तनहुँ । नाफा कमाउनु भनेको पाप हो भन्ने कम्युनिष्ट सरकारको धारणाले विदेशी लगानी नभित्रिएको नेपालि कांग्रेसका केन्द्रिय सदस्य एवं पुर्वमन्त्रि गगन थापाले बताए ।
उक्त कुरा नेपाल विद्यार्थी संघ जिल्ला कार्यसमिति तनहुँको आयोजनामा मंगलबार दमौलीमा भएको राष्ट्रिय जागरण अभियान २०७६ को सन्दर्भ एवं गणतन्त्र दिवसको अवसरमा आयोजित प्रशिक्षण कार्यक्रममा केन्द्रिय सदस्य थापाले बताएका हुन ।
“कुनैपनि व्यवसायको लक्ष्य भनेको नाफामुफी हुन्छ “, केन्द्रिय सदस्य थापाले भने, “सहि तरिकाबाट नाफा सबैले कमाउनु पर्छ ।” नेपालको धनि व्यक्ति विनोद चौधरी जस्तो बन्ने अवसर सबिले पाउनु पर्छ थापाले बताए ।

कतार, साउदी जान बाध्य युवा लाई आफ्नै देशमा केहि उद्धम गराउन नेपालि कांग्रेस संगै नेपाल विद्यार्थी संघ कटिबद्द रहेको थापाले बताए । आब सहि दिशामा नगए देश बर्बाद हुने थापाले बताए ।
हिंसाको राजनीति मान्य छैन
हिंसाको राजनीति हिजो, आज र भोलि पनि मान्य नहुने नेपालि कांग्रेस केन्द्रिय सदस्य गगन थापाले उक्त प्रशिक्षण कार्यक्रममा बताए ।
“हाम्रो लक्ष्य भनेको मान्छे बदल्ने हो न कि समाप्त गर्ने ।”, थापाले भने । “काठमाण्डौमा अस्ति मारिने नेपाली हुन् न कि कुनै पार्टिका कार्यकता मात्रै, कसैको छोरा पनि हो ।”, थापाले भने “उनिहरुको हत्या भएको हो, हत्यारा विप्लव नेतृत्वको नेकपा हो ।”
त्यस्तै केन्द्रिय सदस्य थापाले शान्तिपुर्ण राजनीतिमा आउन समेत विप्लव समुह लिई अनुरोध समेत गरेका छन ।
उक्त प्रशिक्षण कार्यक्रमको अध्यक्षता नेपाल विद्यार्थी संघ तनहुँका अध्यक्ष चुडामणी खनालको अध्यक्षतामा भएको उक्त कार्यक्रममा नेपालि कांग्रेस तनहुँका सभापति वैकुण्ठ न्यौपाने, गण्डकी प्रदेश सांसद द्वय सरिता गुरुङ, दोबाटे विक लगाएतको समेत उपस्थिति रहेको थियो ।
सम्बन्धित खबर
तनहुँ गाछेपानीमा ओभर स्पीड भ्यानले डिभाइडर नाघेर स्कूटरलाई ठक्कर दिँदा दुईको मृत्यु
तनहुँमा टिप्परको ठक्करबाट मोटरसाइकल चालक रूपाका धर्मराजको मृत्यु
त्रिशूली नदीमा पौडी खेल्नेक्रममा एक बालक बेपत्ता, एकको सकुशल उद्धार
पोखरा-बन्दीपुरबीच पर्यटकीय साझेदारी
डुम्रेमा भएको दुर्घटनामा २१ जना घाइते, दुईको अवस्था गम्भीर
गगनगौंडाबाट बस चढेका गुञ्जबहादुर दुलेगौंडा नपुग्दै सिटमै ढले
यो पनि पढौँ
फिर्के खोलाका संरचना जेठ ९ गतेभित्र हटाउन महानगरको अन्तिम चेतावनी
फेवातालमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु
सबै यात्रु पिसाब फेर्न ओर्लिनासाथ जिप भिरबाट खस्यो, चालकको मृत्यु
रविसँग रास्वपा सांसदका गुनासो, ‘प्रधानमन्त्री र मन्त्रीको सचिवालयले पनि टेरेन’