जनाएको छ । व्यास नगरपालिकाले निर्माण गरिरहेको दिर्घकालिन विकास योजनामा समेत हार्डरले काम गर्ने पनि जनाईएको छ ।
अन्तरक्रिया कार्यक्रममा बोल्दै व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले अहिलेको संरचना अनुरुप विगतका गाविसका विभिन्न भागहरु नगरपालिकामा समेटिएकाले नगर र ग्रमिण भागको विकासलाई समान तरिकाले अगाडि बढाई पुर्बाधार विकासमा समेत अष्ट्रेलियन भोलेन्टियर प्रोग्रामको सहयोग महत्वपुर्ण रहने बताए ।
कार्यक्रममा अष्ट्रेलियन भोलेन्टियर प्रोग्रामका नेपालस्थित कार्यक्रम संयोजक राजेन्द्र खड्काले स्वंयमसेवा गर्न लागिएको संस्थासंग समन्वयात्मक रुपमा काम गर्न सकिएमा अपेक्षित प्रतिफल हासिल गर्न सकिने बताए ।
अष्ट्रेलियन भोलेन्टियर प्रोग्रामले सन १९९७ देखी नेपालका विभिन्न भागमा भोलेन्टियर सेवा प्रदान गर्दै आईरहेको छ ।
अन्तरक्रिया कार्यक्रममा व्यास नगरपालिकाका उप-प्रमुख मिरा जोशी, प्रमुख प्रशासकिय अधिकृत दिनेश राज पन्त, वडाअध्यक्षहरु मोहन कुमार श्रेष्ठ, काशिराम श्रेष्ठ, प्रेम कुमार श्रेष्ठ लगायत कर्मचारीहरुको उपस्थिति रहेको थियो ।
सम्बन्धित खबर
तनहुँमा टिप्परको ठक्करबाट मोटरसाइकल चालक रूपाका धर्मराजको मृत्यु
त्रिशूली नदीमा पौडी खेल्नेक्रममा एक बालक बेपत्ता, एकको सकुशल उद्धार
पोखरा-बन्दीपुरबीच पर्यटकीय साझेदारी
डुम्रेमा भएको दुर्घटनामा २१ जना घाइते, दुईको अवस्था गम्भीर
गगनगौंडाबाट बस चढेका गुञ्जबहादुर दुलेगौंडा नपुग्दै सिटमै ढले
तनहुँमा शिक्षकले विद्यार्थी कुटेपछि अभिभावकले शिक्षक कुटे
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’