किरण श्रेष्ठ, तनहुँ । तनहुँको व्यास नगरपालिकाका र जिल्ला समन्वय समिति तनहुँको दुई कर्मचारी विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंगलबार आरोप पत्र दायर गरेको छ ।
आयोगले जिल्ला समन्वय समिति कार्यालय तनहुँका प्राविधिक सव इन्जिनियर खगेन्द्र खवास र व्यास नगरपालिकाका तत्कालिन सवइन्जिनियर निर्मल वाग्ले विरुद्ध आरोप पत्र दायर गरेको हो ।
व्यास ४ स्थित कालिका सहिद शान्ति पार्क निर्माणका क्रमममा कालिका मन्दिरको नगरेको कामको प्रतिवेदन पुष्टि गर्ने कार्य गरेको भन्दै खवास र वाग्ले विरुद्ध अभियोग दायर गरिएको अख्तियारका प्रवक्ता प्रदिप कुमार कोइरालाले बताए ।
अख्तियारले उनीहरु विरुद्ध विशेष अदालत काठमाण्डौंमा आरोप पत्र दायर गरेको छ । प्रवक्ता कोइरालाका अनुसार मन्दिर निर्माणका लागि आएको रकम हिनामिना गरेको, समितिले आन्तरिक लेखापरीक्षण नगरेको र आयव्यय विवरण स्पष्ट सार्वजनिक नगरेको भन्ने उजुरी अख्तियारमा परेको थियो ।
सोही उजुरी अनुसन्धान पछि अख्तियारले अभियोग पत्र दायर गरेको हो ।
समितिका सदस्यहरुलाई के होला ?
अख्तियारले कर्मचारी विरुङ्ग मुद्दा चलाएपनि कालिका मन्दिर संरक्षण समितिका पदाधिकारीलाई के गर्छ भन्ने चासो बढेको छ ।
समितले काम मन्दिरमा निर्माण कार्यमा काम गर्दा अपारदर्शी ढङ्गबाट काम गरेको जनगुनासो आउने गरेको छ ।समितिको महत्वपुर्ण पदाधिकारीमा एकै ब्यक्तिहरु लामो समय सम्म रहेका कारण पनि त्यहाँ अनियमितता भएको श्रोतले बतायो ।
सो मन्दिर निर्माण समितिमा नेकपाका नेता एक बहादुर रानाको समेत महत्वपुर्ण सहभागिता रहदैँ आएको छ ।
मुद्दा दायरसँगै रानामाथि समेत प्रश्न चिन्ह खडा भएको छ । विशेष गरेर कालिका मन्दिर तथा पार्क निर्माण समितिको नाममा विभिन्न कार्यालयबाट बजेट ल्याई एउटा काम गरी सोही कामका आधारमा अन्य कार्यालयबाट आएको रकम लिने गरेको श्रोतले बतायो ।
समितिले विभिन्न ब्यक्तिहरुले दिएको दान रकम समेत राम्रो अभिलेख नराखेको श्रोतले बतायो ।
सम्बन्धित खबर
प्रतिभा सुपर लिग क्रिकेट सुरू, प्रतिभा र बाल मन्दिरको विजयी सुरूवात
स्याङ्जाका ५६ मतदान स्थल अति संवेदनशील
सिद्धार्थ राजमार्गमा दुर्घटनापछि कुटपिट, भीरकोटका युवक प्रहरी नियन्त्रणमा
स्याङ्जाका पत्रकार न्यौपाने एनटिभीबाट सम्मानित
फेदीखोलामा चिया खाजा घरमा चोरी, एक जना पक्राउ
ट्याङ्की मर्मत गरेर फर्किने क्रममा भीरबाट खस्दा गल्याङमा एक जनाको ज्यान गयो
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ