तनहुँ । तनहुँको आदिकवि भानुभक्त क्याम्पस यस वर्ष देश कै उत्कृष्ट म्यानेजमेन्ट कलेज भएको छ ।नेपालका १८ सय ५४ क्याम्पस मध्ये एम बि एस कार्यक्रममा पहिलो उत्कृष्ट क्याम्पसको अवार्डबाट सम्मानित बनेको छ ।
त्यसैगरि क्याम्पसले सामुदायिक क्याम्पस तर्फ नेपालको दोश्रो उत्कृष्ट क्याम्पसको अवार्ड पनि प्राप्त गरेको छ । नेपालमा करिब ६ सय सामुदायिक क्याम्पसहरु रहेका छन ।
त्यस्तै क्याम्पसले बिबिएस तर्फबाट तेस्रो उत्कृष्ट क्याम्पसको अवार्ड पनि हात पारेको छ ।
उक्त सम्मान कार्यक्रम शुक्रबार साझ होटल अन्नपुर्ण काठमाडौमा आयोजना गरिएको थियो । बि स्कुल कनक्लेभ तथा अवार्ड समारोहमा उक्त पुरस्कार प्रदान गरिएको थियो ।
पुरस्कार शिक्षा सचिव खगराज बराल तथा न्युज बिज्नेस एजका अध्यक्ष मदन लम्सालले प्रदान गर्नुभएको थियो ।
उक्त समारोहमा क्याम्पसका तर्फबाट प्रमुख महाप्रसाद हडखलेले पुरस्कार ग्रहण गरेका थिए । सो अबसरमा क्याम्पसका आइसिटी विषयका सम्योजक शुलभ कुमार श्रेष्ठ पनि उपस्थित रहेको थियो ।
न्यु बिजनेस एज म्यागाजिनले हरेक वर्ष नेपालभर व्यवस्थापन विषय पढाई हुने क्याम्पसहरुको अध्यन अध्यापन, नतिजा, पुर्वाधार र व्यवस्थापनलाई आधार मानेर उत्कृष्ट क्याम्पस छनौट गर्छ ।
म्यागाजिनले उत्कृष्ट उच्च शैक्षिक संस्था र बिजनेस संघ संस्थाहरुलाइ सन २०१३ देखि हरेक वर्ष उक्त अवार्ड प्रदान गर्दै आइरहेको छ ।
आदिकवि भानुभक्त क्याम्पसमा व्यवस्थापन विषयमा कक्षा ११ र १२, स्नातक तहमा बिबिएस र बिबिए र स्नातकोत्तर तहमा एम बि एस पढाई गर्दै आइरहेको छ ।
व्यवस्थापनमा करिब १ हजार २ सय विद्यार्थीहरु अध्यन गरिरहेका छन भने करिब १५ जना प्राध्यापक अध्यापनरत रहेका छन ।
सम्बन्धित खबर
शिक्षकको जागिर छाडेर २२० रोपनीमा कागती खेती
अवैध रुपमा नदीजन्य पदार्थ ओसारपसार गरिरहेको ट्याक्टर कारबाहीमा, ३० हजार रुपैयाँ जरिवाना
स्याङ्जामा पुँजीगत बजेट खर्च ६८ प्रतिशतमा सीमित
पुतलीबजारका केही वडामा धानमा खपटे किराको प्रकोप
गोपालमान श्रेष्ठको निधनमा पुतलीबजारमा बुधबार सार्वजनिक बिदा
स्याङ्जाको सुन्तलाबाट एक वर्षमै सवा अर्बभन्दा बढी आम्दानी
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
सपनामा पनि मलाई संघीयता विरोधी नसोच्नुस्, हिन्दूराष्ट्र र राजतन्त्रको पक्षमा म छैन: बालेन
रविले बोलाएको सर्वदलीय बैठकमा प्रधानमन्त्री र गृहमन्त्री नै गएनन्