तनहुँ । पृथ्वी राजमार्ग अन्तरगत तनहुँको आबुखैरेनी गाउँपालिका-१ नारिघाटमा सोमबार साझ माइक्रो दुर्घटना भएको छ ।
उक्त दुर्घटनामा परि माइक्रोमा सवार ११ जना यात्रु घाइते भएको जिल्ला प्रहरी कार्यालय तनहुँका डिएसपी लिलाराज लामिछानेले जानकारी दिए ।
पोखराबाट काठमाडौ तर्फ जादै गरेको ग १ ख ३९६१ नम्बरको माइक्रो दुर्घटना भएको हो । माइक्रो सडकबाट अन्दाजी ४० मिटर तल बारीमा जादा उक्त दुर्घटना भएको हो ।
आफै अनियन्त्रित भई सडकबाट तल जादा उक्त दुर्घटना भएको डिएसपी लामिछानेले जानकारी दिए ।
उक्त दुर्घटनामा परि घाइते हुने १० जनाको लक्ष्मी सामुदायिक अस्पतालमा उपचार भइरहेको र अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।
त्यस्तै पोखराकि वर्ष २८ कि लक्ष्मी श्रेष्ठ लाई पोखरा रिफर गरिएको र अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

पुर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराई घटना बारे जानकारी लिदै ।
घटना बारे पुर्व प्रधानमन्त्री एवं समाजवादी पार्टी नेपालका संयोजक डा.बाबुराम भट्टराईले बुझेका थिए । डुम्रेबाट काठमाडौ जाने क्रममा भट्टराई सोही समयमा घटनास्थलमा पुगेको कारणले घटना बारे जानकारी लिएको ईलाका प्रहरी कार्यालय आबुखैरेनीले जनाएको छ ।माइक्रो चालक फरार रहेकोे र खोजी कार्य तिव्र रूपमा भइरहेकोे जिल्ला प्रहरी कार्यलय तनहुँले जनाएको छ ।
तस्बिर : सुशान्त कार्की
सम्बन्धित खबर
विद्यमान परिस्थितिमा नेपालले सन्तुलित कूटनीति अपनाउनुपर्छ: गण्डकी मुख्यमन्त्री पाण्डे
सार्वजनिक स्थलमा धूम्रपान र सूर्ति सेवन नगर्न प्रशासनको आग्रह, उल्लंघन गरे कारबाही हुने
बिलभन्दा बढी सामान बोकेको बोलेरो नियन्त्रणमा
पोखराबाट भरतपुर र नेपालगञ्जसम्मको हवाई उडान स्थगित
बोक्रो फेरिँदैमा भित्री गुदी फेरिँदैन : सांसद रेग्मीलाई अर्जुनचौपारीको व्यंग्यात्मक जवाफ
महालेखा परीक्षक कार्यालयको प्रतिवेदन गण्डकी प्रदेश प्रमुख समक्ष पेस
यो पनि पढौँ
फिर्के खोलाका संरचना जेठ ९ गतेभित्र हटाउन महानगरको अन्तिम चेतावनी
सबै यात्रु पिसाब फेर्न ओर्लिनासाथ जिप भिरबाट खस्यो, चालकको मृत्यु
फेवातालमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु
रविसँग रास्वपा सांसदका गुनासो, ‘प्रधानमन्त्री र मन्त्रीको सचिवालयले पनि टेरेन’