तनहुँ । नेपाल बङ्गलादेश बैंक लिमिटेड दमौली शाखाले २५औ वार्षिकउत्सब तथा विश्व वातावरण दिवसको अवसरमा वृक्षारोपण रोपण गरेको छ ।
व्यास १ भादगाउँमा सामाजिक उत्तरदाहित्व बहन गर्दैै बैंकले वृ क्षारोपणतथा पानिको जार र डिस्पेन्सर संगै ट्रिगार्ड वितरण गरेको हो ।
बैकले निर्मल मावि र आदिकवि क्याम्पसमा गरि ७१ वटा विभिन्न बिरुवा रोपिएको थियो । बकाइनो, असोका, आप, गुल्मर लगाएतको विरुवा रोपिएको बैंकले जनाएको छ ।

निर्मल माविका प्रअ गणेश चन्द्र बस्नेतको सभापतित्वमा सम्पन्न समारोहका प्रमुख अतिथि व्यास-१ का वडा अध्यक्ष खर सिं दरैले बृक्षारोपण गरी कार्यक्रमको शुभारम्भ गरेका थिए ।
प्रमुख अतिथि वडाअध्यक्ष खर सिं दरैले बैकले गरेको सराहनिय कामको मुक्त कण्ठले प्रशंसा गदै आगामि दिनहरुमा साथमा साथ मिलाएर अगाडि बढ्नु पर्ने बताए ।
विद्यार्थी लाई समेत सहभागी गराएर वृक्षारोपण गराउदा प्रकृति संग नजिक बनाउने उनले बताए । वृक्षारोपणले वातावरणीय प्रदुषण घटाउन सहयोग गर्ने दरैले बताए ।
साथै उक्त कार्यक्रममा बैकको तर्फबाट शाखा प्रबन्धक सुमन सुबेदिले बैकको २५ बर्षे यात्राको बारेमा वर्णन गर्दे यस्ता सामाजिक कार्यक्रमहरुलाई निरन्तरता दिने बताएका थिए ।
कक्षाकोठामा विद्यार्थीहरु सहज रुपले खानेपानी पिउने व्यवस्थाको लागी बैंकले विद्यालय लाई १५ थान पानिको जार र डिस्पेन्सर वितरण गरेको नेपाल बङ्गलादेश बैकका शाखा प्रबन्धक सुमन सुबेदिले बताए । त्यस्तै बैंकले ४ थान ट्रिगार्ड समेत वितरण गरेको छ ।
साथै बैकले आदिकबि भानुभक्त क्याम्पसको परिसरमा रहेको शहिद चन्द्र नेपाली छात्राबासमा पनि बृक्षारोपण गरेको थियो । उक्त कार्यक्रममा विद्यालय व्यस्थापन समित, शिक्षक अभिभावक सघंका पदाधिकारि लगायत विद्यार्थिहरुको कार्यक्रममा उपस्थितिमा रहेको थियो ।
बैकले २०७५ भाद्र १० गतेबाट व्यास ४ दमौलीमा शाखा खोलि सम्पुर्ण सर्वसाधारणलाई सहज बैंकिङ्ग सेवा सुविधा प्रदान गर्दै आइरहेको छ । बैंकले यस क्षेत्रका सर्वसाधरणलाई सहज बैंकिङ्ग सेवा सुविधा प्रदान गर्ने उदेश्यले छिट्टै व्यास १ मनकामना चोकबाट पनि एटिएम मेसिनका साथ एक्सटेन्सन काउन्टर खोलि सम्पुर्ण बैंकिङ्ग सुविधा प्रदान गर्ने जनाएको छ ।
हाल बैंकले ९० शाखा, ७ एक्सटेन्सन काउन्टर, तथा ७२ वटा एटिएमबाट बैंकिङ्ग सुविधा दिंदै आएको छ ।
सम्बन्धित खबर
तनहुँको छिर्कनेमा हाईस दुर्घटना, ८ जना घाइते
तनहुँ गाछेपानीमा ओभर स्पीड भ्यानले डिभाइडर नाघेर स्कूटरलाई ठक्कर दिँदा दुईको मृत्यु
तनहुँमा टिप्परको ठक्करबाट मोटरसाइकल चालक रूपाका धर्मराजको मृत्यु
त्रिशूली नदीमा पौडी खेल्नेक्रममा एक बालक बेपत्ता, एकको सकुशल उद्धार
पोखरा-बन्दीपुरबीच पर्यटकीय साझेदारी
डुम्रेमा भएको दुर्घटनामा २१ जना घाइते, दुईको अवस्था गम्भीर
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा ठप्प, बिरामी मर्कामा
रविले बोलाएको सर्वदलीय बैठकमा प्रधानमन्त्री र गृहमन्त्री नै गएनन्