पोखरा : नवआदर्श सामुदायिक विकास समाजले शनिबार आयोजना गरेको निशुल्क रक्त परीक्षण शिविरमा ९ सय ३ जनाको निशुल्क स्वास्थ्य परिक्षण गरिएको छ ।
नवआदर्शले पोखरा, समागृहचोकमा रहेको युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि(युआरएल)को प्राविधिक सहयोगमा गरेको शिविरमा थाइराइड तथा रगतमा हुने खराब बोसो (टिजी) सम्बन्धी रगत जाँच निशुल्क गरिएको हो ।
मधुमेह, थाइराइड तथा हर्माेन रोग विशेषज्ञ डा तारा कोइरालाले ठूला स्वास्थ्य समस्या एकै पटक नआउने भएकाले साना भनी रोगहरुमा हेलचेक्र्याइ नगर्न आग्रह गरे । उनले मधुमेह, थाइराइड, खराब बोसोलगायतका जाँच समय, समयमा गरी स्वस्थ रहन आग्रह गरे ।
उनले भने, ‘हृदयघात आफैं हुँदैन, रगतका नशा साँघुरिँदै गएपछि हुने हो । आँखा, मृर्गौला, मुटु बिगार्न मधुमेहको ठूलो हात छ ।’ उनले स्वस्थ खानपान, व्यायम, समय समयमा जाँच र सक्रिय जीवन शैली अपनाउन सके धेरै रोगबाट बाच्न सकिने उल्लेख गरे ।

गण्डकीका प्रदेश सांसद पुष्पा केसी भण्डारीले नवआदर्शले पोखरा १६ को विकासका लागि उल्लेखनीय भूमिका निर्वाह गरेको बताइन् । उनले आफूलाई थाइराइड हुँदा जीवनबाटै निराश भएको अनुभव सुनाउँदै रोग लाग्नुअघि नै सजग बन्न र लागिसक्यो भने पनि उपचारमा हेलचेक्र्याइ नगर्न अनुरोध गरिन् ।
पोखरा १६ वडाध्यक्ष जीवनप्रसाद आचार्यले सुखी नेपाली, समृद्ध नेपालका लागि स्वास्थ्य महत्वपूर्ण भएको बताए । पोखरा १९ का वडाध्यक्ष शोमोहन पौडेलले राजनीति मिसन पूरा गर्न पनि स्वास्थ्यलाई सँगसँगै लैजानु अपरिहार्य भएको बताए ।
युआरएलका प्रबन्ध निर्देशक ठाकुरप्रसाद पन्तले नागरिकलाई स्वस्थ बनाउन आफूहरुले सामाजिक उत्तरदायित्व बहन गरेको बताए । उनले स्थापनादेखि नै विभिन्न संघ, संस्थासँगको सहकार्यमा भएका शिविरबाट ४३ हजारभन्दा बढीको सित्तैमा जाँच गरिएको जनाए ।
नवआदर्शका अध्यक्ष कमलबहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा कार्यक्रम संयोजक अर्जुन भण्डारी र सचिव दिनेश भण्डारीले पनि बोलेका थिए । शिविर आयोजना गर्न ओम डेभलेपमेन्ट बैंक र जय मनकामना बचत तथा ऋण सहकारीले सहयोग गरेका थिए ।

सम्बन्धित खबर
प्रतिभा सुपर लिग क्रिकेट सुरू, प्रतिभा र बाल मन्दिरको विजयी सुरूवात
स्याङ्जाका ५६ मतदान स्थल अति संवेदनशील
सिद्धार्थ राजमार्गमा दुर्घटनापछि कुटपिट, भीरकोटका युवक प्रहरी नियन्त्रणमा
स्याङ्जाका पत्रकार न्यौपाने एनटिभीबाट सम्मानित
फेदीखोलामा चिया खाजा घरमा चोरी, एक जना पक्राउ
ट्याङ्की मर्मत गरेर फर्किने क्रममा भीरबाट खस्दा गल्याङमा एक जनाको ज्यान गयो
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ