पोखरा । पर्यटकीय नगरी पोखरामा अत्याधुनिक सुविधासहितको सुपर डिलक्स बसले सेवा गरिरहेको छ। पोखरा जगदम्बा ट्राभल्स प्रालिले बिहीबारदेखि सुरु गरेको सेवा उत्कृष्टस्तरको भएकोे दाबी गरिएको छ ।
प्रविधिमैत्री बसको प्रत्येक सिटमा टेलिभिजन तथा खाना टेबल रहेको छ । २१ सिट क्षमताको बसभित्रै रेस्टरुम र मिनीबारको सुविधा रहेको उक्त बस पृथ्वी राजमार्ग बस सन्चालक समितिअन्तर्गत् सन्चालित छ ।
प्रत्येक सिटमा छुट्टाछुट्टै टेलिभिजन, रिमोटबाटै सिट फोल्डिङ गरेर सुत्न सकिने, रिमोट सिस्टमबाटै मसाज गर्न सकिने सुविधा उपलब्ध रहेको प्रालिका अध्यक्ष केशवप्रसाद अधिकारीले जानकारी दिए ।
बस दैनिक बिहान ८ बजे काठमाडौं र पोखराबाट छुट्नेछ । यात्रीको सुविधाका लागि बसका टोली खटिनेछन् । दुईओटा बसमा प्रतिबस करिब चार करोड रुपैयाँ लगानी भएको अधिकारीले जानकारी दिए ।
अमेरिकाबाट सिट आयात गरी भारतमा टाटाको अत्याधुनिक च्यासिज प्रयोग गरी बस तयार गरिएको हो । बसमा यात्रा गर्न प्रतिव्यक्ति २२ सय रुपैयाँ तिर्नुपर्नेछ ।
प्रदीप पौडेल/ईमेज च्यानल
सम्बन्धित खबर
घट्यो सुनको मूल्य
सुनचाँदीको मूल्य बढ्यो
एकैदिन २७ सयले घट्यो सुनको मूल्य
घट्यो पेट्रोलियम पदार्थको मूल्य
सुनचाँदीको मूल्य बढ्यो
सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार?
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग