तनहुँ । तनहुँको आदिकवि भानुभक्त क्याम्पस यस वर्ष देश कै उत्कृष्ट म्यानेजमेन्ट कलेज भएको छ ।नेपालका १८ सय ५४ क्याम्पस मध्ये एम बि एस कार्यक्रममा पहिलो उत्कृष्ट क्याम्पसको अवार्डबाट सम्मानित बनेको छ ।
त्यसैगरि क्याम्पसले सामुदायिक क्याम्पस तर्फ नेपालको दोश्रो उत्कृष्ट क्याम्पसको अवार्ड पनि प्राप्त गरेको छ । नेपालमा करिब ६ सय सामुदायिक क्याम्पसहरु रहेका छन ।
त्यस्तै क्याम्पसले बिबिएस तर्फबाट तेस्रो उत्कृष्ट क्याम्पसको अवार्ड पनि हात पारेको छ ।
उक्त सम्मान कार्यक्रम शुक्रबार साझ होटल अन्नपुर्ण काठमाडौमा आयोजना गरिएको थियो । बि स्कुल कनक्लेभ तथा अवार्ड समारोहमा उक्त पुरस्कार प्रदान गरिएको थियो ।
पुरस्कार शिक्षा सचिव खगराज बराल तथा न्युज बिज्नेस एजका अध्यक्ष मदन लम्सालले प्रदान गर्नुभएको थियो ।
उक्त समारोहमा क्याम्पसका तर्फबाट प्रमुख महाप्रसाद हडखलेले पुरस्कार ग्रहण गरेका थिए । सो अबसरमा क्याम्पसका आइसिटी विषयका सम्योजक शुलभ कुमार श्रेष्ठ पनि उपस्थित रहेको थियो ।
न्यु बिजनेस एज म्यागाजिनले हरेक वर्ष नेपालभर व्यवस्थापन विषय पढाई हुने क्याम्पसहरुको अध्यन अध्यापन, नतिजा, पुर्वाधार र व्यवस्थापनलाई आधार मानेर उत्कृष्ट क्याम्पस छनौट गर्छ ।
म्यागाजिनले उत्कृष्ट उच्च शैक्षिक संस्था र बिजनेस संघ संस्थाहरुलाइ सन २०१३ देखि हरेक वर्ष उक्त अवार्ड प्रदान गर्दै आइरहेको छ ।
आदिकवि भानुभक्त क्याम्पसमा व्यवस्थापन विषयमा कक्षा ११ र १२, स्नातक तहमा बिबिएस र बिबिए र स्नातकोत्तर तहमा एम बि एस पढाई गर्दै आइरहेको छ ।
व्यवस्थापनमा करिब १ हजार २ सय विद्यार्थीहरु अध्यन गरिरहेका छन भने करिब १५ जना प्राध्यापक अध्यापनरत रहेका छन ।
सम्बन्धित खबर
ट्याङ्की मर्मत गरेर फर्किने क्रममा भीरबाट खस्दा गल्याङमा एक जनाको ज्यान गयो
पुलिसलाई हराउँदै न्यू डायमण्डले जित्यो टाइगर कपको महिलातर्फको उपाधि
होराइजन क्लब वालिङ्ले जित्यो २६ औं आदर्श कप
प्रथम खुमा अर्याल कप टी–२० क्रिकेट लिग रनिङ शिल्ड प्रतियोगिताको उपाधि गल्याङलाई
प्रेस चौतारी पत्रकारिता पुरस्कार रामजीलाई, विष्णुलाई सम्मान
पोखराका पत्रकारद्वय धन र सागरलाई टंकादेवी–तुलसीप्रसाद पत्रकारिता पुरस्कार
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
जनार्दनले ओलीको साथ लिएपछि गोरखामा मिलन चक्रेलाई समर्थन गर्नुपर्ने नैतिक दबाबमा बाबुराम
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो