गण्डक न्यूज डटकम सन् २०१७ देखि सञ्चालित प्रेस काउन्सिलमा सूचीकृत र सूचना विभागमा दर्ता गरिएको गण्डक नेपाल मिडिया (प्रा.) लि. को अनलाइन न्यूज पोर्टल हो । मूख्यतः यस प्रदेशको गतिविधिमा केन्द्रित रही पोखराबाट सञ्चालनमा रहेको छ ।
गण्डक न्यूज ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गरिरहेको छ । यो निरपेक्ष रुपमा निष्पक्षताको नारा दिएर अघि बढेको छ । ‘हामी कोहि एक्लैको होइनौं, हाम्रो कोहि एक मात्र छैन’ भन्ने मूलमन्त्र आत्मसात् गरी समाचार सम्प्रेषण गरिरहेको छ ।
पोखरा : नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले आब्हान गरेको नेपाल बस्दका कारण गण्डकी प्रदेशका अधिकांस ठाउँको जनजीवन प्रभावित भएको छ । प्रदेश राजधानी पोखरासहित विभिन्न जिल्लाहरुमा सवारी साधन चल्न सकेका छैनन् भने शैक्षिक संस्थाहरु पनि बन्द गरिएको छ ।
पोखराको तीन ठाउँमा बम भेटियो
पोखराको बिभिन्न तीन स्थानमा बम भेटिएको छ । नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले गरेको नेपाल बन्दको दिन (आज) पोखराका बिभिन्न तीन स्थानमा बम भेटिएको हो । प्रहरी स्रोतका अनुसार पोखराको चाउथे, बिरौटा र तालचोक डाँड-को नाक चोकको बीच भागमा बम भेटिएको हो ।
नवलपुरको कावासोती नगरपालिकाका उपमेयर चढ्ने सरकारी गाडीमा आगजनी भएको छ । नगर उपप्रमुख प्रेम शंकर मर्दनियाले चढ्ने लु १ झ ३२१ नम्बरको गाडीमा गएराति आगजनी भएको हो । राति साढे १ बजे मर्दनियाको आफ्नै निवास कावासोती १५ अमलटारिमा पार्किंग गरी राखेको गाडिमा आगजनी भएको हो ।
गाडीमा पेट्रोल छर्केर आगजनी भएको तर तत्कालै आगो नियन्त्रणमा लिन सकिएकाले ठूलो क्षति हुनबाट जोगिएको छ । उपप्रमुख मर्दनियाका अनुसार मोटरसाइकलमा आएका २ जनाले आगजनी गरेर फरार भएका हुन् ।
बाग्लुङ पनि शंकास्पद बस्तु भेटियो
बाग्लुङ नगरपालिका वडा नम्बर २ श्रीनगर टोलमा शंकास्पद वस्तु फेला परेको छ । शंकास्पद वस्तु नेपाली सेनाको डिस्पोजल टोलीले डिस्पोज गरेको छ । बागलुङबाट चल्ने लामो दुरीको छोटो दुरीको सवारीसाधन नचल्दा गन्तव्यमा पुग्ने यात्रु मर्कामा परेका छन् ।
गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युबलगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।
सम्बन्धित खबर
पोखरामा गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु
भीरकोटमा निःशुल्क स्वास्थ्य शिविर, झण्डै पाँच सयले पाए सेवा
मालुङ्गामा मृत अवस्थामा चितुवा भेटियो
ईद–उल–फित्र पर्वमा प्रदेश प्रमुख भट्टको शुभकामना
स्याङ्जामा आर्थिक गणनाको आधार तयार, नयाँ कार्यालयबाट तथ्यांक संकलन सुरु
ग्रामीण सडकमा ट्राफिक सचेतना अभियान सुरु, दुर्घटना घटाउने लक्ष्य
यो पनि पढौँ
पोखरामा गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
कर्मचारीलाई शहरी विकास मन्त्रीको बिदाइ सम्बोधन– ‘म हारेँ, तपाईंहरूले जित्नुभयो, खुसी मनाउनुस्, भोज खानुस्’
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह