चितवन- सुरक्षा प्रत्याभूति नभएको भन्दै निर्माण कार्य रोकिएको चितवनस्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय रंगाशालाको निर्माण कार्य पुनः सुचारू भएको छ । शनिबार बिहान धुर्मुस सुन्तली फाउण्डेसनका अध्यक्ष सीताराम कट्टेल, नेकपा चितवनका अध्यक्ष यमबहादुर परियार ‘इन्द्रजीत’, सचिव एवम् प्रतिनिधिसभा सदस्य कृष्णभक्त पोखरेल, नेपाली कांग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठ, भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहाल, विभिन्न टोल विकास संस्था तथा स्थानीयको उपस्थितिमा पुनर्निर्माण सुचारु गरिएको हो ।
जेठ १५ गते नेकपाका स्थानीय नेता प्रकाश कँडेलको नेतृत्वमा गएको टोलीले रंगाशालाको पश्चिमतर्फको बारमा डोजर लगाएर भत्काइदिएपछि फाउण्डेसनले आवश्यक सुरक्षा प्रत्याभूतिबिना काम गर्न नसक्ने भन्दै निर्माण कार्य स्थगित गरेको थियो।
तर, अहिले स्थानीय राजनीतिक दल, प्रशासनिक अंग, महानगर तथा सबैको साथ र सहयोग पाउने एवम् आगामी दिनमा त्यस्ता क्रियाकलाप दोहोरिन नदिने प्रतिबद्धतासँगै शनिबारबाट रंगशालाको निर्माण कार्य सुचारू गरिएको फाउण्डेसनका अध्यक्ष सीताराम कट्टेल ‘धुर्मुस’ले बताए।
निर्माणधीन रंगाशाला मैदानमा भएको अनौपचारिक कार्यक्रममा रंगाशाला क्षेत्र आसपासका स्थानीयलाई प्रष्ट पार्दै धुर्मुसले आफूले गलत कुरा बोलेको प्रमाणित भए मैदानमै झुण्डिन तयार रहेको बताए। ‘यदि मैले बनावटी कुरा गरेको भए म यही मैदानमा झुण्डिन तयार छु।,’ उनले भने, ‘म हत्तपत्त रूने मान्छे होइन, यो घटनामा म रोएँ। कसैलाई लाग्ला नाटक गर्न रोयो। तर यसपटक मेरो मन रोयो। यो सिंगो नेपालीको मन रोएको हो।’
सम्बन्धित खबर
जंगली कुखुरा मार्न गएका बेनीका युवकको भीरबाट लडेर मृत्यु
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
यो पनि पढौँ
रवि लामिछानेसँग सभापति भिड्न आँटेका साहलाई प्रतिनिधिबाट हटाइयो
हिरासतभित्रै छिरेर ज्यान मार्ने धम्की दिएको भन्दै गृहमन्त्री गुरुङविरुद्ध उजुरी
फेवातालमा बेपत्ता युवकको शव फेला
जेठी श्रीमती मार्दा कैद मिनाहा पाएका यामबहादुरले कान्छीलाई पनि बाँकी राखेनन्