सूर्य तिमिल्सिना : चीनबाट सिमेन्ट बोकेर आएको माल बाहक ट्रक कोरला नाका नजिकै दुर्घटना हुँदा तीनजना घाइते भएका छन् । नेपाल चीनको सिमानाबाट पाँच किलोमिटर उत्तर तर्फ उक्त ट्रक दुर्घटनामा परेको हो ।
जिल्ला प्रहरी कार्यालय मुस्ताङका सूचना अधिकारी राजेन्द्र प्रसाद रेग्मीका अनुसार शनिबार देखि सुरु भएको अन्तर देशीय मेलाबाट सिमेन्ट लोड गरेर फर्कंदै गरेको ग १ ख ५५६० नम्बरको मालबाहक ट्रक लोमान्थाङ गाउँपालिका वडा नम्बर ४ स्थित नेचुङ खोलामा दुर्घटना भएको हो ।
जिल्ला प्रहरी कार्यालय मुस्ताङका अनुसार दुर्घटनामा लोमान्थङ गाउँपालिका ३ ठिङ्गर बस्ने ४९ वर्षीय घ्याचो गुरुङ गम्भीर घाइते भएका छन् । घाइते गुरुङको टाउको र कम्मर पछाडिको भागमा चोट लागेको छ । ट्रकमा सवार तनहुँ व्यास नगरपालिका १० बस्ने वर्ष २९ का विशाल क्षेत्री र ट्रकका चालक बाग्लुङ निसी गाउँपालिका ६ का वर्ष ३५ का श्यामलाल घर्तीमगर सामान्य घाइते छन् ।
समथर भूभागको नेचुङ भन्सार नजिकै उत्तरतर्फको नेचुङ खोला नजिक ब्रेक फेल भई ट्रक दुर्घटनामा परेको हो ।शनिबार देखि सुरु भएको ब्यापार मेला १० दिन सम्म चल्ने छ ।चीनतर्फ हुने उक्त मेलामा दुई देशका मानिसले आफ्नो ठाउँबाट उत्पादित खाद्यान्न,लत्ताकपडा,विद्युतीय सामान र निर्माण सामाग्री बिक्री गर्छन् ।
सम्बन्धित खबर
सडकबाट ट्रिपर खस्दा एक जनाको मृत्यु, चालक फरार
श्याम स्मृति फुटबल प्रतियोगिता २६ वर्षपछि पुनः सञ्चालनमा
सरकारी विज्ञापन नीतिविरुद्ध स्याङ्जाका पत्रकारको दबाब, प्रधानमन्त्रीलाई हस्ताक्षरसहित मागपत्र
पूर्वविद्यार्थीको पहलमा भीरकोटका दुई विद्यालयमा कम्प्युटर सहयोग
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
नेपाल पत्रकार महासंघ स्याङ्जाद्वारा तीन पूर्व अध्यक्षलाई सम्मान
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु