पोखरा ३, मंसिर । प्रतिनिधि सभा कास्की क्षेत्र नं. २ बाट सदस्य पदका लागि बाम गठबन्धनका साझा उम्मेदवार रविन्द्र अधिकारीले जनताले अब पाँच वर्ष बामपन्थी सरकारको काम हेर्नलाई अहिले दुई तिहाई बहुमत पुग्ने गरी जिताउनुको विकल्प नरहेको बताएका छन् ।
अधिकारीले जनताले दिएको म्यान्डेटलाई आफुले उच्चतम सम्मान गर्दै कास्कीका मात्र नभई देशलेनै गौरव गर्नेगरी आगामी दिनमा अझै रचरात्मक काममा अघि बढ्ने बताए । ‘पाँच बर्षमात्रै हामीलाई म्यान्डेट दिनुस्, त्यसपछि भोटमाग्न आउन नपर्ने गरी काम गरेर देखाउँछौं ।’ – उनले भने- ‘त्यसपछि स्वयं जनताले नै बाम सरकारको कामदेखि प्रभावित भएर थप म्यान्डेटका लागि अघि सर्नेछन् । त्यो वातावरण हामी तयार गर्नेछौं ।’
उनले कम्तिमा पाँच बर्षमा देशलाई विकासको बाटोमा अगाडि बढाउने खाका तयार गर्न आफुहरूको गठनवन्धन बनेको भन्दै उनले भेदभावरहित समतामूलक समाज निर्माणमा केन्द्रीत रहने बताए ।
अधिकारीले विकास बाहेक आफ्नो कुनै स्वार्थ र सपना नभएको बताए । अधिकारीले पोखरा लेखनाथ महानगरपालिका वडा नं. २१ कृष्तिमा शनिबार जनतासँग भेट्घाट गर्ने क्रममा आयोजित सभालाई सम्बोधन गर्दै सो कुरा बताएका हुन् । वृहत पोखराका अवधाराण सँगै कास्कीको वृहत्तर विकासका निम्ति महानगर वरीपरी स्याट्यालाईट सिटीहरूको निर्माणमा अझै लाग्ने बचनवद्धता व्यक्त गरे ।

सो अवसरमा प्रदेशसभा कास्की क्षेत्र नं. २ (१) का बामगठनवन्धनका प्रत्यासी कृष्ण थापाले सम्बोधन गर्दै सुविधासम्पन्न नमूना प्रदेश बनाउन आफ्नो उम्मेदवारी भएको भन्दै पोखराका सबै वडाहरूमा समानुपातिक विकासमा जोड्दिने बताए ।
अवको विकास उधारा सपनाहरूको नभई आफुहरूले विकास हात हातै दिन चाहेको बताए । शनिबारै अधिकारी र थापाले पोखरा लेखानाथ वडा नं. २१ को कृष्ति स्थित रामदी, मट्टिखान, बक्रेत् र वडा नं. ४ का विभिन्न स्थानहरूमा जन साक्षात्कार कार्यक्रम गरेका छन् ।
सम्बन्धित खबर
औषधि बजारलाई व्यवस्थित बनाउनु पर्दछः प्रदेश प्रमुख भट्ट
दुई प्रदेश जोड्ने राम्दी पुल निर्माण अन्तिम चरणमा
जंगली कुखुरा मार्न गएका बेनीका युवकको भीरबाट लडेर मृत्यु
चार वर्षमै अर्जुनचौपारीको शिक्षा क्षेत्रमा ठूलो फड्को
स्याङ्जामा बालबालिकालाई सारङ्गी सिकाइँदै, जोगाइँदै मौलिक संस्कृति
भरुवा बन्दुकसहित एक वृद्ध पक्राउ
यो पनि पढौँ
सुदनले साधारण सदस्य समेत नरहने गरी पार्टी छाडे
शेखरले गगनलाई स्वीकार्दै , शशांक र धनराजसहितले छोडे देउवा समूह
कैलालीमा मरेको ब्रोइलरको मासु खाँदा दुई दाजुभाइको मृत्यु, आमा र भाइ अस्पतालमा
यी सहकारीमा ऋण तिर्नुछ ? १५ दिनभित्र नतिरे सम्पत्ति लिलाम हुने (सहकारीको सूचीसहित)