पोखरा ३, मंसिर । प्रतिनिधि सभा कास्की क्षेत्र नं. २ बाट सदस्य पदका लागि बाम गठबन्धनका साझा उम्मेदवार रविन्द्र अधिकारीले जनताले अब पाँच वर्ष बामपन्थी सरकारको काम हेर्नलाई अहिले दुई तिहाई बहुमत पुग्ने गरी जिताउनुको विकल्प नरहेको बताएका छन् ।
अधिकारीले जनताले दिएको म्यान्डेटलाई आफुले उच्चतम सम्मान गर्दै कास्कीका मात्र नभई देशलेनै गौरव गर्नेगरी आगामी दिनमा अझै रचरात्मक काममा अघि बढ्ने बताए । ‘पाँच बर्षमात्रै हामीलाई म्यान्डेट दिनुस्, त्यसपछि भोटमाग्न आउन नपर्ने गरी काम गरेर देखाउँछौं ।’ – उनले भने- ‘त्यसपछि स्वयं जनताले नै बाम सरकारको कामदेखि प्रभावित भएर थप म्यान्डेटका लागि अघि सर्नेछन् । त्यो वातावरण हामी तयार गर्नेछौं ।’
उनले कम्तिमा पाँच बर्षमा देशलाई विकासको बाटोमा अगाडि बढाउने खाका तयार गर्न आफुहरूको गठनवन्धन बनेको भन्दै उनले भेदभावरहित समतामूलक समाज निर्माणमा केन्द्रीत रहने बताए ।
अधिकारीले विकास बाहेक आफ्नो कुनै स्वार्थ र सपना नभएको बताए । अधिकारीले पोखरा लेखनाथ महानगरपालिका वडा नं. २१ कृष्तिमा शनिबार जनतासँग भेट्घाट गर्ने क्रममा आयोजित सभालाई सम्बोधन गर्दै सो कुरा बताएका हुन् । वृहत पोखराका अवधाराण सँगै कास्कीको वृहत्तर विकासका निम्ति महानगर वरीपरी स्याट्यालाईट सिटीहरूको निर्माणमा अझै लाग्ने बचनवद्धता व्यक्त गरे ।

सो अवसरमा प्रदेशसभा कास्की क्षेत्र नं. २ (१) का बामगठनवन्धनका प्रत्यासी कृष्ण थापाले सम्बोधन गर्दै सुविधासम्पन्न नमूना प्रदेश बनाउन आफ्नो उम्मेदवारी भएको भन्दै पोखराका सबै वडाहरूमा समानुपातिक विकासमा जोड्दिने बताए ।
अवको विकास उधारा सपनाहरूको नभई आफुहरूले विकास हात हातै दिन चाहेको बताए । शनिबारै अधिकारी र थापाले पोखरा लेखानाथ वडा नं. २१ को कृष्ति स्थित रामदी, मट्टिखान, बक्रेत् र वडा नं. ४ का विभिन्न स्थानहरूमा जन साक्षात्कार कार्यक्रम गरेका छन् ।
सम्बन्धित खबर
अवैध सालको काठसहित मिनि ट्रक नियन्त्रणमा
पुस ७ देखि अर्जुनचौपारीमा तीनदिने राष्ट्रपति रनिङ शिल्ड तथा शैक्षिक महोत्सव
रानीथुम्का आधारभूत विद्यालयमा महायज्ञ हुँदै
लामो समयदेखि फरार रहेका दुई प्रतिवादी पक्राउ
अर्जुनचौपारीमा एकदिने स्वास्थ्य शिविर
६ विद्यालयका एक सय १२ विद्यार्थीलाई न्यानो कपडा
यो पनि पढौँ
पोखरा रंगशालामा पनि फ्लडलाइट जडान गरिनेछः कुलमान घिसिङ
पोखरेललाई फकाउँदै ओली- घच्चमच्च भएको भए सरी, विरोधीले लखेटेका बेला साथ खोजेको हुँ
एमालेका युवराज र अष्टलक्ष्मीसहित तीन शीर्ष नेताले सक्रिय राजनीति छाडे
नवनियुक्त ४ मन्त्रीले लिए शपथ, को हुन् नयाँ मन्त्री?