श्यामशितल परियार, लमजुङ : लमजुङका किसानहरुले सरकारी अनुदान बाँड्दा वास्तविक किसानलाई दिनुपर्ने बताएका छन् । कतिपय अवस्थामा सरकारी अनुदान पहुँच भएकाले पाउने तर वास्तविक किसानले नपाएको अवस्था रहेको उनीहरुले बताएका छन् ।
साना किसान कृषि सहकारी संस्था लिमिटेडद्धारा सुन्दरबजारमा आयोजित स्थानीय सरकार (नगरपालिका) र किसानबीच भएको अन्तरक्रियामा स्थानीय किसानले यस्तो बताएका हुन् ।
अन्तरक्रियामा बोल्दै सुन्दरबजार नगरपालिका ७ पाउँदीका व्यावसायिक गाईपालक किसान दिनेश पोखरेलले असल किसानलाई सरकारी अनुदान दिनुपर्ने बताउनुभयो । ‘किसानको पहचिान गरी वास्तविक किसानलाई सरकारी अनुदान दिनु आवश्यक छ,’ उनले भने ।
माछापालक किसान शैलेन्द्र पौडेलले आफुले व्यावसायिक रुपमा कृषि कर्ममा लाग्दा पनि अनुदान पाउन नसकेको गुनासो गरे । ‘धेरै पहिलेदेखी कृषि कर्ममा छु । सुरुमा कुखुरा पाले । कुखुराबाट राम्रो आम्दानी हुन सकेन । लगानी डुब्यो । अहिले माछापालन व्यवसाय सुरु गरेको छु,’ उनले भने, ‘तर अनुदान पाउन सकेको छैन ।’
आफुले झण्डै २ रोपनी जग्गामा ३ वटा माछा पोखरी बनाई माछा पालेको र २ वटा टनेलमा तरकारी उत्पादन गरिरहेको उनले भने । किसान रघुनाथ भट्टराईले वास्तविक किसानले अनुदान पाउन नसक्नुका साथै वित्तिय संस्थाले पनि खासै ऋण नदिएको बताए ।
‘ऋण पाइदैँन । मेहनतले कृषि उतपादन गर्यो, उचित मूल्य पाइदैँन,’ उनले भने, ‘अनि कसरी गर्नु कृषि ?’
व्यवासाियक माछापालक किसान श्रीकृष्ण घिमिरेले आफुले विधिवत् रुपमा कृषि फर्म दर्ता गरी व्यवसाय अघि बढाएको बताए ।
‘फर्म दर्ता गरी आवश्यक तालिम लिएर कृषि कर्ममा लागेको छु,’ उनले भने, ‘सम्वन्धित निकायबाट सहयोग मिलिरहेकै छ ।’ सुन्दरबजार ६ ऐशेलुचौरका चन्द्रबहादुर तामाङले युवालाई व्यवसायिक कृषि कर्ममा आकर्षित गर्न स्थानीय सरकार लाग्नुपर्ने बताए । ‘कृषिमा युवाको आकर्षण बढाउन स्थानीय सरकारले ठोस योजना बनाई लगानी बढाउनु आवश्यक छ,’ उनले भने ।
धानको बीउ उत्पादक किसान खुशीराम मिश्र, रघुनाथ भट्टराई, राजु पोखरेल, ऋषिराम पोखरेल, पार्वती पौडेल, रुद्रहरि ढकाल लगायतले बोल्दै किसान मर्कामा परेको र विचौलिया मोटाउने गरेको बताएका छन् ।
उनीहरुको स्थानीय सरकारलाई सुझाव छ, ‘स्थानीय सरकारले किसानको समस्या हलका लागि पहलकदमी लिनुपर्छ । अनुगमनको पाटोलाई अगाडि बढाउनु आवश्यक छ ।’
सहभागी किसानको जिज्ञासा, गुनासा सुनेपश्चात् सुन्दरबजार नगरपालिकाका मेयर जनकराज मिश्रले कृषकको समस्या समाधानका लागि स्थानीयले सरकारले पहल कदमी लिने प्रतिवद्धता व्यक्त गरेका छन् । कृषि तथा पशुपालनमा कृषकको आकर्षण बढाउन लगानी पनि बढाईने उनले भने ।
खाद्यान्नमा आत्मानिर्भर बनाउने लक्ष्यका साथ आफुहरु लागिपरेको बताउँदै मेयर मिश्रले भने, ‘समृद्धिको आधार नै कृषि हो । कृषिमैत्री वजेट निर्माण गर्नुपर्छ भन्ने बुझेको छु ।’ सहकारीका अध्यक्ष सुकमाया गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा सुन्दरबजार नगरपालिकाका विभिन्न विषयगत कार्यालयका प्रमुख प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
सम्बन्धित खबर
सडकबाट ट्रिपर खस्दा एक जनाको मृत्यु, चालक फरार
श्याम स्मृति फुटबल प्रतियोगिता २६ वर्षपछि पुनः सञ्चालनमा
सरकारी विज्ञापन नीतिविरुद्ध स्याङ्जाका पत्रकारको दबाब, प्रधानमन्त्रीलाई हस्ताक्षरसहित मागपत्र
पूर्वविद्यार्थीको पहलमा भीरकोटका दुई विद्यालयमा कम्प्युटर सहयोग
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
नेपाल पत्रकार महासंघ स्याङ्जाद्वारा तीन पूर्व अध्यक्षलाई सम्मान
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु