तनहुँ । जिल्ला प्रशासन कार्यालय तनहुँले देवघाट गाउँपालिकामा घुम्ति शिविर सञ्चालन गरी ११० जनालाई नेपाली नागरिकताको प्रमाणपत्र वितरण गरेको छ ।
ग्रामीण क्षेत्रका बासिन्दालाई घरदैलोमै सेवा र्पुयाउने लक्ष्यका साथ जिप्रका तनहुँले हरेक महिना स्थानीय तहमा घुम्ति शिविर सञ्चालन गर्दै आएको छ ।
कार्यालयले सञ्चालन गरेको उक्त शिविर मार्फत नागरिकता प्रमाणपत्र जारी, मतदाता नामावली संकलन लगायतका सेवा प्रवाह गर्ने गरेको प्रमुख जिल्ला अधिकारी भरत कुमार शर्माले बताए ।
देवघाट गाउँपालिकाको वडा नं. २ मा सञ्चालन गरिएको शिविरमा स्थानीय ७१ वर्षीय मनिसरा थापा मगरलाई नागरिकताको प्रमाणपत्र प्रदान गरिएको छ ।
उक्त शिविरमा ६५ जना महिला र ४५ जना पुरुषलाई गरी ११० जनालाई नेपाली नागरिकताको प्रमाणपत्र जारी गरिएको प्रजिअ शर्माले जानकारी दिए ।
त्यस्तै, शिविरमा निर्वाचन कार्यालय तनहुँले ११२ जनाको मतदाता नामावली संकलन गरेको छ । जनतालाई घरदैलोमै नजिकबाट सेवा र्पुयाउने उद्देश्यले स्थानीय तहसंग समन्वय गरी हरेक महिना घुम्ति शिविर संचालन गरिदै आइएको छ ।
जिल्ला प्रशासन कार्यालय तनहुँले देवघाट गाउपालिका, शुक्लागण्डकी नगरपालिका, घिरिङ गाउँपालिका, भिमाद नगरपालिका, ऋषिङ गाउँपालिका, आँबुखैरेनी गाउँपालिका र बन्दीपुर गाउँपालिका समेतमा घुम्ति सेवा शिविर सञ्चालन गरिसकेको छ ।
प्रशासनले हालसम्म घुम्ति सेवा शिविर मार्फत १ हजार ३५८ वटा नागरिकता जारि गरिएको प्रजिअ शर्माले जानकारी दिए ।
सम्बन्धित खबर
तनहुँको छिर्कनेमा हाईस दुर्घटना, ८ जना घाइते
तनहुँ गाछेपानीमा ओभर स्पीड भ्यानले डिभाइडर नाघेर स्कूटरलाई ठक्कर दिँदा दुईको मृत्यु
तनहुँमा टिप्परको ठक्करबाट मोटरसाइकल चालक रूपाका धर्मराजको मृत्यु
त्रिशूली नदीमा पौडी खेल्नेक्रममा एक बालक बेपत्ता, एकको सकुशल उद्धार
पोखरा-बन्दीपुरबीच पर्यटकीय साझेदारी
डुम्रेमा भएको दुर्घटनामा २१ जना घाइते, दुईको अवस्था गम्भीर
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा ठप्प, बिरामी मर्कामा
रविले बोलाएको सर्वदलीय बैठकमा प्रधानमन्त्री र गृहमन्त्री नै गएनन्